Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

त्रिविको शुल्क घटाउने निर्णयप्रति स्ववियुको प्रश्न: सम्झौता गर्ने व्यक्तिको आधिकारिकता के हो?

विद्यार्थीमाथि दोहोरो अन्याय, शुल्क पुनर्मूल्याङ्कन नगरे आन्दोलनमा जान्छौंः— स्ववियु अध्यक्ष जोशी

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत केही विभागहरूको शुल्क घटाउने विषयमा गरिएको सहमतिप्रति स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) ले आपत्ति जनाउँदै सम्झौता गर्ने व्यक्तिको आधिकारिकता माग गरेको छ।

स्ववियु अध्यक्ष दीपकराज जोशी नेतृत्वको टोलीले त्रिवि पदाधिकारीलाई बुझाएको ज्ञापनपत्रमा शुल्क घटाउने सम्झौता शैक्षिक, वैज्ञानिक र वस्तुगत आधारविनाको 'कागजको खोस्टा' भएको आरोप लगाइएको छ।

“विभागको कार्यक्रमबाट विभागमा रूपान्तरण भएपछि शुल्क घट्नु स्वाभाविक हो। तर, भ्रम सिर्जना गर्ने गरी गरिएको यस्तो निर्णयले विद्यार्थीलाई थप अन्यायमा पुर्‍याएको छ,” ज्ञापनपत्रमा उल्लेख छ।

स्ववियुले शुल्क घटाउने निर्णय कसले र कुन हैसियतमा गर्‍यो भन्ने प्रश्न उठाउँदै यो निर्णय विद्यार्थी शोषण वैधानिक बनाउने अर्को नाटक भएको आरोप लगाएको छ।

“सम्झौता गर्ने व्यक्तिको आधिकारिकता के हो भन्ने प्रश्न खडा भएको छ। अब यस्तो नाटक सह्य हुने छैन,” स्ववियुको चेतावनी छ।

चार विभागमा शुल्क घटाउने निर्णय विवादमा

त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका चार विभाग:

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति

लैंगिक अध्ययन

सामाजिक कार्य

द्वन्द्व, शान्ति तथा विकास अध्ययन

यी विभागहरूमा शुल्क घटाउने सहमति अखिल (क्रान्तिकारी) र त्रिवि प्रशासनबीच भएको थियो। तर, स्ववियुले उक्त निर्णयमा आफूहरू समावेश नभएको भन्दै त्यसको वैधानिकतामाथि प्रश्न उठाएको हो।

छात्रवृत्ति प्रणालीमा पनि असन्तोष

स्ववियुले त्रिविको छात्रवृत्ति निर्देशिका विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै आपत्ति जनाएको छ। “निःशुल्क छात्रवृत्ति प्रत्येक वर्ष एउटै विद्यार्थीलाई दोहोरिने व्यवस्थामा हाम्रो विमति छ,” ज्ञापनपत्रमा भनिएको छ।

स्ववियुले त्रिविलाई तीन दिनभित्र शुल्क पुनर्मूल्याङ्कन समिति गठन गर्न माग गर्दै त्यसो नगरे श्रृंखलाबद्ध आन्दोलन सुरू गर्ने चेतावनी दिएको छ।

“आन्दोलनबाट सिर्जना हुने परिस्थिति को सम्पूर्ण जिम्मेवारी त्रिवि प्रशासनको हुनेछ,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

स्ववियुले त्रिविमा शुल्क निर्धारण प्रक्रिया पारदर्शी र वैज्ञानिक हुनुपर्ने माग राख्दै आएको छ। यसपटकको विवादले त्रिविमा नीतिगत संवादको अभाव र विद्यार्थी संगठनबीचको प्रतिस्पर्धात्मक शक्ति संघर्ष समेत उजागर गरेको देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई २ दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending