Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

इजरायली सैन्य कारबाहीका कारण गाजा सिटीमा हजारौं मानिस विस्थापित

खबरडबली संवाददाता

संयुक्त राष्ट्र। इजरायली सैन्य कारबाही सुरु भएयता गाजा सिटीमा हजारौं मानिस घरबार विहीन भएका छन् । संयुक्त राष्ट्रका मानवीय सहयोगकर्ताले मंगलबार यस्तो जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रको मानवीय मामिला समन्वय गर्ने कार्यालयले भदौ १४ देखि २५ सम्ममा ३६ हजार दुई सयभन्दा बढी मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक गरेको छ । ती मध्ये करिब ११ हजार ६ सय मानिस गाजाको उत्तर भागबाट दक्षिण भागमा सरेका छन् । मात्र आइतबारदेखि सोमबारसम्म मात्रै दुई हजार बढी मानिस विस्थापित भएका थिए ।

अधिकांश विस्थापित गाजा सिटीका विभिन्न बस्तीबाट आएका छन् । दुई तिहाइभन्दा बढी ‘देइर अल(बालाह’ क्षेत्रतर्फ र झन्डै एक तिहाइ ‘खान यूनिस’ क्षेत्रतर्फ सरेका छन् । गाजा स्वास्थ्य निकायले विगत २४ घण्टामा पोषण अभाव र भोकमरीका कारण थप तीन जनाको मृत्यु भएको जनाएको छ । यससँगै पोषण अभावका कारण मृत्यु हुनेको संख्या ३०३ पुगेको छ , जसमा ११७ बालबालिका छन् ।

गाजाका अस्पतालले रगतको गम्भीर अभाव भएको चेतावनी दिएका छन् । दैनिक ३५० युनिटभन्दा बढी रगतको आवश्यकता भए पनि, भोकमरी र पोषण समस्याका कारण रगतको दान कम भएको छ । यसले घाइतेको उपचारमा थप समस्या सिर्जना गरेको छ । त्यसैगरी, इजरायली अधिकारीले गाजा क्षेत्रमा सहायता सामग्री ल्याउन र वितरण गर्न अवरोध पुर्याइरहेका छन् । 

यसले संयुक्त राष्ट्र र सहयोगी संस्थाले जीवनरक्षक सामग्री पुर्याउन कठिनाइ भोग्नु परेको छ । सोमबार योजनाबद्ध १२ मध्ये ६ सहायता अभियान इजरायली अधिकारीसँग समन्वय गरी सम्पन्न भएका छन् । तर, केरम शालोम र जिकिम सीमा नाकाबाट सामग्री ल्याउने तीन अभियान आंशिक मात्र सफल भएका छन् भने दुई अभियान रद्द गर्नु परेको छ । 

सडक मर्मतका लागि अनुरोध गरिएको अभियानलाई पनि अनुमति दिइएको छैन । मानवीय सहयोगकर्ताले गाजामा भोकमरी पुष्टि भइसकेको भन्दै, युद्ध, विस्थापन र सहायता अवरोधका कारण मानवीय अवस्था अत्यन्तै नाजुक भएको बताएका छन् । संयुक्त राष्ट्रको कार्यालयले भनेको छ, “तत्काल शान्ति कायम गर्नुपर्छ र सम्पूर्ण क्षेत्रमा अवरोधविहीन मानवीय सहायता पुग्नुपर्छ । यसले पीडित नागरिकहरूको दुख कम गर्न सहयोग गर्ने छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending