सुनसरी । जनवादी सांस्कृतिक आन्दोलनका अग्रणी कलाकार स्व। जेबी टुहुरेको चौथो स्मृति दिवसको अवसरमा शनिबार विराटनगरमा विशेष सांगीतिक तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रमको आयोजना जेबी टुहुरे फाउण्डेशनले गर्ने भएको हो। फाउण्डेशनकी अध्यक्ष निर्भिका टुहुरेले एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रमको जानकारी दिएकी हुन्। कार्यक्रम विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुल परिसरमा हुने छ।
सो अवसरमा टुहुरेका कालजयी गीतहरू प्रस्तुत गरी उनको सांगीतिक योगदानको स्मरण गरिनेछ। कार्यक्रमलाई सांगीतिक श्रद्धाञ्जलीका रूपमा प्रस्तुत गरिने जनाइएको छ।
यस वर्षको स्मृति दिवसमा धरान निवासी अग्रज प्रगतिवादी कवि तथा साहित्यकार बम देवान र विराटनगर निवासी गीतकार तथा संस्कृतिकर्मी खेम नेपालीलाई सम्मान गरिने फाउण्डेशनले जनाएको छ।
यसअघि पनि जेबी टुहुरेको स्मृतिमा गीतकार तथा राजनीतिज्ञ लव प्रधान ‘मित्र’, कवि अनिल पौडेल, र जनकलाकार खुशीराम पाख्रिन ९मरणोपरान्त० लाई सम्मान गरिसकिएको छ। उक्त सम्मानको सिलसिला निरन्तरता पाउँदै आएको फाउण्डेशन अध्यक्ष टुहुरेले बताइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - १२:१६
काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...
माघ ४ गते, २०८२ - १२:१३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिकारिकतासँगै शेरबहादुर देउवा झन् एक्लिँदै जान थालेका छन् । आफैंले कार्य...
माघ ४ गते, २०८२ - १२:१०
काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–९ गैरीबजारमा आफ्नै घरको छतबाट खस्दा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक...
माघ ४ गते, २०८२ - १२:०८
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट रञ्जित तामाङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरे...
माघ ४ गते, २०८२ - १०:१९
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । झापा निर्वाचन क्षेत्र नं ३ को निर्व...
माघ ४ गते, २०८२ - १०:१५
काठमाडौँ । नेपाली कांग्रेसबाट विभाजित बनेको देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा शेखर कोइरालाको समूह अनुपस्थित हुने भएको छ । सानेपास्थित पार्टी कार्...
माघ ४ गते, २०८२ - १०:१३
काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीलाई क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। रोजगारीका लागि क...
माघ ४ गते, २०८२ - १०:११
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठ...
माघ ४ गते, २०८२ - १०:१०
काठमाडौं । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगाम...
माघ ३ गते, २०८२ - २१:३५
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...




प्रतिकृया लेख्नुहोस्: