काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीले जितेको १६ सिट केवल गीतको भरमा नभई जनताको बलिदान, मेहनत र विश्वासको प्रतिफल भएको स्पष्ट पारेकी छन्।
उनको यो टिप्पणी पूर्वसांसद रेशम चौधरीको एक अभिव्यक्तिपछि आएको हो, जहाँ उनले पार्टीको चुनावी सफलताको प्रमुख कारण स्वरूप आफूले बनाएको गीत ‘बाबा तुहार छोरा जेलम्परलवा’लाई उल्लेख गरेका थिए।
रेशमले एक कार्यक्रममा भनेका थिए, “कारागारमै पार्टी जन्माएँ, पैसा थिएन, थारु कलाकार बहिनीहरूलाई बोलाएँ, गीत रेकर्ड गराएँ। त्यसै गीतले १६ सांसद जितायो। प्रचार त केही गरिएन, तर जनताको साथ मिल्यो।”
तर अध्यक्ष रन्जिता श्रेष्ठले भने उक्त अभिव्यक्तिलाई खारेज गर्दै पार्टीको जित क्षणिक मनोरञ्जन या प्रचारका भरमा नभएको बताएकी छन्।
उनले फेसबुकमा लेखेकी छन्, “हामीले जितेको १६ सिट गीत वा नाराबाजीका कारण होइन। यो थारु समुदायको आँसु, बलिदान र राजनीतिक चेतनाको परिणाम हो। साथै, हाम्रा कार्यकर्ताहरूको कठोर परिश्रम र समर्पणको फलस्वरूप सम्भव भएको हो।”
रन्जिताले थारु समुदायसँगै पहाडी समुदायले पनि पार्टीप्रति भरोसा देखाएको भन्दै सबैलाई धन्यवाद दिएकी छन्। उनले चुनावी जित कुनै एक व्यक्ति वा गीतको श्रेयमा सीमित नहुने स्पष्ट पारेकी हुन्।
रेशम र रन्जिताबीच बढ्दो मतभेद ?
रेशम चौधरीले आफूलाई रिहा गराएपछि ‘पति–पत्नीको झगडा’ गराइएको आरोप लगाउँदै सार्वजनिक रूपमा रन्जितासँगको टकराव झल्काउने टिप्पणी गरेका छन्।
उनले भनेका थिए, “छोड्न त छोड्यो, तर फेरि लोग्ने–स्वास्नीको झगडा बनाइदियो। आउन प्यारी, कुरा मिलाऔँ भन्छु—तर कहिले यस्तो, कहिले उस्तो।"
त्यसको सन्दर्भमा रन्जिताले भने बिना नाम उल्लेख गर्दै राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिले संवेदनशील विषयमा बोलेको प्रत्येक शब्दमा इमानदारी र जिम्मेवारी देखिनु आवश्यक भएको बताएकी छन्।
“राजनीति विभाजनको होइन, एकताको भाषा हो। शब्दहरूको तौल हुन्छ। असावधानीपूर्वक बोलेका अभिव्यक्तिले समुदायमा विभाजन ल्याउन सक्छ,” उनले लेखेकी छन्।
रेशमले आफूलाई जेल हाल्नेमध्ये आफ्नै थारु समुदायका मानिस रहेको बताएका छन्। तर रन्जिताले भने २०७२ सालको टिकापुर घटनाबाट थारु समुदायले बेहोरेको पीडालाई सम्मानपूर्वक प्रस्तुत गर्नुपर्नेमा जोड दिएकी छन्।
उनले लेखेकी छन्, *“टिकापुर घटनापछि थारु समुदायले अपार पीडा भोगेको छ। घर टुटेका, निर्दोष थुनिएका, विस्थापित थारु परिवारहरूको पीडालाई हल्काफुल्को रूपमा लिनु उनीहरूप्रति अपमान हो।”*
नाउपाभित्र देखिएको यो सार्वजनिक विवादले पार्टी नेतृत्वबीच मतभेद चुलिँदै गएको सङ्केत दिएको छ। एकातर्फ रेशमले चुनावी जितमा आफ्नो योगदानलाई गीतमार्फत जोडिरहेका छन् भने अर्कोतर्फ अध्यक्ष रन्जिता श्रेष्ठ भने जितको श्रेय जनताको त्याग, बलिदान र कार्यकर्ताको योगदानलाई दिँदैछिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: