Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

रौतहटमा सुटकेसभित्र रुवी कुमारी साहको शव

खबरडबली संवाददाता

काठमाडौं । रौतहटमा सुटकेसभित्र भेटिएको महिलाको शव स्थानीय माधवनारायण नगरपालिका ६ माइती भएकी रुवी कुमारी साहको भएको पुष्टि भएको छ । रौतहट प्रहरीका प्रवक्ता डिएसपी राजु कार्कीका आइतबार बिहान सुटकेसभित्र भेटिएको शव रुवी कुमारी साहको भएको खुलेको हो ।

रौतहटको गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिकै शनिवार राति करिब ११ बजे सुटकेस फेला परेको थियो । बाहिर डोरीले बाँधेर सडक किनारमा छाडिएको उक्त सुटकेसभित्र विस्फोटक पदार्थ हुन सक्ने आशंका गरी प्रहरीले रातभर सुरक्षा दिएको थियो ।

आइतबार बिहान विस्फोटक पदार्थ नरहेको पुष्टि भएपछि रौतहट प्रहरीका डिएसपी राजु कार्की नेतृत्वको प्रहरी टोली पुगेर सुटकेस खोल्दा त्यसभित्र महिलाको शव भेटिएको थियो । बिहान साँढे ६ बजे सुटकेस खोलेर हेर्दा महिलाको शव भेटिएको हो ।

सुरुमा पहिचान नखुलेको उक्त शव त्यसको केही समयमै मृतक महिलाकी आमाले आफ्नी छोरी रुवी कुमारी साह भएको सनाखत गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्तासमेत रहेका डिएसपी राजु कार्कीका अनुसार मृतक रुवी कुमारी साहको माइती रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ६ मा रहेको छ । उनको विवाह भने भारतको मुजफ्फरपुरमा भएको थियो ।

रुवी यति बेला गौर नगरपालिका २ मा कोठा भाडामा लिएर बस्ने गरेकी थिइन् । आफ्नो छोरालाई पढाउनका लागि भन्दै रुवी गौरमा आफ्नी आमासँग बस्ने गरेकी थिइन् । उनी बसेको स्थान माइती र घरको ठिक बिचमा पर्ने स्थान हो । ४ वर्षको छोरा पढाउन गौरमा बस्दै गरेकी उनको आइतबार बिहान सुटकेसभित्र शव भेटिएको हो ।

उनकी आमाको अनुसार रुवीको उमेर २६ वर्षको छ । शनिवार साँझ कबिर ५ बजेसम्म बजारमा देखिएकी उनी त्यसपछि भेटिएकी थिइनन् । उनी हराएको सूचना पनि आइतबार बिहानसम्म आएको थिएन । आइतबार बिहान सुटकेसभित्र महिलाको शव भेटिएको खबर बाहिरिएसँगै उनकी आमा र भाइ रुवी हराएको भन्दै प्रहरी कार्यालय पुगेका थिए ।

शवको प्रारम्भिक अवस्था हेर्दा सल र सानो डोरीले घाँटी कसेर उनको हत्या भएको पाइएको छ ।  रुवीको हत्या भएको सूचना पाएसँगै भारतबाट उनका पति पनि गौर आइपुगेका छन् ।

रुवीको घरतर्फको सम्बन्ध पनि राम्रो रहेको र सल्लाहमै गौरमा बसेर छोरो पढाएको उनका पतिले प्रारम्भिक जानकारी दिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा नेकपाको शक्ति–परीक्षण, प्रचण्ड, वामदेवदेखि वर्षमानसम्म मैदानमा

पुराना प्रभावशाली नेता मैदान बाहीर

कृषि उत्पादक मूल्य उकालोमा, अण्डा र मकैको भाउले सूचकाङ्क ताने

काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...

रास्वपाको टिकट युद्ध अन्तिम चरणमा, बालेनदेखि रविसम्म—कसले कहाँबाट भिड्ने ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...

कोटा कागजमै थन्कियो, भान्सामा महँगी छरियो

सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा

कोशीका ९ क्षेत्रमा काे काे भए नेकपाका उम्मेदवार

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...

प्रचण्डको गृहप्रदेशमै टिकट संकट: कर्णालीका ५ क्षेत्रमा अझै अड्कियो नेकपा

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending