Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

उपसभामुखविरुद्ध पीडित भएँ भनेर कसैको उजुरी छैन, गृहको ठाडो आदेशमा छानबिन गर्दै सिआइबी

खबरडबली संवाददाता

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई आचरणअनुकूल काम नगरेको आरोप लगाएर हटाउन संसद्मा दुईतिहाइ मत जुटाउने प्रयास असफल भएपछि कांग्रेस–एमालेले मानव बेचबिखनको मुद्दामा तानेर निलम्बन गर्ने खेल सुरु गरेका छन् । 

अभिभावककै अनुमतिमा बाल संगठनबाट १० वर्षअघि रानाको संस्था बन्दी सहायता नेपालमा बच्चाहरू लगिएको विषयलाई विनाउजुरी सरकारले अहिले आएर मानव बेचबिखनको मुद्दा बनाउन खोजेको छ । मानव बेचबिखन फौजदारी अपराधअन्तर्गत पर्ने र तीन वर्षभन्दा माथि सजाय हुने भएकाले यो अभियोगमा मुद्दा चलाउन सके निलम्बित गराउन सकिने प्रपञ्चअनुसार कसरत थालिएको हो ।

गृह मन्त्रालयको निर्देशनमा आइतबारदेखि सिआइबीले अनुसन्धान अघि बढाइसकेको छ । प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरे यस विषयमा अनुसन्धानका लागि सिआइबीलाई निर्देशन आएको बताउँछन् । बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले आइतबार कार्यालयमा प्रहरीहरू आएको बताइन् । ‘आज पनि सिआइबीका मान्छेहरू सोधीखोजी गर्न आएका थिए । तर, औपचारिक पत्रसहित नआएकाले हामीले कुनै जानकारी दिएनौँ,’ उनले भनिन् । 

प्रहरी अधिकारीका अनुसार यस्तो विषयमा सामान्यतया पीडितको उजुरी आएपछि मात्र अनुसन्धान अघि बढ्ने गर्छ । सिआइबी निर्देशक चन्द्रकुवेर खापुङ भने कतैबाट जाहेरी नआएको बताउँछन् । ‘सञ्चारमाध्यममा आएका विवरणका आधारमा यो के रहेछ भनेर हामीले बुझिरहेका छौँ । कतैबाट जाहेरी आएको छैन, प्रारम्भिक छानबिन मात्र हो,’ उनले भने, ‘विषय बाहिर आएपछि हामी चुप लागेर बस्नुहुँदैन भनेर यस विषयमा सोधीखोजी गर्न थालेका हौँ ।’ 

कैदीबन्दी अभिभावकका बाल संगठनमा आश्रित बालबालिकालाई ०७२ माघमा अभिभावककै सहमतिमा उपसभामुख रानाको संस्था बन्दी सहायता नेपालमा लगिएको थियो । त्यहीँ बसेर अध्ययन गरेका ती बालबालिका आफ्नो भविष्य निर्माणकै क्रममा छन् । उनीहरूले आफूहरूमाथि उक्त संस्थाबाट सहयोग भएको र कुनै समस्या नरहेको बताएका छन् ।

जसकारण यो विषयमा अनुसन्धान अघि बढ्ने अवस्था नै नरहेको स्रोत बताउँछ । यो विषय उचालेर भिजिट भिसा प्रकरणको मागलाई कमजोर बनाउने र उपसभामुखलाई दबाबमा राख्ने गृह मन्त्रालयको रणनीति रहेको स्रोत बताउँछ । 

प्रहरीले मानव बेचविखनमा अनुसन्धान गरेर फौजदारी अपराध मुद्दा दर्ता गरे र पूर्पक्षमा पठाए सांसद पद निलम्बन हुने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) मा तीन वर्षभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षका लागि थुनामा पठाएमा निलम्बनमा रहने प्रावधान छ । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले तीन वर्षभन्दा बढीको सजाय हुने फौजदारी अभियोगमा मुद्दा दायर भई पुर्पक्ष भएमा संसद्का पदाधिकारी तथा सदस्यको पद निलम्बन हुने नियमावलीको व्यवस्था रहेको बताए । ‘कुनै पनि सदस्य प्रचलित कानुनबमोजिम तीन वर्ष वा बढी सजाय हुने फौजदारी मुद्दा दायर भई पुर्पक्ष भएमा निलम्बन हुने नियमावलीको व्यवस्था हो । यो अभ्यासमा रहँदै आएको छ,’ उनले भने । 

संवैधानिक परिषद्मा प्रधानमन्त्री नै अल्पमतमा रहेकाले मनलाग्दी नियुक्तिमा बाधा भएपछि सत्तारूढ दलले उपसभामुखलाई पदमुक्त गरेर बहुमत जुटाउने प्रयास गर्दै छन् । यसका लागि ३ भदौमा कांग्रेस र एमालेले आफ्ना सांसदलाई सिंहदरबारमा डाकेर खाली कागजमा हस्ताक्षर गराएका थिए । तर, कांग्रेसमा शेखर कोइराला पक्ष र साना दलले सहयोग नगरेपछि दुई दलको योजना तत्कालका लागि तुहिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending