Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

निजी विद्यालय गैरनाफामुलक भए शिक्षाको स्तर झनै खस्किन्छः सांसद जैसवाल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने प्रावधानले नेपालको शैक्षिक गुणस्तरलाई थप खस्काउने चेतावनी दिएकी छन् । उनले नाफा आर्जन गर्न नपाए निजी विद्यालयहरूले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन नसक्ने तर्क गरिन् ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले कम्पनी ऐनअनुसार सञ्चालन भइरहेका विद्यालयलाई गैरनाफामुलक बनाउन खोज्नु अव्यावहारिक भएको बताइन् । ‘निजी विद्यालय भन्ने बित्तिकै कम्पनी एक्टअनुसार सञ्चालन भइरहेको छ भने त्यसलाई कसरी गैरनाफामुलक बनाउने हुनसक्छ रु’ उनले प्रश्न गरिन् ।

लगानीकर्ताले ऋण लिएर, जग्गा बेचेर व्यवसायको रूपमा विद्यालय सञ्चालन गरिरहेको अवस्थामा नाफाको अपेक्षा गर्नु स्वाभाविक भएको उनको भनाइ थियो । ‘जब निजी स्कुलहरुले लगानी गरेर, लोन लिएर, जग्गा बेचेर एउटा बिजनेसको तवरमा लगिरहेको छ भने त्यसको पार्ट अफ द प्रफिट त आउनुपर्‍यो । नत्र सञ्चालन कसरी गर्ने रु’ उनले भनिन् ।

सांसद जैसवालले गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक संरचना र पाठ्यक्रम निर्माण गर्न पनि नाफा आवश्यक पर्नेमा जोड दिइन् । ‘अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन त्यसअनुसारकै भौतिक संरचना, करिकुलमहरु हुनुपर्छ,’ उनले भनिन्, ‘नाफा कमाएनन् भने त्यस स्तरको शिक्षा दिन पनि गाह्रो हुन्छ ।’ उनले शिक्षालाई केवल सेवामूलक क्षेत्रका रूपमा मात्रै हेर्न नहुने धारणा राखिन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending