Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

गाजाको युद्धमा इजरायलमाथि प्रतिबन्ध लगाउने विषयमा इयू विभाजित, कूटनीतिक पहल कमजोर हुने सङ्केत

खबरडबली संवाददाता

कोपनहेगन । युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख काया कालासले गाजामा जारी द्वन्द्वको सन्दर्भमा इजरायलविरुद्ध प्रतिबन्ध लगाउने विषयमा सदस्य राष्ट्रबिच एकमत नहुँदा तत्काल कुनै ठोस निर्णय लिन सकिने अवस्था नरहेको स्पष्ट पारे ।

डेनमार्कको राजधानी कोपनहेगनमा शनिबार सुरु भएको इयू विदेशमन्त्रीको बैठकमा सहभागी हुँदै कालासले पत्रकारसँग भने, “म यस विषयमा अत्यधिक आशावादी छैन । आजको बैठकबाट कुनै निर्णय आउने देखिँदैन ।” उनले थपे, “यसले देखाउँछ कि हामी सदस्य राष्ट्रबिच एकमत कायम गर्न सकेका छैनौं ।”

बैठकमा इजरायली प्रविधि स्टार्टअपलाई दिइँदै आएको युरोपेली सङ्घको आर्थिक सहयोग स्थगन गर्ने प्रस्ताव मुख्य एजेन्डाका रूपमा उठाइएको छ । तर उक्त प्रस्तावमा आवश्यक समर्थन हालसम्म जुट्न नसकेको जनाइएको छ । गाजामा उत्पन्न गम्भीर मानवीय सङ्कटका विषयमा युरोपेली सङ्घले साझा रूपमा प्रभावकारी कदम चाल्न आवश्यक भएको आवाज केही सदस्य राष्ट्रबाट उठ्दै आएको छ ।

यद्यपि, साझा निर्णयमा पुग्न कठिनाइ भएको देखिएको छ । डेनमार्कका विदेश मन्त्री लार्स लोके रस्मुसेनले युरोपेली सङ्घले अब शब्दबाट बाहिर निस्केर व्यवहारिक कदम चाल्नुपर्ने आवश्यकता औँल्याए । उनले इजरायलसँगको व्यापारिक सहकार्य स्थगन गर्ने, अतिवादी नेतालाई प्रतिबन्ध लगाउने, र अवैध यहुदी बस्तीबाट हुने वस्तु आयातमा रोक लगाउने जस्ता उपायको समर्थन गरे ।

इजरायल र गाजाबिचको द्वन्द्वले लाखौं नागरिक प्रभावित भएका छन् । संयुक्त राष्ट्रसङ्घले गाजामा अकालको अवस्था घोषणा गरिसकेको छ । यो युद्ध सन् २०२३ को अक्टोबरमा हमासद्वारा इजरायलमा गरिएका आक्रमणबाट सुरु भएको थियो, जसमा एक हजार २१९ जना (अधिकांश सर्वसाधारण) को ज्यान गएको इजरायली तथ्याङ्कमा उल्लेख छ ।

त्यसपछि इजरायलले गाजामाथि व्यापक सैन्य कारबाही सुरु गरेको थियो । गाजाको हमास-शासित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणमा अहिलेसम्म ६३ हजार २५ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा धेरैजसो सर्वसाधारण रहेका छन् । संयुक्त राष्ट्रसङ्घले ती तथ्याङ्कलाई विश्वसनीय मानेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: