सोलुखुम्बु। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लाकै लगातार दोस्रो पटक उत्कृष्ट भएको छ । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी अङ्क ८४ दशमलव ५० प्राप्त गर्दै सोलुदूधकुण्ड जिल्लाको उत्कृष्ट बनेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को स्वमूल्याङ्कन (लिसा) मा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका जिल्लाको पहिलो स्थानीय तह भएको उल्लेख गरिएको छ ।
शासकीय पद्धति र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वच्छ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको लिसामा नगरपालिकाले अघिल्लो वर्षसमेत प्रथम स्थान हासिल गरेको थियो ।
विभिन्न १० वटा बिषयक्षेत्र समेटेर तयार गरिने नतिजामा सङ्घीय मामिला मन्त्रालयले तय गरेको मापदण्ड अनुरूप काम गरेकाले नगपालिका उत्कृष्ट भएको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताए। यस नतिजाले नगरपालिकार्लाइ कार्य सम्पादनमा थप हौसला मिलेको उनको भनाइ छ ।
त्यस्तै, लिखुपिके गाउँपालिकाले ७९ दशमलव ७५ अङ्कसहित दोस्रो, नेचासल्यान गाउँपालिकाले ७९.२५ अङ्क प्राप्त गरी तेस्रो भएको छ । थुलुङ दूधकोशी गाउँपालिकाले ७९ अङ्क प्राप्त गरेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका ७८ अङ्क, माप्य दूधकोशी गाउँपालिकाले ६७ दशमलव ५० अङ्क, महाकुलुङ गाउँपालिका ५८ दशमलव ५७ अङ्क प्राप्त गरेको छ भने सोताङ गाउँपालिका ५२ दशमलव २५ अङ्कका साथ अन्तिम स्थानमा छ ।
स्थानीय तहहरूको शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, समाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन साथै सहकार्य र समन्वय लगायतमा मूल्याङ्कन गर्ने गरिन्छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ जारी गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको हरेक आर्थिक वर्षमा स्वमूल्याङ्कन गर्ने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १७:३२
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...
फाल्गुन ८ गते, २०८२ - १७:२३
काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...
फाल्गुन ८ गते, २०८२ - १७:१७
मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...
फाल्गुन ८ गते, २०८२ - १७:०६
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...
फाल्गुन ८ गते, २०८२ - १६:४७
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...
फाल्गुन ८ गते, २०८२ - १६:३७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ। रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...
फाल्गुन ८ गते, २०८२ - १६:३०
वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...
फाल्गुन ८ गते, २०८२ - १६:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...
फाल्गुन ८ गते, २०८२ - १६:०८
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...
फाल्गुन ८ गते, २०८२ - १५:३३
पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...



प्रतिकृया लेख्नुहोस्: