Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

डिम प्रसाद पौडेलकाे यात्राः ‘झोले’ अभियानदेखि कृषि विकास बैंकको अध्यक्षसम्म

खबरडबली संवाददाता

काठमाडौं ।  “म पनि झोले।”
यो वाक्य सामाजिक सञ्जालमा चर्चामा थियो, जब एमालेका नेता–कार्यकर्ताले आफूलाई खुला रूपमा ‘झोले’ घोषणा गर्दै अभियान चलाएका थिए। त्यही भीडमा खुलेरै अगाडि आएका थिए—डिम प्रसाद पौडेल।

आज उनी यही पहिचानका साथ कृषि विकास बैंकको अध्यक्ष बनेका छन्। सरकार एमालेको नेतृत्वमा छ, र अध्यक्ष पनि एमालेकै सिफारिसमा नियुक्त भएका छन्। तर उनको यात्रा केवल ‘झोले’ अभियानसम्म सीमित छैन।

राजनीतिक झुकाव, खुलेआम घोषणा

पौडेल साधारण कर्मचारी वा प्राविधिक विज्ञका रूपमा भन्दा बढी ८८राजनीतिक झुकाव बोकेको व्यक्तित्वका रूपमा चिनिन्छन्।

उनी सामाजिक सञ्जालमा खुलेआम आफू एमाले समर्थक भएको घोषणा गर्न संकोच गर्थेनन्। एमालेका नेताहरूले सुरु गरेको अभियानलाई उनले “म पनि झोले” भन्दै निरन्तर साथ दिएका थिए। उनको यही राजनीतिक पहिचानले आज बैंकको उच्च पदमा पुर्याएको धेरैले ठान्छन्।

बालेनसँगको ‘दुश्मनी’

पौडेलको नाम काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’सँगको वादविवादका कारण पनि चर्चामा आएको थियो । स्थानीय तहको निर्वाचनमा जब बालेन स्वतन्त्र उम्मेदवारका रूपमा उदाए, पौडेल उनीविरुद्ध अगाडि आएका थिए । 

उनले फेसबुकमा “बालेनले ३० हजार भोट ल्याए भने ३० दिन काठमाडौँ बस्दिनँ” भन्दै चुनौतीपूर्ण पोस्ट गरेका थिए।  बालेनको लोकप्रियता बढ्दै जाँदा पनि पौडेलले उनलाई निरन्तर आलोचना गरेका थिए ।

आज बालेन मेयर बनेर काठमाडौँ चलाइरहेका छन्, र पौडेल कृषि विकास बैंकको अध्यक्ष। दुवै आ–आफ्नो भूमिकामा शक्तिशाली भए पनि सामाजिक सञ्जालले उनीहरूको पुरानो ‘दुश्मनी’ अझै सम्झाइन्छ।

राजनीतिक सिफारिसको पद ?

कृषि विकास बैंक जस्तो सरकारी स्वामित्वको ठूलो बैंकमा अध्यक्ष हुनु सामान्य कुरा होइन। त्यहाँ पुग्न प्राविधिक ज्ञान, बैंकिङ अनुभव र नेतृत्व क्षमता चाहिन्छ भन्ने भनाइ छ। तर पौडेलको हकमा चर्चा भने अर्कै छ— “उनलाई एमाले नेताहरूको सिफारिसबाहेक अरू केहीले त्यहाँ पुर्याोएको होइन,” बैंकका एक उच्च अधिकारी भन्छन् ।

यसअघि पनि उनलाई एमालेकै सरकारले अर्थ मन्त्रालयमा पनि राजनितीक नियुक्ती गरीएका थियो । यस्तोमा प्रश्न उठ्छ—बैंकको नेतृत्वमा राजनीतिक कार्यकर्ता जानु संस्थागत स्थायित्वका लागि कत्तिको हितकारी होला ?

उनकाे भूमिकामा उव्जिएका प्रश्न

पौडेल अब कृषि विकास बैंकको नेतृत्व गर्नेछन् । तर उनको नियुक्तिसँगै धेरै प्रश्न उब्जिएका छन्ः  के उनी बैंकलाई शुद्ध प्राविधिक आधारमा अगाडि बढाउन सक्षम हुनेछन् ? कि उनको भूमिका केवल राजनीतिक हित र सिफारिस पुरा गर्ने मात्र हुनेछ ? ८ ‘झोले’ अभियानकै पहिचान बोकेका अध्यक्षले किसानमैत्री बैंक बनाउने कल्पना गर्न सकिन्छ ?

समयले यी प्रश्नहरूको जवाफ दिनेछ । तर आजको दिनमा भने एउटा कुरा प्रस्ट छ—“म पनि झोले” भनेर सुरु भएको पहिचानले नै उनलाई देशकै ठुलो बैंकको अध्यक्षको कुर्सीमा पुर्यागएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending