Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

उपसभामुखविरुद्ध प्रस्ताव ल्याउँदा ‘ब्याक फायर’ हुने कांग्रेसको निष्कर्ष, तत्काल नहटाउने

खबरडबली संवाददाता

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाविरुद्धको पदअनुकूल आचरण नगरेको आरोपसहितको प्रस्ताव हाललाई अघि नबढाउने निर्णय गरेको छ। 

आन्तरिक असहमति, सरकारप्रति चर्किंदो असन्तुष्टि र रूपन्देही–३ को आसन्न उपनिर्वाचनका कारण कांग्रेसले आक्रामक रणनीति स्थगन गर्ने निष्कर्ष निकालेको हो।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय दल कार्यसमितिको बैठकमा यो सहमति बनेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। 

‘अहिलेसम्म उपसभामुखको विषयमा कुनै प्रक्रिया अघि बढ्दैन भन्ने सहमति भएको छ,’ घिमिरेले भने, ‘बैठकमा सामान्य छलफल मात्रै भयो र अहिलेका लागि प्रस्ताव नल्याउने निर्णयमा पुग्यौं।’

बैठकमा कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उपसभामुखविरुद्ध प्रस्ताव ल्याउन अहिले समय उपयुक्त नरहेको तर्क गरेका थिए। उनीहरूले यस्तो कदमले रूपन्देही–३ को उपनिर्वाचनमा नकारात्मक असर पार्ने भन्दै सभापति देउवालाई सचेत गराएका थिए।

रूपन्देही क्षेत्रबाट फर्किएका महामन्त्री शर्माले चुनावी अवस्था बारे बैठकमा विस्तृत जानकारी दिएका थिए। तर, उपनिर्वाचनबारे कुनै ठोस निर्णय भने भएको छैन।

केही दिनअघि मात्र कांग्रेस र एमालेबीच उपसभामुख रानाविरुद्धको प्रस्ताव अघि बढाउने सहमति बनेको थियो र दुवै पार्टीले सांसदहरूसँग हस्ताक्षर संकलनसमेत थालेका थिए। तर, कांग्रेसभित्रै महामन्त्री थापा र शर्माले प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। इतर समूहका नेता डा. शेखर कोइरालाले पनि उक्त अभियानप्रति असहमति जनाएका थिए।

यससँगै कांग्रेसले तत्कालका लागि उपसभामुखविरुद्धको कारबाही प्रक्रिया रोक्ने संकेत दिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending