Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

ट्रम्पको कर दबाब: जयशङ्करद्वारा रूसी कम्पनीलाई भारतसँग ‘अझ गहन’ संलग्न हुन आग्रह

खबरडबली संवाददाता

मस्को। अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री एस जयशङ्करले रूसी कम्पनीलाई आफ्ना भारतीय साझेदारसँग अझ गहनरूपमा संलग्न हुन आग्रह गर्दै भारत-रुस व्यापार विस्तारमा जोड दिएको छन् ।

भारतको द्रुत गतिमा बढि रहेको अर्थतन्त्र र ‘मेक इन इन्डिया’ जस्ता पहलले विदेशी व्यवसायका लागि नयाँ अवसर खोलेको उल्लेख गर्दै उनले भने, “भारतको ४० खर्ब अमेरिकी डलरको कूल ग्राहस्थ्य ९जिडिपी० छ र निकट भविष्यका लागि ७ प्रतिशतको वृद्धि दर रहेको छ । यसलाई भरपर्दो स्रोतबाट ठूला आपूर्तिको स्पष्ट आवश्यकता छ । केही अवस्थामा, यो आवश्यक उत्पादन, मल, रसायन वा मेसिनरीको सुनिश्चित आपूर्ति हुन सक्छ । भारतको द्रुत गतिमा विस्तार भइरहेको पूर्वाधारले पनि आफ्नो अनुभव भएका उद्यमका लागि व्यापारको ठूलो अवसर प्रदान गर्छ ।”

उनले भने, “‘मेक इन इन्डिया’ र यस्तै अन्य पहलले विदेशी व्यवसायका लागि नयाँ ढोका खोलेका छन् । भारतको आधुनिकीकरण र सहरीकरणले उपभोग र जीवनशैलीमा आएको परिवर्तनबाट आफ्नै माग सिर्जना गरेको छ । यी सबै आयामले रूसी कम्पनीलाई अझ गहन संलग्न हुन निमन्त्रणा दिन्छ । हाम्रो प्रयास उनीहरूलाई त्यो अवसरमा सहभागी हुन प्रोत्साहित गर्नु हो ।”

भारत र रुसले लामो समयदेखि प्रमुख राष्ट्रबिचको स्थिर सम्बन्धलाई मजबुत पारेको स्मरण गर्दै उनले भने, “तर त्यो स्वचालित रूपमा आर्थिक सहकार्यमा परिणत भएको छैन । हाम्रो व्यापार संरचना सीमित छ र हालसम्म व्यापारको मात्रा पनि सानो थियो । पछिल्ला वर्षमा यो बढे पनि व्यापार घाटा त्यत्तिकै बढेको छ । त्यसैले व्यापार विविधीकरण र सन्तुलन अहिले तत्काल आवश्यक छ । उच्च व्यापार लक्ष्यमा पुग्न मात्रै होइन, हालको स्तर कायम राख्न पनि यसमा कडा प्रयास आवश्यक छ ।”

विदेशमन्त्री जयशङ्करले विकासलाई बढावा दिन र गति दिन गहिरो सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले थप लगानी, संयुक्त उद्यम र सहयोगका नयाँ रूपमा विचार गर्न भारत तयार रहेको बताए। उनले भने,, “भारत र रुस दुवै पक्षले विकासका लागि धेरै गर्न सक्छन् । हाम्रो उद्देश्य आर्थिक गतिविधि बढाउन अनुकूल वातावरण सिर्जना गर्नु हो । व्यापार बाहेक लगानी, संयुक्त उद्यम र अन्य सहकार्यका रूपबारे सोच्ने इच्छा बढ्दै गएको छ । यसलाई अघि बढाउन उपप्रधानमन्त्री मान्टुरोभ र म यहाँ उपस्थित छौँ । हाम्रो स्पष्ट सन्देश हो(स्थायी रणनीतिक साझेदारीमा बलियो र दिगो आर्थिक पक्ष हुनै पर्छ ।”

भारत-युरेसियन आर्थिक संघबिचको स्वतन्त्र व्यापार सम्झौताबारे पनि जयशङ्करले जानकारी दिए। उनले भने, “आज हामीले भारत(युरेसियन आर्थिक सङ्घ एफटिएका लागि सन्दर्भका सर्त पूरा गरेका छौँ । यसको निष्कर्षले निश्चितरूपमा फरक पार्ने छ । हामीले माग पहिले नै स्थापित भएका क्षेत्रमा संयुक्त उद्यमलाई प्रोत्साहित गर्नेबारे छलफल गर्यौँ । महत्वपूर्ण लगानी स्तरका केही पहलबारे पनि कुरा भयो । हाम्रो कौशल र गतिशीलता सम्बन्धी प्रयास सुरु भइसकेका छन् । कनेक्टिभिटी सुधार गर्ने चाहना पनि विभिन्न विकल्पमार्फत व्यक्त भएको छ ।”

उहाँले भन्नुभयो, “सबैभन्दा जरुरी कुरा भनेको व्यवसायले आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । त्यति मात्र होइन, सरकारले गर्ने छलफल र व्यवसायले बनाउने योजनाबीच घनिष्ठ सहकार्य सुनिश्चित हुनुपर्छ ।” अमेरिकाले हाल भारतीय सामानमा २५ प्रतिशत एड भ्यालोरम शुल्क लगाइसकेको छ । यसका साथै, अगस्ट २७ देखि थप २५ प्रतिशत अतिरिक्त शुल्क लागु हुने घोषणा भएको छ । यही पृष्ठभूमिमा जयशङ्करले रुससँगको व्यापार बढाउन सकारात्मक पहल गर्नुभएको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

नेप्से परिसूचक १.४६ अंकले घट्यो, ४ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  अत्यधिक गर्...

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending