तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा कृषकलाई अनुदान दिन रु. ३५ लाख बजेट विनियोजन गरेको छ । दूध उत्पादक कृषकलाई प्रोत्साहनका लागि पालिकाले आगामी चालु आर्थिक वर्ष २०८२-८३ का लागि रु. ३५ लाख बजेट विनियोजन गरेको हो ।
सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई प्रोत्साहन गर्न प्रति लिटर रु। दुई अनुदान दिने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। उनले भने, “दूध उत्पादनमा अनुदान कार्यक्रमले कृषकलाई पशुपालनतर्फ आकर्षित गर्न सहयोग पुर्याएको छ, साथै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन पनि टेवा पुग्छ ।”
बन्दीपुर–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी र बन्दीपुर–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध कृषकले उत्पादनका आधारमा अनुदान रकम पाउँदै आएका छन् । सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई उत्पादनका आधारमा रु। दुईका दरले अनुदान उपलब्ध गराउने गरिएको छ।
गाउँपालिकाले मौरीपालन, मुसुरो, तोरीखेती, च्याउखेती, मकैबाली प्रवर्धन, व्यावसायिक फलफूलखेती प्रवर्धन, बीउबिजन वितरण कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएको छ। हाटबजार व्यवस्थापन तथा सञ्चालनका लागि रु। नौ लाख बजेट विनियोजन गरिएको बताउँदै थापाले गाउँपालिकामा धर्म, संस्कृति, भेषभूषा, कला र साहित्यको संरक्षण तथा प्रवर्धनका लागि आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गरे।
त्यस्तै, नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा गाउँपालिकाभित्र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेका पर्यटकीय स्थलहरुको प्रवर्धन गर्न आवश्यक बजेट विनियोजन गरिएको थापाले उल्लेख गरे।
गाउँपालिकाले युवाहरुलाई बजार मागको आधारमा व्यावसायिक सीपमूलक तालिम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता तालिम, पूर्व सिकाइ मान्यताको विधिबाट सीप परीक्षण कार्य, पालिकाभित्र उत्पादन भएका वस्तुहरुको प्रदर्शनी एवं बजारीकरणका लागि रु. २० लाख विनियोजन गरेको छ ।
ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा घरदैलो कार्यक्रम, नसर्ने रोग स्क्रिनिङ अभियान, विपन्न तथा कडा रोग लागेका विपन्न नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोगको पहिचान निदान तथा उपचार शिविर सञ्चालनका लागि बजेट विनियोजन गरिएको थापाले बताए।
यस्तै, गाउँपालिकाभित्र हुने प्राकृतिक प्रकोप तथा विपद्को पूर्व तयारी प्रतिकार्य र पुनर्लाभ कार्यका लागि रु. २५ लाख, वृक्षरोपण एवं वन वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका लागि रु. १५ लाख विनियोजन गरिएको थापाको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १७:४१
काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...
श्रावण १८ गते, २०८३ - १७:२७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...
श्रावण १८ गते, २०८३ - १७:०५
काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...
श्रावण १८ गते, २०८३ - १६:५६
काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...
श्रावण १८ गते, २०८३ - १६:४८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...
श्रावण १८ गते, २०८३ - १६:४२
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...
श्रावण १८ गते, २०८३ - १६:०७
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...
श्रावण १८ गते, २०८३ - १५:४५
काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...
श्रावण १८ गते, २०८३ - १५:१५
काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...
श्रावण १८ गते, २०८३ - १५:०६
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...



प्रतिकृया लेख्नुहोस्: