काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का नेता योगेश भट्टराईले सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिलाई पार्टीको प्रमुख बनाएर रास्वपाले नैतिकताको खिल्ली उडाएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले संसदीय छानबिन समितिको प्रतिवेदनले रवी लामिछानेलाई अभियुक्त भनेर किटान गरेको दाबी गर्दै प्रश्न गरे, ‘अभियुक्तलाई पार्टीको शिरमा राखेर, पार्टीको प्रमुखमा राखेर त्यो पार्टी चल्छ भने त्यसले नैतिकताको प्रश्न अर्कोतिर ठड्याउने होइन, आफूतिर हेर्ने हो।’
नेता भट्टराईले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन भएको स्मरण गराउँदै पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समेत दोहोरो भूमिका निभाएको उल्लेख गरे। ‘तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालजी भएकै बेलामा संसदीय छानबिन समिति बनेको हो। स्वयम् गृहमन्त्री रवि लामिछाने समिति बनाउन तयार हुनुभयो।’ उनले प्रचण्डलक्षित गर्दै थपे, ‘प्रचण्डजीले त्यतिखेरै सिस्नुपानी हान्नुभयो रवि लामिछानेलाई, अहिले प्रचण्डजी आफैं मालिस लाउँदै हुनुहुन्छ। यो डबल स्ट्यान्डर्ड हो।’
नेता भट्टराईले संसद बैठक बहिष्कार गर्ने तर संसदीय समितिमा भने भाग लिने रास्वपाको शैलीको पनि चर्को आलोचना गरे। उनले रास्वपाको संसदीय प्रणालीप्रतिको प्रतिबद्धतामाथि शंका व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: