काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता रोकिने अवस्था नरहेको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भण्डारीको नेकपा एमालेकाे राजनीतिक सक्रियता कसैको अनुमतिमा निर्भर नहुने स्पष्ट पारे ।
थापाले भने, “विद्या भण्डारी राजनीतिमा अघि बढ्नुहुन्छ । हामी मृत्यु रोजेर, जेल रोजेर जनताको लागि लडेर अघि बढेका मानिस हौँ । हिजो उहाँले राजनीति गर्दा कहाँ राष्ट्रपति बन्छु भन्ने सोच्नु भएको थियो र ? राजनीतिक काम गर्दा देश छोड्नुपर्ने हो ? कसैले देशनिकाला गर्न सक्छ ? नागरिकता खोस्न सक्छ? होइन त ?”
उनले भण्डारी एमालेकै संस्थापक नेतृ भएकाले पार्टीमा प्रवेशका लागि कसैसँग अनुमति लिनु नपर्ने दाबी गरे । उनले थपे, “उहाँलाई इन्ट्री कसैले दिनु पर्दैन । जनतामाझ आफ्ना विचार राखेर अघि बढ्ने कुरा हो । यो उहाँ आफैले निर्माण गर्नुभएको पार्टी हो, यत्रो ठूलो जनमत छ । उहाँ अहिले एमालेमै हुनुहुन्छ र एमालेको नेतृ हुनुहुन्छ। नेता भनेका दुई किसिमका हुन्छन्—पदका नेता र जनसमर्थनका नेता। पदका नेता त आज छैनन्, तर जनताको विश्वास पाउने नेताहरू निरन्तर अगाडि बढ्छन् । विद्या भण्डारीको सक्रियता रोकिँदैन, यो कार्यकर्ताले र जनताले नै तय गर्ने कुरा हो ।”
उनका अनुसार आगामी विधान महाधिवेशनमा यो विषय प्रमुख एजेन्डाका रूपमा प्रवेश गर्नेछ । सदस्यता विवादबारे सोधिएको प्रश्नमा थापाले प्रतिक्रिया नदिने बताए । तर उनले एमाले कसैलाई निषेध नगर्ने, जनताको अधिकारलाई संकुचन नगर्ने पार्टी भएको स्पष्ट पारे । उनले भने, *जनताको जन्मसिद्ध अधिकार सीमित गर्न पाइँदैन । इतिहासमै हेर्दा पनि राणाविरोधी आन्दोलन होस् वा पञ्चायतविरोधी संघर्ष, जनता अधिकारका लागि लडेर विजयी भएका छन् ।”
थापाले एमालेभित्र विद्या भण्डारीलाई अपमान गर्ने, तिरस्कार गर्ने वा लाञ्छना लगाउने शैली उचित नभएको पनि उल्लेख गरे। उनले भने, “केन्द्रीय कमिटीको बैठकले पनि यही निष्कर्ष निकालेको छ । विद्या भण्डारीले नेपालको लोकतन्त्र, गणतन्त्र र लोकतान्त्रिक व्यवस्था स्थापनामा महत्वपूर्ण योगदान गर्नुभएको छ । उहाँको गरिमा, इज्जत र प्रतिष्ठामा आँच आउने खालका अभिव्यक्ति दिन नहुने निर्णय भएको छ । जनताको विश्वास बढ्ने, पार्टीको सम्मान उचाल्ने खालका निर्णय लिनुपर्छ । गम्भीर प्रकृतिका निर्णय गर्दा बलजफ्ती, आवेग वा उत्तेजनामा होइन, असर र परिणामलाई विचार गरेर मात्र गर्नुपर्छ भन्ने मान्यता हामीले लिएका छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: