काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घर बहाल कर (संस्थागत समेत) सङ्कलन गर्नका लागि सबै वडालाई परिपत्र गरेको छ ।
कामपा प्रशासन विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार लामो समयदेखिको अन्योल र कानुनी विवादलाई स्पष्ट पार्दै सर्वोच्च अदालतले स्थानीय तहको पक्षमा फैसला गरेपछि कामपाले सबै किसिमको बहाल कर बुझाउन ३२ वटै वडालाई परिपत्र गरेको छ ।
सर्वोच्च अदालतको संयुक्त इजलासको फैसलाअनुसार बहाल कर सङ्कलन गर्न निर्देशन दिँदै सम्पूर्ण वडालाई पत्र पठाएको छ । अब कामपाभित्र रहेका सम्पूर्ण घरधनी तथा संस्थाले घर बहाल कर सम्बन्धित संस्था वा घर रहेको वडा कार्यालयमा नै बुझाउनुपर्ने कानुनी रूपमा स्पष्ट व्यवस्था भएको छ ।
सोही फैसलालाई आधार मान्दै कामपाले दुई दिनअघि नै ३२ वटै वडालाई परिपत्र गरिसकेको छ । पत्रमा भनिएको छ, “सम्मानित अदालतको संयुक्त इजलासको फैसलाबमोजिम त्यहाँ वडाअन्तर्गत करदाताले तिर्नुपर्ने बहाल कर ९संस्थागत बहाल करसमेत० सम्बन्धित वडा कार्यालयबाट सङ्कलनका लागि अनुरोध गरिन्छ ।”
नेपालको संविधानको धारा २२१ र अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । विसं २०७४ चैत १२ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले संस्थागत बहाल कर आन्तरिक राजस्व कार्यालयमार्फत उठाउने व्यवस्था गरेपछि लामो समयदेखि विवादमा रहेको थियो ।
एउटै कर दुई फरक निकायले उठाउन खोज्दा करदातामा अन्योल छाएको थियो भने स्थानीय तह आफ्नो अधिकारमाथि हस्तक्षेप भएको गुनासो गर्दै आएको थियो । उक्त विवादमा मोरङको विराटनगर महानगरेको रिट निवेदन माथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले जेठ २० मा परमादेश जारी गरे पनि पूर्ण पाठ भने केही अघिमात्र आएको हो । कामपाले फैसलाको पूर्ण पाठ आएपछि वडालाई बहाल करअन्तर्गतको सबै कर सङ्कलनका लागि परिपत्र गरेको हो ।
फैसलामा संविधान र कानुनबमोजिम घर बहाल कर सङ्कलन गर्ने अधिकार स्थानीय तहमा नै निहित रहेको स्पष्ट पार्दै यसमा कुनै पनि अवरोध नगर्न विपक्षीका नाममा आदेश दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...
माघ ५ गते, २०८२ - ०८:२०
चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...
माघ ५ गते, २०८२ - ०८:१४
काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...
माघ ५ गते, २०८२ - ०७:५३
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...
माघ ५ गते, २०८२ - ०७:४७
पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू
माघ ५ गते, २०८२ - ०७:३६
लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...
माघ ५ गते, २०८२ - ०७:३०
गुण्डा नाइके चक्रे मिलनलाई दियो टिकट
माघ ५ गते, २०८२ - ०७:१८
काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन यही माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनज...
माघ ५ गते, २०८२ - ०७:१५
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका शाखा...
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...




प्रतिकृया लेख्नुहोस्: