गुल्मी । अविरल वर्षापछि खसेको पहिरोले अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर अन्तर्गतको राक्से सडक खण्ड पुनः सञ्चालनमा आएको छ। तर, सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढीको जोखिम कायमै रहेकाले सडक अझै पूर्ण रूपमा खुल्न सकेको छैन।
बिहीबार साँझदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको थियो। पुर्तिघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमबहादुर सारुको नेतृत्वमा स्थानीयवासीको सहयोगमा पन्छाइएको पहिरोपछि शुक्रबार बिहानदेखि सडक सुचारु गरिएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गङ्गा बहादुर सारुका अनुसार, हाल करिडोरमा साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्।
तर, डहरे खोलामा पानीको बहाव तीव्र भएसँगै त्यस क्षेत्रको सडक भने अझै पूर्ण रूपमा अवरुद्ध छ। डिएसपी सारुले दिएको जानकारी अनुसार, निरन्तर वर्षा भइरहेकाले डहरे खण्ड चाँडै खुल्ने सम्भावना कम देखिएको छ।
यो खोलामा एक्कासी आउने कालो लेदोसहितको बाढीले अघिल्ला वर्षहरूमा समेत सवारी बगाएको इतिहास छ। यात्रु तथा चालकहरूका लागि जोखिमपूर्ण हुने भएकाले प्रहरी प्रशासनले यात्रा अघि सडक अवस्थाबारे जानकारी लिनुहोस् भन्ने अनुरोध गरेको छ।
यस वर्षायाममा पटक–पटक डहरे खोला आसपासको सडक अवरुद्ध हुँदै आएको छ। वैकल्पिक मार्गको अभावमा यात्रुहरू अलपत्र पर्नुपर्ने अवस्था दोहोरिँदै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: