नयाँ दिल्ली। अमेरिकाले भारतबाट आयात हुने थुप्रै वस्तुमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने निर्णय गरेपछि भारतका वाणिज्य मन्त्री पियुष गोयलले नयाँ दिल्लीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै भने, “भारत सधैँ निष्पक्ष र सम्मानजनक व्यापारमा विश्वास राख्छ । तर हामी कहिल्यै झुक्दैनौं, न त कमजोरी देखाउँछौँ ।”
उनका अनुसार भारतले अन्तर्राष्ट्रिय बजारमा नयाँ सम्भावनाको खोजी गर्दै विश्वव्यापी निर्यात विस्तारमा केन्द्रित हुने छ । उक्त भन्सार शुल्क अमेरिकाले भारतले रुसबाट आयात गर्ने कच्चा तेललाई कारण देखाउँदै लगाएको हो । यो कदमसँगै भारत-अमेरिका व्यापार सम्बन्धमा केही तनाव देखिएको छ ।
भारतले यसअघि नै ती शुल्कलाई ‘अन्यायपूर्ण र अविवेकी’ भन्दै असहमति जनाएको थियो । अहिले दुबै मुलुकबिच कृषि र डेरी क्षेत्रको पहुँचबारे भएको व्यापार वार्ता पनि निष्कर्षमा पुग्न सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी उत्पादनलाई भारतीय बजारमा बढी पहुँच दिन चाहन्छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशका किसानको हित जोगाउन प्राथमिकता दिएको छन् ।
सन् २०२४ मा अमेरिका भारतको सबैभन्दा ठूलो निर्यात गन्तव्य बनेको थियो, जहाँबाट ८७ अर्ब अमेरिकी डलरभन्दा बढीको वस्तु निर्यात गरिएको थियो । विश्लेषकहरु यति ठूलो भन्सार शुल्कले खास गरी साना उद्योग र निर्यातकर्तालाई गम्भीर असर पार्न सक्ने बताए।
पहिले नै कपडा, गहना र समुद्री उत्पादन निर्यात गर्ने व्यवसायीले अमेरिकी अर्डर रद्द भएको र प्रतिस्पर्धी राष्ट्र जस्तै बंगलादेश तथा भियतनामले त्यसको फाइदा उठाएको बताए। मन्त्री गोयलले सरकार चाँडै नै सबै क्षेत्रका निर्यातकर्तालाई सहयोग गर्ने विशेष योजना ल्याउन लागेको जनाए। उनले भने,“म विश्वस्त छु, चालु वर्षमा भारतको निर्यात अघिल्लो वर्षको तुलनामा अझ बढ्ने छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: