विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको ढोका अब खुला भएको स्पष्ट पारेका छन्। साथै, उनले नेपालको संविधान आफैँमा उत्कृष्ट भए पनि राजनीतिक दलहरूले कार्यान्वयनमा चासो नदेखाउँदा समस्याहरू उत्पन्न भएको बताए।
संविधान कार्यान्वयनमा दलहरूको चासो छैन
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, “संविधानको मर्मअनुसार ऐन-कानुन निर्माण गर्ने कुरामा राजनीतिक दलहरूले सुरु देखिनै अरुचि देखाए। यसै कारण संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, प्रहरी समायोजन ऐनजस्ता कानुनहरू आउन सकेका छैनन्, जसले संविधानको सफलता- असफलतामा प्रभाव पारिरहेको छ।”
उनले नेपालका संविधान अन्तर्राष्ट्रिय सन्दर्भ र स्वदेशको आवश्यकतालाई मिलाएर बनाइएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै टाढा रहेको धारणा राखे।
विद्या भण्डारी फर्कन तयार, ढोका मैले खोलें
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सक्रिय राजनीतिमा फर्कने विषयमा बोल्दै प्रचण्डले भने, “उहाँको सदस्यता नवीकरण केपी ओलीकै सहमतिमा भएको हो। प्लान बी भन्ने कुरा हल्ला मात्र हो, तर राजनीतिमा फर्कनुहोस् भन्ने ढोका खुला छ – मैले खोलिदिएको हुँ।”
प्रचण्डका अनुसार, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा फर्काएको जस्तै विद्यादेवी भण्डारीको पनि स्वागत हुन सक्ने स्पष्ट संकेत मिलेको छ।
उनले यो पनि बताए कि संविधानले राष्ट्रपतिको सक्रिय राजनीतिमा प्रतिबन्ध नलगाएको र अन्तर्राष्ट्रिय अभ्यासमा पूर्वराष्ट्रपति, प्रधानमन्त्रीहरू पुनः राजनीतिमा फर्कने धेरै उदाहरणहरू छन्।
भारतसँगको सीमासम्बन्धी समाधानमा मोदीले प्रतिबद्धता जनाएका थिए । प्रचण्डले आफू प्रधानमन्त्री रहेको बेला भारत भ्रमणको प्रसंग कोट्याउँदै सीमासम्बन्धी समाधानबारे भारतीय प्रधानमन्त्री मोदीले पहिलोपटक खुलेर प्रतिबद्धता दिएको स्मरण गरे।
“मोदीजीले भन्नु भएकाे थियाे– सीमाको समस्या बाँकी छ, यसलाई संवादमार्फत हल गर्छौं। यो एउटा महत्वपूर्ण उपलब्धि हो,” प्रचण्डले भने। उनले वर्तमान सरकारलाई पनि सोही संवादको मार्ग समातेर समस्याको समाधान गर्न आग्रह गरे।
पार्टीभित्रका स्वार्थ समूह विघटनको तयारी
पार्टीभित्रका गुट वा स्वार्थ समूहबारे बोल्दै प्रचण्डले भने, “यी समूहहरू पार्टीको मूल स्वार्थ, पद्धति र नेतृत्वभन्दा बाहिर आफ्नै एजेण्डा लिएर सक्रिय हुन्छन्। यस्तो संस्कृतिलाई अन्त्य गर्न केन्द्रीय समितिले निर्णय गरिसकेको छ।”
जनार्दन शर्मा 'प्रभाकर'को कथनबारे प्रश्नमा उनले पार्टी आन्दोलन र इतिहास कुनै व्यक्तिका भनाइले नरोकिने बताए र थप छलफल आगामी बैठकमा हुने जानकारी दिए।
पार्टी एकता र समाजवादी मोर्चासँग संवाद
अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा तथा अन्य शक्तिसँग पार्टी एकताको सम्भावनाबारे खुला संकेत गर्दै भने, “वार्ता र संवाद चलिरहेको छ। तर विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाएर एकीकरण गर्ने विषयमा अहिलेसम्म प्रवेश गरिनसकेको अवस्था छ।”
प्रचण्डको भनाइले एकातर्फ पार्टीभित्रको गम्भीर अनुशासनात्मक कार्यविधि र अर्कोतर्फ विद्यादेवी भण्डारीको सम्भावित भूमिकाको संकेत दिएको देखिन्छ। साथै, संविधान कार्यान्वयनप्रति बेवास्ता र सीमासम्बन्धी बहसलाई समेत उनले चर्को रुपमा उठाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - २१:५३
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...
चैत्र २३ गते, २०८२ - २१:३९
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...
चैत्र २३ गते, २०८२ - २१:३७
काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...
चैत्र २३ गते, २०८२ - २१:३१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...
चैत्र २३ गते, २०८२ - २१:२९
कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...
चैत्र २३ गते, २०८२ - २१:२२
रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...
चैत्र २३ गते, २०८२ - २१:१९
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...
चैत्र २३ गते, २०८२ - २१:०९
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...
चैत्र २३ गते, २०८२ - २१:०६
काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...
चैत्र २३ गते, २०८२ - २१:०२
बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...


प्रतिकृया लेख्नुहोस्: