Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

माइतीघरमा शिक्षकहरूको विरोध प्रदर्शन, विद्यालय बन्द गर्ने चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । संसदमा विद्यालय शिक्षासम्बन्धी विधेयक पेश भएपछि निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले आन्दोलन चर्काएका छन्। सरकार आफ्ना मागमा उदासीन भएको भन्दै उनीहरूले राजधानीको माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका हुन्।

शिक्षकहरूले शिक्षाको गुणस्तर र श्रम अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित आन्दोलन थालेका हुन्। उनीहरूले माग पूरा नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन्। यसअघि नै शिक्षक र प्रधानाध्यापकहरूले भदौ ९ गतेदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए।

चार छाता संगठन — प्याब्सन, एनप्याब्सन, हिसान र अपेन — ले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा समावेश गरिएका आफ्ना मागविपरीतका पाँच प्रावधान सच्याउनुपर्ने बताएका छन्। त्यसमा विद्यालयलाई गैरनाफामूलक बनाइने, पूर्ण छात्रवृत्ति प्रावधान, विद्यालयहरूले उपलब्ध गराउनुपर्ने अतिरिक्त सामग्री, छात्रवृत्ति वितरण अधिकार र उच्च शिक्षामा आरक्षणसम्बन्धी व्यवस्था हटाउनुपर्ने माग राखिएको छ।

चरणबद्ध आन्दोलनअन्तर्गत भदौ ५ गते प्रधानाध्यापकहरूले माइतीघरमा प्रदर्शन गरेका थिए भने भदौ ६ गते देशभर विद्यालय बसमा कालो झण्डा झुण्ड्याएर नगर परिक्रमा, काठमाडौंमा र्‍याली तथा संसद घेराउ गर्ने कार्यक्रम तय भएको छ।

यसअघि सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासंघ ले पनि आन्दोलन गर्ने चेतावनी दिएको छ। शिक्षक संगठनहरूले संसदबाट विधेयक पारित गर्दा बाँकी विषयमा पनि सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई २ दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending