दोलखा । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार, गएराति साढे ९ बजे भीमेश्वर नगरपालिका–६ स्थित रमिटेडाँडामा बा.५३ प ८८९९ र बा.प्र.०२–०३४ प ३२४२ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किएपछि गम्भीर घाइते भएका २४ वर्षीय शिरिस बस्नेत र २६ वर्षीय श्यामबहादुर खत्रीको उपचारका क्रममा चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा मृत्यु भएको हो।
शिरिस बस्नेत गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापति थिए। अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको गठबन्धनबाट उनी गत चैतमा सभापति निर्वाचित भएका थिए। बस्नेत दोलखा, भीमेश्वर नगरपालिका–५, माटीका स्थायी बासिन्दा थिए।
उनले चलाएको मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका खत्रीको पनि घटनास्थलमै गम्भीर चोट लागेपछि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न अर्को मोटरसाइकल (बा.प्र.०२–०३४ प ३२४२) का चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको इन्सपेक्टर श्रीराम तिमल्सिनाले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: