काठमाडौं । संसदमा विद्यालय शिक्षासम्बन्धी विधेयक पेश भएपछि निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले आन्दोलन चर्काएका छन्। सरकार आफ्ना मागमा उदासीन भएको भन्दै उनीहरूले राजधानीको माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका हुन्।
शिक्षकहरूले शिक्षाको गुणस्तर र श्रम अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित आन्दोलन थालेका हुन्। उनीहरूले माग पूरा नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन्। यसअघि नै शिक्षक र प्रधानाध्यापकहरूले भदौ ९ गतेदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए।
चार छाता संगठन — प्याब्सन, एनप्याब्सन, हिसान र अपेन — ले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा समावेश गरिएका आफ्ना मागविपरीतका पाँच प्रावधान सच्याउनुपर्ने बताएका छन्। त्यसमा विद्यालयलाई गैरनाफामूलक बनाइने, पूर्ण छात्रवृत्ति प्रावधान, विद्यालयहरूले उपलब्ध गराउनुपर्ने अतिरिक्त सामग्री, छात्रवृत्ति वितरण अधिकार र उच्च शिक्षामा आरक्षणसम्बन्धी व्यवस्था हटाउनुपर्ने माग राखिएको छ।
चरणबद्ध आन्दोलनअन्तर्गत भदौ ५ गते प्रधानाध्यापकहरूले माइतीघरमा प्रदर्शन गरेका थिए भने भदौ ६ गते देशभर विद्यालय बसमा कालो झण्डा झुण्ड्याएर नगर परिक्रमा, काठमाडौंमा र्याली तथा संसद घेराउ गर्ने कार्यक्रम तय भएको छ।
यसअघि सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासंघ ले पनि आन्दोलन गर्ने चेतावनी दिएको छ। शिक्षक संगठनहरूले संसदबाट विधेयक पारित गर्दा बाँकी विषयमा पनि सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: