Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

सँधै विवादमा आइरहने मेडिसिटी अस्पतालको ओरालो यात्रा

एक वर्षमै साढे ३२ करोड घाटा

खबरडबली संवाददाता

काठमाडौं । करिब दशकअघि ठूला लगानीका साथ सञ्चालनमा आएको मेडिसिटी अस्पताल अहिले आर्थिक र व्यवस्थापकीय संकटसँग जुधिरहेको छ। सार्वजनिक जग्गा प्रयोग गरेर बनेको भन्ने विवादमा तानिएको यस अस्पतालको सेवा गुणस्तरमा पनि प्रश्न उठ्न थालेका छन् ।

स्थापना प्रारम्भमा ‘विश्वस्तरीय उपचार’ भन्ने दाबी गरिएको मेडिसिटी अहिले बिरामीको भरोसा गुमाउँदै गएको छ । अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न नसक्नु, महँगो शुल्क, र प्राविधिक दक्ष जनशक्ति टिकाउन नसक्नुजस्ता समस्याले यसको लोकप्रियता घटेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको भनाइ छ।

यससँगै सार्वजनिक जग्गा प्रयोगको विषयले पनि अस्पताललाई थप विवादमा पारेको छ। स्थानीयवासी र सरोकारवाला निकायहरूले सरकारले स्पष्ट नीतिगत जवाफ दिनुपर्ने माग गर्दै आएका छन्।

अस्पताल व्यवस्थापनले भने चुनौतीहरू स्वीकार गर्दै सेवा सुधार गर्ने योजना अघि सारेको जनाएको छ। तर, लगातार घट्दो बिरामीको संख्या, बढ्दो प्रतिस्पर्धा र विवादास्पद जग्गा प्रकरणबीच मेडिसिटीको यात्रा ओरालो लाग्दै गएको देखिन्छ।

एक वर्षमै साढे ३२ करोड  घाटा

व्यवसायी उपेन्द्र महतोको लगानीमा सञ्चालित नेपाल मेडिसिटी अस्पतालको कारोबार घट्दै गएको छ। अस्पतालले सन् २०२५ मा साढे ३२ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ।

अश्विन मेडिकल कलेज एन्ड हस्पिटल प्रालिद्वारा सञ्चालित यो अस्पतालले सन् २०२४ मा २ अर्ब ७४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। तर सन् २०२५ मा करिब २० करोड घट्दै कारोबार २ अर्ब ५५ करोड ५० लाख रुपैयाँमा सीमित भएको हो।

कम्पनीका अनुसार सन् २०२४ को सेप्टेम्बरमा आएको बाढीका कारण सेवा प्रवाहमा असर परेको र बिरामीको संख्यामा कमी आएपछि कारोबार घटेको हो। बाढीले अस्पतालमा भौतिक क्षति पनि पुर्याएको थियो।

नेपाल मेडिसिटी अस्पतालले सन् २०१७ देखि व्यावसायिक सेवा सुरु गरेको हो। हाल अस्पतालमा २ सय ४७ शय्यासहितका विभिन्न विशेषज्ञ सेवा उपलब्ध छन्।

आगामी दिनमा बाढीको जोखिम न्यूनीकरणका लागि अस्पतालले ४ फिट अग्लो पर्खाल निर्माण गरिसकेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

एमाले–देउवा पक्ष चुनावी तालमेलतर्फ, गगनलाई ‘सेटिङ’मा आधिकारिकता दिएको आरोप

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन आयोगले सेटिङको आधारमा गगन थापा नेतृत्वको नेपाली कांग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाउ...

प्रचण्डसँग एमालेका खेममान खड्का चुनावी मैदानमा लड्ने

रुकुमपूर्व  । नेकपा एमालेले रुकुमपूर्वमा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग  लड्न केन्द्रीय सदस्य खेम...

लामिछानेमाथिको मुद्दा फिर्ता : सर्वोच्चको स्थापित नजिर र कानुनकै अपहेलना ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्ने मह...

प्रेम आले कैलाली ५ मा नेकपाको उम्मेदवार बन्ने

कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कैलाली ५ बाट प्रेम आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अघिल्लो पटक नेकपा एकीकृत समाजवादीबाट डोटीबा...

जनयुद्धका सुप्रिमोसँग आमाबुबाको सपना बोकेर चुनावी मैदानमा शहीद पुत्र सन्दीप

दाङ । नेपाली राजनीतिमा यो चुनाव केवल मतको प्रतिस्पर्धा मात्र होइन, इतिहास र भावनाको प्रत्यक्ष सामना बन्ने भएको छ। १० वर्षे जनयुद्धका सुप्रिमो पुष्पकमल...

सामाजिक सञ्जालमा एमाले रक्षात्मक, ओलीले दिए दिनमा १० पोस्ट, १० सन्देश पठाउन आदेश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेको ‘दुष्प्रचार’ रोक्न कार्यकर्ताहरूलाई आक्रामक डिजिटल अभियानमा उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending