Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

ट्रम्पको कर दबाब: जयशङ्करद्वारा रूसी कम्पनीलाई भारतसँग ‘अझ गहन’ संलग्न हुन आग्रह

खबरडबली संवाददाता

मस्को। अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री एस जयशङ्करले रूसी कम्पनीलाई आफ्ना भारतीय साझेदारसँग अझ गहनरूपमा संलग्न हुन आग्रह गर्दै भारत-रुस व्यापार विस्तारमा जोड दिएको छन् ।

भारतको द्रुत गतिमा बढि रहेको अर्थतन्त्र र ‘मेक इन इन्डिया’ जस्ता पहलले विदेशी व्यवसायका लागि नयाँ अवसर खोलेको उल्लेख गर्दै उनले भने, “भारतको ४० खर्ब अमेरिकी डलरको कूल ग्राहस्थ्य ९जिडिपी० छ र निकट भविष्यका लागि ७ प्रतिशतको वृद्धि दर रहेको छ । यसलाई भरपर्दो स्रोतबाट ठूला आपूर्तिको स्पष्ट आवश्यकता छ । केही अवस्थामा, यो आवश्यक उत्पादन, मल, रसायन वा मेसिनरीको सुनिश्चित आपूर्ति हुन सक्छ । भारतको द्रुत गतिमा विस्तार भइरहेको पूर्वाधारले पनि आफ्नो अनुभव भएका उद्यमका लागि व्यापारको ठूलो अवसर प्रदान गर्छ ।”

उनले भने, “‘मेक इन इन्डिया’ र यस्तै अन्य पहलले विदेशी व्यवसायका लागि नयाँ ढोका खोलेका छन् । भारतको आधुनिकीकरण र सहरीकरणले उपभोग र जीवनशैलीमा आएको परिवर्तनबाट आफ्नै माग सिर्जना गरेको छ । यी सबै आयामले रूसी कम्पनीलाई अझ गहन संलग्न हुन निमन्त्रणा दिन्छ । हाम्रो प्रयास उनीहरूलाई त्यो अवसरमा सहभागी हुन प्रोत्साहित गर्नु हो ।”

भारत र रुसले लामो समयदेखि प्रमुख राष्ट्रबिचको स्थिर सम्बन्धलाई मजबुत पारेको स्मरण गर्दै उनले भने, “तर त्यो स्वचालित रूपमा आर्थिक सहकार्यमा परिणत भएको छैन । हाम्रो व्यापार संरचना सीमित छ र हालसम्म व्यापारको मात्रा पनि सानो थियो । पछिल्ला वर्षमा यो बढे पनि व्यापार घाटा त्यत्तिकै बढेको छ । त्यसैले व्यापार विविधीकरण र सन्तुलन अहिले तत्काल आवश्यक छ । उच्च व्यापार लक्ष्यमा पुग्न मात्रै होइन, हालको स्तर कायम राख्न पनि यसमा कडा प्रयास आवश्यक छ ।”

विदेशमन्त्री जयशङ्करले विकासलाई बढावा दिन र गति दिन गहिरो सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले थप लगानी, संयुक्त उद्यम र सहयोगका नयाँ रूपमा विचार गर्न भारत तयार रहेको बताए। उनले भने,, “भारत र रुस दुवै पक्षले विकासका लागि धेरै गर्न सक्छन् । हाम्रो उद्देश्य आर्थिक गतिविधि बढाउन अनुकूल वातावरण सिर्जना गर्नु हो । व्यापार बाहेक लगानी, संयुक्त उद्यम र अन्य सहकार्यका रूपबारे सोच्ने इच्छा बढ्दै गएको छ । यसलाई अघि बढाउन उपप्रधानमन्त्री मान्टुरोभ र म यहाँ उपस्थित छौँ । हाम्रो स्पष्ट सन्देश हो(स्थायी रणनीतिक साझेदारीमा बलियो र दिगो आर्थिक पक्ष हुनै पर्छ ।”

भारत-युरेसियन आर्थिक संघबिचको स्वतन्त्र व्यापार सम्झौताबारे पनि जयशङ्करले जानकारी दिए। उनले भने, “आज हामीले भारत(युरेसियन आर्थिक सङ्घ एफटिएका लागि सन्दर्भका सर्त पूरा गरेका छौँ । यसको निष्कर्षले निश्चितरूपमा फरक पार्ने छ । हामीले माग पहिले नै स्थापित भएका क्षेत्रमा संयुक्त उद्यमलाई प्रोत्साहित गर्नेबारे छलफल गर्यौँ । महत्वपूर्ण लगानी स्तरका केही पहलबारे पनि कुरा भयो । हाम्रो कौशल र गतिशीलता सम्बन्धी प्रयास सुरु भइसकेका छन् । कनेक्टिभिटी सुधार गर्ने चाहना पनि विभिन्न विकल्पमार्फत व्यक्त भएको छ ।”

उहाँले भन्नुभयो, “सबैभन्दा जरुरी कुरा भनेको व्यवसायले आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । त्यति मात्र होइन, सरकारले गर्ने छलफल र व्यवसायले बनाउने योजनाबीच घनिष्ठ सहकार्य सुनिश्चित हुनुपर्छ ।” अमेरिकाले हाल भारतीय सामानमा २५ प्रतिशत एड भ्यालोरम शुल्क लगाइसकेको छ । यसका साथै, अगस्ट २७ देखि थप २५ प्रतिशत अतिरिक्त शुल्क लागु हुने घोषणा भएको छ । यही पृष्ठभूमिमा जयशङ्करले रुससँगको व्यापार बढाउन सकारात्मक पहल गर्नुभएको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending