Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

रास्वपालाई योगेशले भने : नैतिकताको प्रश्न अर्कोतिर ठड्याउने होइन, आफूतिर हेर्ने हो

प्रचण्डजीले रवीलाई पहिले सिस्नुपानी हान्नुभयो, अहिले आफैं मालिस लाउँदै हुनुहुन्छ

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का नेता योगेश भट्टराईले सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिलाई पार्टीको प्रमुख बनाएर रास्वपाले नैतिकताको खिल्ली उडाएको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले संसदीय छानबिन समितिको प्रतिवेदनले रवी लामिछानेलाई अभियुक्त भनेर किटान गरेको दाबी गर्दै प्रश्न गरे, ‘अभियुक्तलाई पार्टीको शिरमा राखेर, पार्टीको प्रमुखमा राखेर त्यो पार्टी चल्छ भने त्यसले नैतिकताको प्रश्न अर्कोतिर ठड्याउने होइन, आफूतिर हेर्ने हो।’

नेता भट्टराईले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन भएको स्मरण गराउँदै पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समेत दोहोरो भूमिका निभाएको उल्लेख गरे। ‘तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालजी भएकै बेलामा संसदीय छानबिन समिति बनेको हो। स्वयम् गृहमन्त्री रवि लामिछाने समिति बनाउन तयार हुनुभयो।’ उनले प्रचण्डलक्षित गर्दै थपे, ‘प्रचण्डजीले त्यतिखेरै सिस्नुपानी हान्नुभयो रवि लामिछानेलाई, अहिले प्रचण्डजी आफैं मालिस लाउँदै हुनुहुन्छ। यो डबल स्ट्यान्डर्ड हो।’

नेता भट्टराईले संसद बैठक बहिष्कार गर्ने तर संसदीय समितिमा भने भाग लिने रास्वपाको शैलीको पनि चर्को आलोचना गरे। उनले रास्वपाको संसदीय प्रणालीप्रतिको प्रतिबद्धतामाथि शंका व्यक्त गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending