Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

विद्या भण्डारीबारे निर्णय भइसक्यो, एमाले अनावश्यक छलफलमा अल्झिँदैन : राजेन्द्र गौतम

पूर्वराष्ट्रपति भण्डारीको पक्षमा कर्ण थापा मात्र भिन्न मतमा थिए

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा पार्टी केन्द्रीय कमिटीमा स्पष्ट रूपमा भिन्न मत राख्ने एकमात्र व्यक्ति कर्ण थापा रहेको स्पष्ट पारेका छन्।

उनका अनुसार थापाले "मेरो मत दर्ज गर्छु" भनेर प्रत्यक्ष रूपमा आफ्नो धारणा प्रस्तुत गरे पनि अन्य नेताहरुले त्यस्तो स्पष्ट असहमति जनाएका छैनन्। 

गौतमले भने, "तपाईंले भनेका दुई उपाध्यक्षहरुले त केन्द्रीय कमिटीमा निर्णय नगरौं, फर्काएर स्थायी कमिटी र सचिवालयमा लैजाऔं मात्र भन्नुभएको हो। उहाँहरुले लिखित रूपमा असहमति दर्ज गर्नुभएन।"

गौतमले केन्द्रीय कार्यालयमा असहमति लेखेर छोड्ने कार्यलाई "त्यति दर्बिलो, गर्बिलो र धेरै वैचारिक" नदेखिएको टिप्पणी गरे। "केन्द्रीय कमिटीका बैठकहरू हुँदै छन्। महाधिवेशनको फोरम खुल्लै छ। केन्द्रीय कमिटीबाट छलेर जान्न पाइँदैन," उनले भने।

उनका अनुसार पार्टी नेतृत्वले आफ्ना असहमति राख्न दबाब नदिने स्पष्ट अभिव्यक्ति दिइसकेको छ। "जहाँसम्म अपानिमा फरक मत नगएको सन्दर्भ छ, त्यसका लागि त केन्द्रीय कमिटीको अनुमति चाहिन्छ। केन्द्रीय कमिटीले तल पठाउने निर्णय गरेको छैन। त्यो उहाँहरूले बुझ्नु नै भएको छ," गौतमले थपे।

गौतमले पार्टी विधानअनुसार मत विभाजित भएमा प्रक्रियाबाट निर्णय हुने र बहुमतको निर्णय नै पार्टीको निर्णय हुने स्पष्ट गरे।

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा प्रवेशको विषयमा उनले भने, “उहाँ राजनीतिमा आउनुहुन्न भनिसकेपछि पार्टी सदस्यता जोडेर ठूलो बहसको विषय बन्छ भन्ने लाग्दैन। तर पूर्वराष्ट्रपतिहरु राजनीतिमा आउँछन् कि आउँदैनन् भन्ने छलफल हुन सक्छ।”

यदि भण्डारी राजनीतिमा फर्किने निर्णयमा पुग्नु भए दुई मिनेटमै सदस्यता टुंगो लाग्ने पनि गौतमको भनाइ छ। “उहाँ केन्द्रीय कमिटीको निर्णयबाट राष्ट्रपतिमा जानुभएको हो। त्यसैले केन्द्रीय कमिटीकै निर्णयको आधारमा निष्कर्षमा पुग्नु भएको भए धेरै सहज हुन्थ्यो,” उनले टिप्पणी गरे।

गौतमले अन्त्यमा भने, “व्यक्तिका सम्बन्धहरू परिवर्तनशील हुन्छन्। त्यसैले केन्द्रीय कमिटीले निर्णय गरिसकेको मुद्दाबारे धेरै टिप्पणी नगरौं।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending