Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै

खबरडबली संवाददाता

जनकपुरधाम । मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण गर्न लागिएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा रु ७५ करोडको लागतमा प्रदेशका २५ पालिकामा भूकम्प प्रतिरोधात्मक, सुविधा सम्पन्न कृषि तथा पशुपक्षी उपचार तथा परीक्षण केन्द्रको भवन निर्माण भइरहेको हो ।

विश्व बैंकको ऋण सहयोगमा सो मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाअन्तर्गत आर्थिक करिडोरको कार्यालय बर्दिबासले २५ वटा पालिकामा भवन निर्माण गरिरहेको हो । आयोजना कार्यालयका अनुसार एउटा भवन निर्माणमा करिब रु तीन करोडदेखि रु पाँच करोड खर्च हुने अनुमान गरिएको छ ।

कृषिको माटो परीक्षण, पशुको रोगसम्बन्धी अनुसन्धान तथा पशुमा लाग्ने विभिन्न रोगको उपचार, पशुको गोबर तथा दूधजन्य पदार्थको परीक्षण गर्ने उद्देश्यले अत्याधुनिक उपकरणसहित ल्याब स्थापना गरेर सो केन्द्रबाट सेवा दिने उद्देश्य रहेको कार्यालय प्रमुख राजेश साहले जानकारी दिए । सबै भवनको डिजाइन समान हुनुका साथै  प्रविधियुक्त बनाइने उनले बताए ।

निर्माण भइरहेको सो दुई तले भवनमा कृषि तथा पशुका लागि बेग्लाबेग्लै उपचार कार्यकक्ष तथा प्रयोगशालाका साथै सोही भवनमा सुपथ मूल्यमा कृषि तथा पशुपक्षीमा लाग्ने रोगको उपचारसहित औषधि बिक्री कक्षका लागि दुई वटा सटरसमेत निर्माण हुने साहले उल्लेख गरे । भवन निर्माण भइरहेका २५ वटा पालिकामध्ये १४ वटाको काम सकिएको कार्यालयले जनाएको छ ।

सोही क्रममा जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित  तेतरियामा सोही आयोजनाद्वारा निर्माण गरिएको सुविधा सम्पन्न भवन जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख साहले जानकारी दिए । उनका अनुसार उक्त भवन भ्याटसहित रु दुई करोड २५ लाखमा निर्माण गरिएको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३ हजार ४०६ मध्ये ८६७ उम्मेदवारले मात्रै खोले निर्वाचन खर्चको बैंक खाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...

मुग्लिन–काठमाडौं सडकखण्डमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक: कावा आयुक्त भण्डारी

मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...

विमानस्थलबाट ११ किलो बढी गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...

बाका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए, सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ: रवी

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...

संसद विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ।  रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...

एपस्टिनको सम्पत्तिबाट साढे तीन करोड डलर मुआब्जा प्रस्ताव

वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...

‘ट्राभल विकनेस’ भएपछि काठमाडौं फर्किएका थिए बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...

एमालेको झण्डा नजलाएको रास्वपाको दाबी, दोषी खोज्न माग

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE