Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

पहाडमै सफल भयो बोरिङ : टोक्सेलमा पानीसँगको नयाँ आशा

तस्विरः मानेभन्ज्याङ गाउँपालिका ओखलढुङगाकाे फेसबुक पेजबाट
खबरडबली संवाददाता

ओखलढुंगा । “पहाडमा बोरिङ सम्भव हुँदैन” भन्ने धेरैको भनाइलाई गलत सावित गर्दै मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सेलमा डिप बोरिङ परियोजना सफल भएको छ। करिब १६ सय २५ मिटरको उचाइमा बोरिङबाट पानी निस्किएपछि स्थानीयवासीमा नयाँ उत्साह र आशा पलाएको छ।

टोक्सेलका बासिन्दाले वर्षौँदेखि खानेपानी अभाव झेलेका थिए। घण्टौं पैदल हिंडेर खोला–ढिस्कोमा पानी लिनुपर्ने बाध्यता थियो। सुख्खा मौसममा त धाराहरू सुकेर बालबालिकादेखि वृद्धवृद्धासम्म सबैजना टाढाटाढा पानी बोक्न जान्थे। “पानीकै कारण छोरीबुहारीलाई घरकामभन्दा बढी पानीको भारीले थकाइ दिन्थ्यो,” एक स्थानीय बासिन्दाले भने।

विशेषज्ञहरूले उच्च पहाडमा बोरिङ सम्भव नहुने तर्क गर्दै आएका थिए । तर गाउँपालिकाको पहलमा गरिएको प्राविधिक अध्ययनले सम्भावना देखायो । त्यसपछि सुरु भएको डिप बोरिङ कार्यले अन्ततः परिणाम दिएको हो।

उद्घाटनको दिन गाउँमा हर्षको वातावरण थियो । बोरिङबाट निस्किएको पानी देखेर स्थानीयहरूले ताली बजाए, कसैले मोबाइलमा भिडियो खिचे, कसैले बच्चालाई काखमा राखेर देखाए।

टाेक्सेलमा इतिहास बनेका कारण गाउँपालिकाका अन्य स्थानमा पनि याे कदम चालिने,” गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली राईले बताए ।  “यो केवल खानेपानी परियोजना मात्र होइन, विश्वास र सम्भावनाको विजय हो” उनले भने । जिल्लाकाे सबैभन्दा बढी सुख्खा क्षेत्रका रुपमा रहेकाे याे गाउँपालिकामा याे सफलताले अग८ी बढ्न प्रेरित यरेकेा उनकाे भनाइ छ ।

यस परियोजनाबाट गाउँको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको उनले बताए । विद्यालयदेखि घरधुरीसम्म सुरक्षित खानेपानी पुग्ने र स्वास्थ्य–स्वच्छतामा सुधार आउने विश्वास गरिएको छ।

स्थानीयहरूले अब कृषिमा पनि बोरिङबाट निकालिएको पानी उपयोग गर्न सकिने सम्भावना देखेका छन्।

टोक्सेलको सफलताले “पहाडमा बोरिङ सम्भव छैन” भन्ने मान्यता अब पुरानो भएकाे र इच्छाशक्ति, प्रयास र प्रविधि भए पहाडमै पनि चमत्कार सम्भव रहेकाे सन्देश दिएको  छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई २ दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending