Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

प्रज्ञा–प्रतिष्ठानले महिलामुक्ति र स्वतन्त्रतालाई जोड दिँदै तिज पर्व मनायो

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिकशास्त्र विभागको आयोजना तथा तीनओटा क्रियाशील ट्रेड युनियनहरूको सहभागितामा तिज विशेष कार्यक्रम–२०८२ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर गरेका थिए ।

उनले तिज पर्व महादेव–पार्वतीको कथाबाट सुरु भए पनि समयसँगै यो पर्व सामन्तवादी संस्कृतिको प्रभाव पार गर्दै व्यापक बनेको बताए। तिजलाई विभेदको अन्त्य, महिला मुक्ति र परिवर्तनसँग जोडेर मनाउनुपर्नेमा जोड दिँदै उनले भने–“भडकाब, अन्धविश्वास र विकृतिबाट तिजलाई मुक्त गरी भ्रष्टाचारविरुद्ध चेतना फैलाउने पर्व बनाउनुपर्छ ।”

उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले तिज पर्व आफन्तसँग भेटघाट र रमाइलोको अवसर भए पनि यसको मूल सार महिला मुक्ति, समानता र विकृतिविरुद्ध प्रतिरोधमा जोडिनुपर्ने बताए।

साहित्य र साहित्येतिहास विभाग प्रमुख डा। मधुसूदन गिरीले तिजलाई केवल महिलाको पर्व नभई सामाजिक सम्झौताको पर्वका रूपमा व्याख्या गर्दै भने– “किरात र शैवबीच सम्झौता भएपछि तिज मनाउने चलन सुरु भएको हो ।”  उनले तिजलाई पितृसत्ताविरुद्ध महिला समानता र सामाजिक सद्भावसँग जोड्नुपर्नेमा जोड दिए।

साहित्य पद्य–काव्य विभाग प्रमुख बाबा बस्नेतले तिजलाई वैचारिक पर्वका रूपमा लिनुपर्ने बताइन् ।  उनले भनिन्– “अनावश्यक विकृति हटाएर महिलाका पीडा अभिव्यक्त गर्ने माध्यमका रूपमा तिजलाई अघि बढाउनुपर्छ ।”

कार्यक्रम सभाध्यक्ष तथा सामाजिकशास्त्र विभाग प्रमुख डा। कौशिला रिसालले तिजसँग जोडिएका धार्मिक अन्धविश्वास, अराजकता र विकृति हटाउनुपर्ने धारणा राख्दै भनिन्– “ऋषिपञ्चमीसहितका व्रत–पूजाले महिलालाई जञ्जिरले बाँधेको देखिन्छ, यसबाट मुक्त हुन आवश्यक छ । 

यसैगरी साहित्यकार सीता शर्माले तिज गीत र पर्वबारे प्रस्तुति दिँदै पितृसत्तासँग जोडिएको तिजलाई पूँजीवादी चरित्र सहितको धार्मिक विश्वास मात्र ठहर गर्दै यसलाई अन्धविश्वास र दासतामुक्त बनाउनुपर्नेमा जोड दिइन्।

डा। प्रतिभा पुनले विज्ञान–प्रविधिले संस्कृतिमा पारेको प्रभावबारे प्रकाश पार्दै तिजलाई व्रतसँग होइन, विचारसँग जोड्नुपर्ने बताइन् भने डा‍ चूडाप्रसाद ढकालले तिज पर्वमा तडकभडकका कारण असमानता बढ्दै गएको उल्लेख गर्दै आपसी मेलमिलाप, न्याय र महिलामुक्तिको पक्षमा यसलाई मनाउनुपर्ने तर्क राखे ।

कार्यक्रममा भौतिक संसाधन महाशाखा प्रमुख सन्ध्या पहाडी, उपप्रमुख विश्वास घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन केन्द्रीय समितिका अध्यक्ष महेश्वर थापा मगर, कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष जयराज जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए  । कार्यक्रमको सञ्चालन नासु राधा कार्कीले गरेको प्राज्ञ चेतनाथ धमलाले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा नेकपाको शक्ति–परीक्षण, प्रचण्ड, वामदेवदेखि वर्षमानसम्म मैदानमा

पुराना प्रभावशाली नेता मैदान बाहीर

कृषि उत्पादक मूल्य उकालोमा, अण्डा र मकैको भाउले सूचकाङ्क ताने

काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...

रास्वपाको टिकट युद्ध अन्तिम चरणमा, बालेनदेखि रविसम्म—कसले कहाँबाट भिड्ने ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...

कोटा कागजमै थन्कियो, भान्सामा महँगी छरियो

सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा

कोशीका ९ क्षेत्रमा काे काे भए नेकपाका उम्मेदवार

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...

प्रचण्डको गृहप्रदेशमै टिकट संकट: कर्णालीका ५ क्षेत्रमा अझै अड्कियो नेकपा

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending