काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले फेरि एकपटक मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान सुरु गर्ने भएको छ। स्थायी कमिटीको पछिल्लो बैठकले उक्त अभियान भदौ २२ गते लमजुङबाट सुरु गर्ने निर्णय गरेको हो।
पार्टीका महासचिव देव गुरुङका अनुसार अभियानको प्रारम्भिक कार्यतालिका तय भइसकेको छ।
कार्यतालिका यस्तो छ:
भदौ २१ गते – अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितको टोली लमजुङमा बास बस्ने
भदौ २२ गते – लमजुङ खण्डमा कार्यक्रम, साँझ गोरखा बास
भदौ २३ गते – गोरखा खण्डको कार्यक्रम, साँझ धादिङ बास
भदौ २४ गते – धादिङमा कार्यक्रम, साँझ नुवाकोट बास
भदौ २५ गते – नुवाकोटमा दिनभर कार्यक्रम, साँझ काठमाडौं फिर्ता
बाँकी जिल्लाको कार्यतालिका पछि तय गरिने जनाइएको छ।
सार्वजनिक र आन्तरिक दुवै कार्यक्रम हुने
महासचिव गुरुङका अनुसार हरेक जिल्लामा एक सार्वजनिक संवाद कार्यक्रम र एक संगठनात्मक तथा प्रशिक्षणमूलक आन्तरिक कार्यक्रम गरिनेछ।
पार्टीले सार्वजनिक कार्यक्रममा सर्वपक्षीय प्रतिनिधिमूलक सहभागिता सुनिश्चित गर्न निर्देशन दिएको छ।
यो अभियानमा यसपटक प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष, र महासचिवसम्मका नेताहरू मात्र सहभागी हुने निर्णय गरिएको छ।
यसअघि माओवादीले जागरण अभियानहरूमा उपमहासचिव तहसम्मका नेताहरूलाई समेट्दै आएको थियो। तर, अहिले उपमहासचिव जनार्दन शर्मा र अध्यक्ष प्रचण्डबीच बढेको अन्तरविरोध र वाकयुद्धको सन्दर्भमा शर्मा अभियानमा सहभागी नहुने राजनीतिक संकेत देखिएको छ।
र्वर्षाका कारण रोकिएको अभियान पुनः सुचारु
माओवादी केन्द्रले तराई–मधेस जागरण अभियानपछि मध्यपहाडी क्षेत्र केन्द्रित यो अभियान सुरु गरेको थियो। तर, भारी वर्षाका कारण केही समयका लागि अभियान स्थगन गरिएको थियो। अब पुनः अभियान थालनी गर्दै पार्टीले स्थानीय तहमा जनआकर्षण बढेको निष्कर्ष निकालेको छ।
पार्टीभित्रको रणनीतिक सन्देश, सांगठनिक पुनरजागरण र नेतृत्व तहमा देखिएको अन्तरविरोधबीच सुरु हुन लागेको यो अभियान माओवादी केन्द्रको राजनीतिक सन्तुलन जाँच्ने महत्वपूर्ण प्रयोग बन्न सक्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - १५:४५
दाङ । नेपाली राजनीतिमा यो चुनाव केवल मतको प्रतिस्पर्धा मात्र होइन, इतिहास र भावनाको प्रत्यक्ष सामना बन्ने भएको छ। १० वर्षे जनयुद्धका सुप्रिमो पुष्पकमल...
माघ ४ गते, २०८२ - १५:३०
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेको ‘दुष्प्रचार’ रोक्न कार्यकर्ताहरूलाई आक्रामक डिजिटल अभियानमा उ...
माघ ४ गते, २०८२ - १५:२०
ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा तीव्र आन्तरिक प्रतिस...
माघ ४ गते, २०८२ - १५:१७
ललितपुर । नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय पुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...
माघ ४ गते, २०८२ - १५:१३
काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित उपसभापति पुष्पा भुसालले आफूहरू सौहार्दपूर्ण वातावरण बनेपछि मात्रै केन्द्रीय कार्यालय सानेपा जाने बताएकी छन्। ...
माघ ४ गते, २०८२ - १३:२५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अब औपचारिक रूपमा स्थानीय सरकारको भूमिकाबाट बाहिरिँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तय...
माघ ४ गते, २०८२ - १३:२३
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा ...
माघ ४ गते, २०८२ - १३:१९
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद अब अन्त्यतर्फ उन्मुख रहेको दाबी गर्दै सबै नेता–कार्यकर्तालाई एकै ठाउँमा आउन आ...
माघ ४ गते, २०८२ - १३:१५
चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फ...
माघ ४ गते, २०८२ - १२:१६
काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...




प्रतिकृया लेख्नुहोस्: