संयुक्त राष्ट्र। इजरायली सैन्य कारबाही सुरु भएयता गाजा सिटीमा हजारौं मानिस घरबार विहीन भएका छन् । संयुक्त राष्ट्रका मानवीय सहयोगकर्ताले मंगलबार यस्तो जानकारी दिएका छन् ।
संयुक्त राष्ट्रको मानवीय मामिला समन्वय गर्ने कार्यालयले भदौ १४ देखि २५ सम्ममा ३६ हजार दुई सयभन्दा बढी मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक गरेको छ । ती मध्ये करिब ११ हजार ६ सय मानिस गाजाको उत्तर भागबाट दक्षिण भागमा सरेका छन् । मात्र आइतबारदेखि सोमबारसम्म मात्रै दुई हजार बढी मानिस विस्थापित भएका थिए ।
अधिकांश विस्थापित गाजा सिटीका विभिन्न बस्तीबाट आएका छन् । दुई तिहाइभन्दा बढी ‘देइर अल(बालाह’ क्षेत्रतर्फ र झन्डै एक तिहाइ ‘खान यूनिस’ क्षेत्रतर्फ सरेका छन् । गाजा स्वास्थ्य निकायले विगत २४ घण्टामा पोषण अभाव र भोकमरीका कारण थप तीन जनाको मृत्यु भएको जनाएको छ । यससँगै पोषण अभावका कारण मृत्यु हुनेको संख्या ३०३ पुगेको छ , जसमा ११७ बालबालिका छन् ।
गाजाका अस्पतालले रगतको गम्भीर अभाव भएको चेतावनी दिएका छन् । दैनिक ३५० युनिटभन्दा बढी रगतको आवश्यकता भए पनि, भोकमरी र पोषण समस्याका कारण रगतको दान कम भएको छ । यसले घाइतेको उपचारमा थप समस्या सिर्जना गरेको छ । त्यसैगरी, इजरायली अधिकारीले गाजा क्षेत्रमा सहायता सामग्री ल्याउन र वितरण गर्न अवरोध पुर्याइरहेका छन् ।
यसले संयुक्त राष्ट्र र सहयोगी संस्थाले जीवनरक्षक सामग्री पुर्याउन कठिनाइ भोग्नु परेको छ । सोमबार योजनाबद्ध १२ मध्ये ६ सहायता अभियान इजरायली अधिकारीसँग समन्वय गरी सम्पन्न भएका छन् । तर, केरम शालोम र जिकिम सीमा नाकाबाट सामग्री ल्याउने तीन अभियान आंशिक मात्र सफल भएका छन् भने दुई अभियान रद्द गर्नु परेको छ ।
सडक मर्मतका लागि अनुरोध गरिएको अभियानलाई पनि अनुमति दिइएको छैन । मानवीय सहयोगकर्ताले गाजामा भोकमरी पुष्टि भइसकेको भन्दै, युद्ध, विस्थापन र सहायता अवरोधका कारण मानवीय अवस्था अत्यन्तै नाजुक भएको बताएका छन् । संयुक्त राष्ट्रको कार्यालयले भनेको छ, “तत्काल शान्ति कायम गर्नुपर्छ र सम्पूर्ण क्षेत्रमा अवरोधविहीन मानवीय सहायता पुग्नुपर्छ । यसले पीडित नागरिकहरूको दुख कम गर्न सहयोग गर्ने छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १८:४०
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...
आषाढ़ ८ गते, २०८३ - १८:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...
आषाढ़ ८ गते, २०८३ - १७:५१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...
आषाढ़ ८ गते, २०८३ - १७:४०
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...
आषाढ़ ८ गते, २०८३ - १६:५८
काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...
आषाढ़ ८ गते, २०८३ - १६:०३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...
आषाढ़ ८ गते, २०८३ - १५:५३
काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...
आषाढ़ ८ गते, २०८३ - १५:४२
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...
आषाढ़ ८ गते, २०८३ - १५:२५
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ । अत्यधिक गर्...
आषाढ़ ८ गते, २०८३ - १५:००
लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...



प्रतिकृया लेख्नुहोस्: