Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

अमेरिकी कर धम्कीबिच मोदीको कर कटौतीको वाचा

खबरडबली संवाददाता

मुम्बई। दैनिक वस्तुहरूमा उपभोग कर घटाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबले वार्षिक अर्बौं डलरको राहत दिलाउन सक्ने र अमेरिकी भन्सार शुल्कको कडा असर झेलिरहेको अर्थतन्त्रमा माग बढाउन मद्दत पुर्‍याउने विशेषज्ञहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद गरेको भन्दै नयाँदिल्लीमाथि सजायस्वरूप आयात शुल्क २५ प्रतिशतबाट दोब्बर गरेर ५० प्रतिशत पुर्‍याउने धम्की दिएको छन् ।

यस सम्भावित कदमले विश्वको पाँचौँ ठुलो अर्थतन्त्रको भविष्यलाई अनिश्चित बनाएको छ । भारतीय निर्यातकर्ताहरूले यसले अर्डर गुम्ने र रोजगारीमा गम्भीर सङ्कट आउने चेतावनी दिएका छन् ।

नयाँदिल्लीले वासिङ्टनको कदमलाई ‘अनुचित, अन्यायपूर्ण र अस्वीकार्य’ भनेको छ । तर मोदीले गत हप्ता भारतको स्वतन्त्रता दिवसमा दिएको भाषणमा ‘आम मानिसमाथिको करको बोझ कम गर्ने’ वाचा गर्दै यस अमेरिकी प्रहारलाई कम गर्ने प्रयास देखाएको थिए ।

मोदीको प्रस्तावित वस्तु तथा सेवा कर ९जिएसटी० कटौतीले साना कारदेखि वातानुकुलनसम्मका सामान उपभोक्ताका लागि सस्तो बनाउने अर्थशास्त्रीहरूको भनाइ छ ।

हाल जिएसटी प्रणाली एक जटिल चार–स्तरीय संरचनामा आधारित छ, जसमा कर दर पाँचदेखि २८ प्रतिशतसम्म लाग्छ ।

मोदीको सुधार अनुसार, अधिकांश सामान दुई तहमा पर्ने छन्—पाँच प्रतिशत वा १८ प्रतिशत दरमा ।

भारतीय प्रधानमन्त्रीले यस परिवर्तनलाई ‘दीपावली उपहार’ भनेको छन् । दीपावली, प्रकाशको वार्षिक हिन्दु पर्व हो, जसमा उपभोक्ताहरू सुन, कपडा र उपभोक्ता इलेक्ट्रोनिक्सजस्ता सामानमा धेरै खर्च गर्छन् ।

ठुलो बचत 

ट्रम्पको भन्सार शुल्क नीतिले भारतमा कस्तो असर पार्छ भन्ने कुरा रूस–युक्रेन शान्ति सम्झौतामा कति प्रगति हुन्छ र नयाँदिल्लीले अमेरिकी राष्ट्रपतिको अगस्ट २७ को समयसीमा अघि वैकल्पिक तेल आपूर्तिकर्ता पाउन सक्छ कि सक्दैन भन्नेमा निर्भर गर्ने छ ।

विशेषज्ञहरूका अनुसार मोदीको कर सुधारले कर सङ्कलन १३ देखि १७ अर्ब डलरसम्म घटाउनेछ र यसले घरेलु माग बढाउन सहयोग गर्ने छ ।

एम्के ग्लोबल फाइनान्सियल सर्भिसका विश्लेषकहरूले नीतिलाई ‘घरेलु उपभोग बढाउने दिशामा स्वागतयोग्य कदम’ भनेका छन् । 

उनीहरूको अनुमानमा, हाल शीर्ष २८ प्रतिशत दरमा रहेका धेरै सामानहरू १८ प्रतिशतमा झर्ने छन् भने १२ प्रतिशत श्रेणीका ‘लगभग सबै’ सामान पाँच प्रतिशत तहमा जाने छन् ।

मोतीलाल ओसवाल फाइनान्सियल सर्भिसका विश्लेषकहरूले भने परिवर्तनहरूले धेरै क्षेत्रलाई लाभ दिने र घरपरिवारमा ‘ठुलो बचत’ ल्याउने बताएका छन् ।

तर प्रस्ताव कार्यान्वयन हुने–नहुने अन्तत: जिएसटी परिषद्मा निर्भर छ । यस परिषद्मा राज्य सरकारका प्रतिनिधिहरू रहेका छन् । उनीहरूले अघिल्ला वर्षहरूमा व्यापक सहमति बनाउन सङ्घर्ष गर्दै आएका छन् ।

विशेषज्ञहरूका अनुसार यदि प्रस्ताव स्वीकृत भयो भने सार्वजनिक वित्तीय स्थिति कमजोर हुनसक्छ । तर यसले अमेरिकी करको जोखिमलाई केही हदसम्म पन्छाउने र मध्यम वर्गमा मोदीको लोकप्रियता बढाउने सम्भावना पनि छ ।

यो प्रस्ताव यस वर्षको अन्त्यतिर हुने अपेक्षित विहार चुनावअघि आएको हो । विहार १३ करोड जनसङ्ख्या भएको ठुलो हिन्दू बहुल राज्य हो । बिहार मोदीका लागि प्रमुख राजनीतिक युद्धभूमि मानिन्छ ।

“अहिलेको चर्चित आर्थिक कथा भनेको ट्रम्पको ५० प्रतिशत भन्सार शुल्क र अमेरिका–भारत सम्बन्धमा देखिएको अवरोध हो”, जिन्दल ग्लोबल युनिभर्सिटीका अर्थशास्त्री दीपान्सु मोहनले भने, “जिएसटी पुन:समायोजन त्यो सन्दर्भमा मोदीको कडा प्रतिक्रिया हो । मोदीले मध्यम वर्गलाई सन्देश दिइरहेको छन्– ‘हामी सुनिश्चित गर्छौं कि अन्तत: तपाईंको हातमा पर्याप्त बचत रहोस् ।’”

यद्यपि उनले भने, “यो भारतको अर्थतन्त्रले केही समयदेखि निम्न मध्यम आय वर्गलाई पर्याप्त फाइदा दिन नसकेको स्वीकारोक्ति पनि हो ।”

 भारत–अमेरिका व्यापार वार्ता 

अर्थशास्त्रीहरूले वर्षौंदेखि जिएसटी प्रणाली सुधारको माग गर्दै आएका थिए । तर मोदीको यो अप्रत्याशित घोषणा अमेरिका–भारत सम्बन्ध विगत केही दशककै तल्लो तहमा पुगेको समयमा आएको हो ।

अर्थशास्त्रीहरूले यदि दुवै देशबिच व्यापार सम्झौता भएन भने ट्रम्पको भन्सार शुल्कले भारतको कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० वृद्धिदर यस वर्ष छ प्रतिशतभन्दा तल झार्न सक्ने अनुमान गरेका छन् । यो दर भारतीय केन्द्रीय बैँकको छ दशमलव पाँच प्रतिशतको अनुमानभन्दा कम हुने छ ।

हालका धेरै कार्गोहरू ट्रम्पको धम्की आउनुअघि नै सम्झौता भएकाले रूसी तेल आयातबारे भारतको स्थिति सेप्टेम्बरको अन्त्यसम्म प्रस्ट हुने व्यापार खुफिया संस्था केप्लरले बताएको छ ।

“भारतीय रिफाइनरहरूले अमेरिका, पश्चिम अफ्रिका र ल्याटिन अमेरिकी कच्चा तेलमा बढ्दो चासो देखाइरहेका छन् । यसले भारतको लचिलोपन देखाउँछ, तर यो कुनै जानाजानी गरिएको रणनीतिक परिवर्तन होइन”, केप्लरका विश्लेषक सुमित रिटोलियाले भने, “स्पष्ट नीतिगत परिवर्तन वा व्यापार रणनीतिमा निरन्तर बदलाव नभएसम्म रूसी तेल भारतको कच्चा तेल आपूर्तिको मुख्य स्रोत रहिरहने छ ।”

भन्सार शुल्क वृद्धिको समयसीमा नजिकिँदै गर्दा अमेरिका–भारत व्यापार वार्ताको भविष्य अझै अनिश्चित छ ।

नयाँदिल्लीले सम्झौता गर्न प्रतिबद्ध रहेको जनाएको छ । तर भारतीय सञ्चारमाध्यमले अमेरिकी वार्ताकारहरूले अगस्टको अन्त्यतिर हुने भनिएको भारत भ्रमण स्थगित गरेको दाबी गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३ हजार ४०६ मध्ये ८६७ उम्मेदवारले मात्रै खोले निर्वाचन खर्चको बैंक खाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...

मुग्लिन–काठमाडौं सडकखण्डमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक: कावा आयुक्त भण्डारी

मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...

विमानस्थलबाट ११ किलो बढी गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...

बाका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए, सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ: रवी

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...

संसद विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ।  रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...

एपस्टिनको सम्पत्तिबाट साढे तीन करोड डलर मुआब्जा प्रस्ताव

वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...

‘ट्राभल विकनेस’ भएपछि काठमाडौं फर्किएका थिए बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...

एमालेको झण्डा नजलाएको रास्वपाको दाबी, दोषी खोज्न माग

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE