गुल्मी । अविरल वर्षापछि खसेको पहिरोले अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर अन्तर्गतको राक्से सडक खण्ड पुनः सञ्चालनमा आएको छ। तर, सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढीको जोखिम कायमै रहेकाले सडक अझै पूर्ण रूपमा खुल्न सकेको छैन।
बिहीबार साँझदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको थियो। पुर्तिघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमबहादुर सारुको नेतृत्वमा स्थानीयवासीको सहयोगमा पन्छाइएको पहिरोपछि शुक्रबार बिहानदेखि सडक सुचारु गरिएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गङ्गा बहादुर सारुका अनुसार, हाल करिडोरमा साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्।
तर, डहरे खोलामा पानीको बहाव तीव्र भएसँगै त्यस क्षेत्रको सडक भने अझै पूर्ण रूपमा अवरुद्ध छ। डिएसपी सारुले दिएको जानकारी अनुसार, निरन्तर वर्षा भइरहेकाले डहरे खण्ड चाँडै खुल्ने सम्भावना कम देखिएको छ।
यो खोलामा एक्कासी आउने कालो लेदोसहितको बाढीले अघिल्ला वर्षहरूमा समेत सवारी बगाएको इतिहास छ। यात्रु तथा चालकहरूका लागि जोखिमपूर्ण हुने भएकाले प्रहरी प्रशासनले यात्रा अघि सडक अवस्थाबारे जानकारी लिनुहोस् भन्ने अनुरोध गरेको छ।
यस वर्षायाममा पटक–पटक डहरे खोला आसपासको सडक अवरुद्ध हुँदै आएको छ। वैकल्पिक मार्गको अभावमा यात्रुहरू अलपत्र पर्नुपर्ने अवस्था दोहोरिँदै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - १२:१६
काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...
माघ ४ गते, २०८२ - १२:१३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिकारिकतासँगै शेरबहादुर देउवा झन् एक्लिँदै जान थालेका छन् । आफैंले कार्य...
माघ ४ गते, २०८२ - १२:१०
काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–९ गैरीबजारमा आफ्नै घरको छतबाट खस्दा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक...
माघ ४ गते, २०८२ - १२:०८
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट रञ्जित तामाङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरे...
माघ ४ गते, २०८२ - १०:१९
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । झापा निर्वाचन क्षेत्र नं ३ को निर्व...
माघ ४ गते, २०८२ - १०:१५
काठमाडौँ । नेपाली कांग्रेसबाट विभाजित बनेको देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा शेखर कोइरालाको समूह अनुपस्थित हुने भएको छ । सानेपास्थित पार्टी कार्...
माघ ४ गते, २०८२ - १०:१३
काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीलाई क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। रोजगारीका लागि क...
माघ ४ गते, २०८२ - १०:११
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठ...
माघ ४ गते, २०८२ - १०:१०
काठमाडौं । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगाम...
माघ ३ गते, २०८२ - २१:३५
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...




प्रतिकृया लेख्नुहोस्: