सुलीकोट। उत्तरी गोरखाको माछीखोला-लार्के भञ्ज्याङ सडक अनिश्च्तिकालको लागि बन्द भएको छ । धार्चे गाउँपालिका-३ दोभानस्थित खोत्राङ खोला वारी शुक्रबार बिहान ६ बजे ठुलो पहिरो र ढुङ्गा खसेर पुरै सडक भासिँदा माछीखोला-लार्के भञ्ज्याङ सडक अनिश्च्यत कालको लागि बन्द भएको हो ।
धार्चे गाउँपालिकाबाट चुमनुब्री गाउँपालिका पुग्ने मुख्य सडकमा ठुलो पहिरो गएपछि सवारीसाधन र पैदल यात्रीहरुलाई सडक मार्ग पूर्णरुपमा बन्द गरिएको र बन्द गरिएको सडक बाटो प्रयोग नगर्न सबै यात्रीहरुलाई धार्चे गाउँपालिकाले शुक्रबार एक सार्वजनिक सूचना जारी गरी अपिल गरेको छ ।
उक्त सडकको भासिएर खुलाउने बाटो कतै पनि नभएपछि वैकल्पिक रुपमा डाईभर्सनको व्यवस्था गर्न सकिने अवस्था छैन, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘अप्ठ्यारो ठाउँमा भिषण पहिरो गएकाले उक्त सडक भएर यात्रा नगरी जोखिम नमोल्न गाउँपालिका आग्रह गर्दछ ।’
उत्तरी गोरखा पुग्ने सडक मार्ग तथा पदमार्ग भएकाले पनि पहिरो रोकिएपछि पालिकासँग भएको जेसिबी प्रयोग गरी जति सक्दो चाडै बाटो खुलाएर सवारीसाधनलाई आबतजाबतमा सहज बनाईने गाउँपालिकाले जनाएको छ । सडक तथा बाटो अबरुद्धले नागरिकमा पर्न गएको असुविधा प्रति पालिकाले क्षमा याचना समेत गरेको छ ।
उत्तरी गोरखमा परेको अबिरल बर्षाले सडक नै भासिए पछि सवारीसाधनहरुलाई पूर्ण रुपमा रोक लगाई सकेकाले सवारीसाधनलाई जोखिम मोलेर यात्रा नगर्न धार्चेका निर्मित प्रमुख प्रशासकिय अधिकृत बिनायक तिमेल्सनाले आग्रह गरे।
शुक्रबार धार्चे गाउँपालिकाले एक सुचना जारी गर्दै सडक पुर्णरुपमा नबन्दा सम्म लागि सबारी आबतजाबतमा पूर्ण रुपमा बन्द गरिएको धार्चे गाउँपालिकाले निर्मित प्रमुख प्रशासकिय अधिकृत बिनायक तिमेल्सनाद्वारा हस्ताक्षारित गरेको सूचनामा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: