रौतहट। कुशे औंसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालनमा ल्याइएको छ । आश्रमको सांसद देवप्रसाद तिमल्सिना र प्रमुख जिल्ला अधिकारी विनोद खड्कालगायतले सडक आश्रित ‘बा’हरूलाई आश्रममा प्रवेश गराई शनिबार सेवा शुभारम्भ गरेका थिए ।
सो अवसरमा सांसद तिमल्सिनाले आगामी दिनमा आश्रमलाई आवश्यक पर्ने वस्तुहरु सहयोग गर्ने जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खड्का, गढीमाई नगरपालिकाका उपप्रमुख स्मिता यादव, गरुडा नगरपालिका प्रमुख कन्थमणिप्रसाद कलवार, जिल्ला समन्वय समिति प्रमुख रामअयोध्या यादव, पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्की, चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदयनारायण सापकोटा, निजानन्द धामका सन्त गुरु सुरेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० नगर कमिटी अध्यक्ष शिव आचार्यलगायतले मानव सेवा आश्रमलाई सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।
कार्यक्रममा उक्त आश्रम सञ्चालनका लागि रु तीन लाख ३८ हजार १२५ बराबर नगद तथा जिन्सी सहयोग प्राप्त भएको आश्रमका मधेस प्रदेश संयोजक विवेक महतोले जानकारी दिए । गरुडा नगरपालिकाका प्रमुख कलवारले रु दुई लाख ५१ हजार नगरपालिकाको तर्फबाट र पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्ण यादवले रु ५१ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको आश्रमका प्रदेश संयोजक महतोले बताए ।
यसैगरी कृष्ण प्रणामी युवा परिषद्ले रु ६० हजार बराबरको खाद्यान्न तथा लत्ताकपडा, जनज्योति बहुमुखी क्यामपस चन्द्रनिगाहपुरका स्ववियु सचिव साहिल पुरीले रु २० हजार, पशु चिकित्सक दुर्गाप्रसाद चिमोरियाले रु ११ हजार, प्रजापति पैडेलले रु ११ हजार १३०, विनोददास कथबनियाले रु १० हजार ५५५, अर्पणा देवकोटाले रु १० हजार सहयोग गर्नुभएको संयोजक महतोले जानकारी दिए ।
यस्तै, कृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति निजानन्दधाम, पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष कार्कीलगायतले सहयोग गरेका थिए । आश्रममा रौतहटका ६ र अन्य जिल्लाका १४ जना गरी अहिले सो आश्रममा २० जना सडक आश्रित छन् । आश्रितलाई बास र खानाको सुविधामात्र होइन, सीप, दक्षता र क्षमता विकासमार्फत समाजमा पुन:स्थापना गर्ने लक्ष्यका साथ सेवा विस्तार गरिएको उनको भनाइ छ ।
यही भदौ ५ गतेबाट सुरु गरिएको उद्धार अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि चन्द्रपुर नगरपालिका–१, बागमती मङ्गलपुरसम्म छ जना सडक मानवको उद्धार गरी आश्रममा स्थानान्तरण गरिएको छ । आश्रमका संयोजक विवेक महतोले २०८२ सालभित्रै रौतहटलाई सडक मानवरहित बनाउने लक्ष्य लिएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: