काठमाडौं । सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशभरका किसानहरू आज (आइतबार)देखि काठमाडौँमा आन्दोलनमा उत्रिएका छन्। नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिका संयोजक उमेशचन्द्र यादवका अनुसार माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी रहनेछ।
अनुदान निरन्तरताको माग गर्दै १३ वटा जिल्लाका प्रमुख किसानहरू माइतीघरमा भेला भएर सरकारविरुद्ध प्रदर्शन गर्दैछन्। किसानहरूको प्रमुख माग भनेको अघिल्ला वर्षहरूमा तोकिएको अनुदान रकमको भुक्तानी र त्यसको निरन्तरता सुनिश्चित गर्नु हो।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले उखुका लागि अनुदान रकम छुट्याएको छैन। यसले किसानहरूमा ठूलो असन्तुष्टि पैदा गरेको छ। महासंघका अनुसार करिब १ अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान रकम अझै सरकारले किसानहरूलाई भुक्तानी गर्न बाँकी छ।
गत वर्ष सरकारले प्रति क्विन्टल उखुमा ७० रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो, जसमा किसानहरूले औद्योगिक मूल्य ५८५ रुपैयाँका साथ कुल ६५५ रुपैयाँ पाएका थिए। तर चालु वर्षमा सरकारले बजेट अभाव देखाउँदै उक्त अनुदानलाई घटाएर ३५ रुपैयाँमा झारेको छ। किसानहरूले यो कटौती अस्वीकार गर्दै अघिल्लो वर्षकै दर कायम गर्न माग गरिरहेका छन्।
संयोजक यादवले अनुदान कटौतीले किसानको मनोबल गिराउँदै उखु उत्पादनमा गिरावट आउने खतरा औंल्याउनुभयो। उहाँका अनुसार अघिल्ला वर्षमा अनुदान प्राप्त भएपछि उखु खेती विस्तार गरेका किसानहरू अहिले रकम नपाउँदा निराश हुँदै व्यवसाय छाड्ने स्थितिमा पुगेका छन्।
किसानहरूले सरकारसँग तत्काल बक्यौता रकम भुक्तानी गर्न, पुरानै अनुदान दर कायम राख्न र दीर्घकालीन रूपमा अनुदान प्रणालीलाई सुनिश्चित गर्न माग गरेका छन्। माग पुरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: