Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

अनुदान कटौतीको विरोधमा उखु किसान आजदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशभरका किसानहरू आज (आइतबार)देखि काठमाडौँमा आन्दोलनमा उत्रिएका छन्। नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिका संयोजक उमेशचन्द्र यादवका अनुसार माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी रहनेछ।

अनुदान निरन्तरताको माग गर्दै १३ वटा जिल्लाका प्रमुख किसानहरू माइतीघरमा भेला भएर सरकारविरुद्ध प्रदर्शन गर्दैछन्। किसानहरूको प्रमुख माग भनेको अघिल्ला वर्षहरूमा तोकिएको अनुदान रकमको भुक्तानी र त्यसको निरन्तरता सुनिश्चित गर्नु हो।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले उखुका लागि अनुदान रकम छुट्याएको छैन। यसले किसानहरूमा ठूलो असन्तुष्टि पैदा गरेको छ। महासंघका अनुसार करिब १ अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान रकम अझै सरकारले किसानहरूलाई भुक्तानी गर्न बाँकी छ।

गत वर्ष सरकारले प्रति क्विन्टल उखुमा ७० रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो, जसमा किसानहरूले औद्योगिक मूल्य ५८५ रुपैयाँका साथ कुल ६५५ रुपैयाँ पाएका थिए। तर चालु वर्षमा सरकारले बजेट अभाव देखाउँदै उक्त अनुदानलाई घटाएर ३५ रुपैयाँमा झारेको छ। किसानहरूले यो कटौती अस्वीकार गर्दै अघिल्लो वर्षकै दर कायम गर्न माग गरिरहेका छन्।

संयोजक यादवले अनुदान कटौतीले किसानको मनोबल गिराउँदै उखु उत्पादनमा गिरावट आउने खतरा औंल्याउनुभयो। उहाँका अनुसार अघिल्ला वर्षमा अनुदान प्राप्त भएपछि उखु खेती विस्तार गरेका किसानहरू अहिले रकम नपाउँदा निराश हुँदै व्यवसाय छाड्ने स्थितिमा पुगेका छन्।

किसानहरूले सरकारसँग तत्काल बक्यौता रकम भुक्तानी गर्न, पुरानै अनुदान दर कायम राख्न र दीर्घकालीन रूपमा अनुदान प्रणालीलाई सुनिश्चित गर्न माग गरेका छन्। माग पुरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending