काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिकशास्त्र विभागको आयोजना तथा तीनओटा क्रियाशील ट्रेड युनियनहरूको सहभागितामा तिज विशेष कार्यक्रम–२०८२ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर गरेका थिए ।
उनले तिज पर्व महादेव–पार्वतीको कथाबाट सुरु भए पनि समयसँगै यो पर्व सामन्तवादी संस्कृतिको प्रभाव पार गर्दै व्यापक बनेको बताए। तिजलाई विभेदको अन्त्य, महिला मुक्ति र परिवर्तनसँग जोडेर मनाउनुपर्नेमा जोड दिँदै उनले भने–“भडकाब, अन्धविश्वास र विकृतिबाट तिजलाई मुक्त गरी भ्रष्टाचारविरुद्ध चेतना फैलाउने पर्व बनाउनुपर्छ ।”
उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले तिज पर्व आफन्तसँग भेटघाट र रमाइलोको अवसर भए पनि यसको मूल सार महिला मुक्ति, समानता र विकृतिविरुद्ध प्रतिरोधमा जोडिनुपर्ने बताए।
साहित्य र साहित्येतिहास विभाग प्रमुख डा। मधुसूदन गिरीले तिजलाई केवल महिलाको पर्व नभई सामाजिक सम्झौताको पर्वका रूपमा व्याख्या गर्दै भने– “किरात र शैवबीच सम्झौता भएपछि तिज मनाउने चलन सुरु भएको हो ।” उनले तिजलाई पितृसत्ताविरुद्ध महिला समानता र सामाजिक सद्भावसँग जोड्नुपर्नेमा जोड दिए।
साहित्य पद्य–काव्य विभाग प्रमुख बाबा बस्नेतले तिजलाई वैचारिक पर्वका रूपमा लिनुपर्ने बताइन् । उनले भनिन्– “अनावश्यक विकृति हटाएर महिलाका पीडा अभिव्यक्त गर्ने माध्यमका रूपमा तिजलाई अघि बढाउनुपर्छ ।”
कार्यक्रम सभाध्यक्ष तथा सामाजिकशास्त्र विभाग प्रमुख डा। कौशिला रिसालले तिजसँग जोडिएका धार्मिक अन्धविश्वास, अराजकता र विकृति हटाउनुपर्ने धारणा राख्दै भनिन्– “ऋषिपञ्चमीसहितका व्रत–पूजाले महिलालाई जञ्जिरले बाँधेको देखिन्छ, यसबाट मुक्त हुन आवश्यक छ ।
यसैगरी साहित्यकार सीता शर्माले तिज गीत र पर्वबारे प्रस्तुति दिँदै पितृसत्तासँग जोडिएको तिजलाई पूँजीवादी चरित्र सहितको धार्मिक विश्वास मात्र ठहर गर्दै यसलाई अन्धविश्वास र दासतामुक्त बनाउनुपर्नेमा जोड दिइन्।
डा। प्रतिभा पुनले विज्ञान–प्रविधिले संस्कृतिमा पारेको प्रभावबारे प्रकाश पार्दै तिजलाई व्रतसँग होइन, विचारसँग जोड्नुपर्ने बताइन् भने डा चूडाप्रसाद ढकालले तिज पर्वमा तडकभडकका कारण असमानता बढ्दै गएको उल्लेख गर्दै आपसी मेलमिलाप, न्याय र महिलामुक्तिको पक्षमा यसलाई मनाउनुपर्ने तर्क राखे ।
कार्यक्रममा भौतिक संसाधन महाशाखा प्रमुख सन्ध्या पहाडी, उपप्रमुख विश्वास घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन केन्द्रीय समितिका अध्यक्ष महेश्वर थापा मगर, कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष जयराज जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नासु राधा कार्कीले गरेको प्राज्ञ चेतनाथ धमलाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - २१:५३
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...
चैत्र २३ गते, २०८२ - २१:३९
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...
चैत्र २३ गते, २०८२ - २१:३७
काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...
चैत्र २३ गते, २०८२ - २१:३१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...
चैत्र २३ गते, २०८२ - २१:२९
कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...
चैत्र २३ गते, २०८२ - २१:२२
रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...
चैत्र २३ गते, २०८२ - २१:१९
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...
चैत्र २३ गते, २०८२ - २१:०९
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...
चैत्र २३ गते, २०८२ - २१:०६
काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...
चैत्र २३ गते, २०८२ - २१:०२
बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...


प्रतिकृया लेख्नुहोस्: