Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

अपाङ्ग छोरो स्याहार्दैमा बित्यो मनमायाका २३ वर्ष

खबरडबली संवाददाता

गण्डकी । यहाँको पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिइन् ५५ वर्षीया मनमाया थापा मगर र उनकी २३ वर्षीय छोरा पूर्णबहादुर ।

पूर्णबहादूर पूर्ण अपाङ्ग हुनुहुन्छ । न उहाँको दृष्टि छ न त शरीर चल्छ । बोली पनि छैन । टहरा बनाउने थोरै जग्गा पनि आफन्तले उपलव्ध गराएका हुन् । झरीको बेला भित्ताबाट रसाएको चिसोले पूर्णको ओछ्यानसम्मै भिज्छ । भूइँमा ओछ्याइएको म्याट्रेसमा काठको मुढोझैँ पल्टिरहेका हुन्छन् पूर्ण ।

जसरी चिसोले रसाइरहन्छ भित्तो । त्यसरी नै २३ वर्षदेखि मनमायाको आँखा रसाइरहेको छ । उहाँलाई थाहा पनि छैन कि उहाँका आँखा कहिले ओभाउने हुन् । “छोरा जन्मिँदै अपाङ्गता देखियो”, उनी भन्छिन्, “त्यसयताका कुनै दिन मेरा लागि चाडबाड, रमाइलो, साथीभाई आफन्त रहेन, यही छोराको स्याहार गर्दैमा जिन्दगी बित्दो छ ।”

छोरालाई ओछ्यानमै ख्वाउनुपर्छ । छोराको उमेरसँगै तौल बढ्दै गएपछि मनमायाले दिसापिसाब गराउन सक्नुहुन्न । “आफैंले सोहोरेर फाल्ने गरेकी छु”, उनले सुनाइन्। 

बिहान उठेदेखि रातिसम्म छोराको हेरचाह गर्नु उहाँको दैनिकी हो । हुन त कुन आमालाई सन्तानप्रतिको माया नहोला र रु तर छोराप्रति आमाको माया बुझ्न मनमायाको वास्तविकता हेरे पुग्छ । उहाँहरुलाई देख्ने जोकोहीको आँखा रसाउँछ ।

“छोरो सानो हुँदा त दिसापिसाब गर्न बोकेर शौचालय लैजान्थेँ । अब त छोरो ठूलो भयो, मेरो पनि उमेर ढल्कँदो छ । बोक्नै सक्दिन”, उहाँले भन्नुभयो, “विस्तारामै फोहर गर्छ । जति सफा गरेपनि पुग्दैन । हिजोआज त कोठा नै गन्हाउन थालेको छ ।” 

जब छोरालाई भोक लाग्छ अनि घुरे जस्तो आवाज निस्किन्छ । त्यसपछि खाना ख्वाउनुहुन्छ मनमाया । छोराले कमाएर दिने अवस्थामा उसैको स्याहारसुसार गर्नुपर्दा दुःख लाग्ने उहाँ बताउँछिन्। तर आप्mनै कर्मलाई दोष दिँदै चित्त बुझाउनुहुन्छ मनमाया । पूर्णका बुवा लक्षु थापा मगर एक निजी विद्यालयको बस चालक हुनुहुन्छ । श्रीमानको कमाइकै भरमा घर चलेको छ । तर त्यो पर्याप्त अवश्य छैन ।

त्यसो त पूर्णबहादुर मनमाया र लक्षुको पहिलो सन्तान हैन । पाँच छोरामध्ये कान्छो हुन् पूर्ण । जन्मजातनै अपाङ्गता देखिएपछि एक महिनासम्म गण्डकी अस्पतालमा उपचारका लागि राख्दा पनि कुनै सुधार भएन । टहरादेखि बाहिर निकाल्दा उकालो उक्लनुपर्दछ । छोरोलाई एक संस्थाले दिएको ह्विलचेयरसमेत काम लागेन । आर्थिक अभावका कारण उपचारमा ‘फलोअप’का लागि कतै लैजान नसकेको पनि वर्षौँ बितिसकेको छ ।

पूर्णको नाममा (क) श्रेणीको अपाङ्गताबापत्को सुरक्षा भत्ता प्राप्त हुन्छ । सो भत्ताले केही हदसम्म  पालनपोषणमा सहयोग पुगेको पूर्णका बाबु लक्षु थापामगरले बताए । घरमा आउने कतिपयले परिवारको दुःख देखेर खानेकुरा र नगदसमेत दिने गर्छन् । उहाँले भन्नुभयो, “पोखरामा कतिपय वडामा सुकुम्वासी र अव्यवस्थित बसोबासी भए पनि हाम्रो जस्तो परिवारको त्यसमासमेत पहुँच छैन ।” 

जग्गा पाउने होभने जेनतेन एउटा सानो भए पनि आप्mनै घर बनाएर अपाङ्गता भएका छोरालाई सजिलोसँग सुरक्षित छानामुनी राख्ने धोको मगर दम्पत्तिको थियो ।  अब त त्यो धोको पनि पुरा नभइ नै जिन्दगी बित्छ भन्नेमा ढुक्क हुनुहुन्छ उहाँहरु । 

उहाँहरुको जेठो कृष्णले रङरोगन सम्बन्धी काम गर्नुहुन्छ । माइला कर्णले धातुसम्बन्धी र साहिँलो सुरजले रेष्टुरेण्टमा काम गर्नुहुन्छ । अर्को विष्णु वैदेशिक रोजगारीमा साउदी हुनुहुन्छ । तर उनीहरु सबै आ–आफ्नै जहान परिवार पाल्नमै ठिक्क छन् । 

आफू काठमाडाँैको थानकोटमा जन्मिएको बताउनुहुन्छ लक्षु । “आमाबाबाले छ महिनाको हुँदा बोकेर पोखरा ल्याउनुभएको भन्ने सुनेको हुँ”, उहाँले भन्नुभयो, “म १४ वर्षको हुँदा बाबु आमा गुमाएँ । मेरा आफन्त को हुन्, कहाँ छन् मलाई केही थाहा छैन ।” उमेरले ५८ वर्ष पुग्नुभएका लक्षुका आफ्नै दुःख छन् । लामो समय पोखराको बजारमा हाते ट्याक्टर चलाउनुभएका उहाँले टोली आउँदा पोखरा महानगरपालिका–ं ८ बाट नागरिकता  बनाए र 

विसं २०७८ को जनगणनाअनुसार कूल जनसङ्ख्याको २।२ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता देखिन्छ । सो अनुसार मुलुकमा पूर्ण अपाङ्गताको सङ्ख्या ५७ हजार ४८६ रहेको छ । नेपाल जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ मा कूल जनसङ्ख्याको ६।७ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको उल्लेख छ । 

जैविक संरचना वा ‘जीन’मा देखिने खोट, गर्भमा रहँदा पर्याप्त पोषण तत्वको अभाव, विभिन्न दुर्घटना आदि जस्ता कारणले बच्चा अपाङ्गता भएको जन्मन सक्ने विज्ञहरु बताउँछन् । कतिपय लुला लङ्गडा वा विकलाङ्ग हुन सक्नदछन् भने कोही आँखा नदेख्ने, कोही कान नसुन्ने, बोल्न नसक्ने विभिन्न कारणले अपाङ्गता देखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बाल विभाग प्रमुख डा रामचन्द्र बास्तोला बताउनुहुन्छ । 

विपन्न, असहाय परिवारमा अहिले पनि कतिपय अपाङ्गता भएका व्यक्ति सुविधायुक्त आवास, खानपान, सरसफाइ, उपचारको व्यवस्था नहुँदा कष्टकर जीवनयापन गर्न बाध्य भएको अपाङ्गता स्वावलम्बन सङ्घ नेपाल कास्कीका संस्थापक अध्यक्ष गिरधारी सुवेदीले बताउनुभयो  । कास्कीमा ९क० श्रेणीका पूर्ण अपाङ्गता भएका एक हजार ४०० भन्दा बढी छन् ।

अध्यक्ष सुवेदीका अनुसार अपाङ्गता भएकालाई सहयोग र मायाको खाँचो पर्दछ । जसका लागि घरपरिवार, समाज र राज्य संयन्त्र सहयोगी बन्नु अपरिहार्य छ । यस्ता अपाङ्गता भएका व्यक्तिको पालनपोषण र सुरक्षाको जिम्मा सरकारले लिन सकेमा कम्तिमा त्यस्ता कैयौँ मनमाया र लक्षु जस्ता दम्पत्तिको जिन्दगीका दुःखमा थोरै भएपनि मल्हम पट्टी लाग्ने थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending