Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

च्याउखेतीबाट वार्षिक १५ लाख आम्दानी गर्दै बराहक्षेत्रका रोशन

खबरडबली संवाददाता

सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशन गुप्ताले च्याउखेतीबाट वार्षिक रु १५ लाख आम्दानी गर्दै आएका छन् । विसं २०७७ देखि व्यावसायिक च्याउखेती सुरु गरेका उनले सबै खर्च कटाएर वार्षिक रु १२ लाख बचत गर्दै आएका हुन् ।

भाइ भरत गुप्तासँगको सहकार्यमा रु ५० हजार लगानी गरी व्यावसायिक च्याउखेती सुरु गरेको रोशनले बताए । सात वर्षसम्म वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएका गुप्ताले विदेशमा कमाएको रकम लगानी गर्ने निर्णय गरेसँगै सुरुमा रु ५० हजारबाट खेती सुरु गरेको बताए । अहिले लाखौँ रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ ।

गुप्ताले भने, “सुरुका वर्षहरूमा घाटा खेप्नुपरे पनि पछिल्लो समयमा प्रशस्त आम्दानी भइरहेको छ । सबै खर्च कटाएर वार्षिक रु १२ लाखभन्दा बढी बचत हुने गरेको छ ।” उनका अनुसार अहिले पाँचवटा टनेलमा पाते जातको च्याउखेती भइरहेको छ ।

बजारमा अहिले प्रतिकिलो रु १८० देखि रु १९० र फार्ममा किन्न आउने व्यापारीलाई रु १५० मा च्याउ बिक्री गरिरहेको गुप्ताले जानकारी दिए । “गत वर्षको तुलनामा यस वर्ष खेती बढाएको छु । उत्पादन र मूल्य दुवैमा वृद्धि भएको छ”, उनले भने, “गत वर्ष यही समयमा प्रतिकिलो रु १२० मा बिक्री भएको च्याउ अहिले रु १८० सम्म पुगेको छ । हिउँदयाममा रु २२० सम्म पुग्छ ।”

विदेश गएर पसिना बगाउँदा आम्दानी भए पनि खर्च र परिश्रम बढी हुने गुप्ताको अनुभव छ । स्वदेशमा पसिना बगाउँदा आम्दानीसँगै सम्मान पनि पाइने उनले बताए । च्याउ बिक्रीका लागि बजारको कमी नभएको बताउँदै गुप्ताले धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुरसहित बराहक्षेत्र, चतरा, स्थानीय बजार कालाबजारसम्म उत्पादन पुग्ने गरेको जानकारी दिए । खेती विस्तारसँगै परिवारका सदस्यले काम पाएका भन्दै दुई जनालाई मासिक तलबमा र सात जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिएको उनले उल्लेख गरे ।

“व्यवसाय भएकाले घाटानाफा हुन्छ । तर कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ, यसका लागि मेहनत र स्याहार आवश्यक पर्दछ”, गुप्ताले भने । उनका अनुसार चैतमा लगाइएको च्याउ वैशाख अन्तिमदेखि टिप्न योग्य हुन्छ भने वर्षमा करिब नौ महिना उत्पादन दिन्छ । 

सुरुमा कृषिसम्बन्धी ज्ञान र प्रविधिको कमीले समस्या खेप्नुपरेको बताउँदै गुप्ताले अहिले अनुभव बढ्दै जाँदा उत्पादन र आम्दानी दुवै बढेको उल्लेख गरे । “सुरुमा सबै परीक्षणजस्तो लाग्थ्यो, अहिले सीप विकाससँगै व्यावसायिक बन्दै गएपछि प्रशस्त सम्भावना देखिएको छ”, उनले भने ।

च्याउखेतीका लागि पराल, चुन, बाँस, खर र प्लास्टिक आवश्यक पर्ने उनले बताए । विषादी प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि लाभदायी हुने भन्दै उनले ‘अग्र्यानिक’ च्याउको माग निरन्तर बढ्दै गएको धारणा राखे । उनका अनुसार च्याउ भदौ–असोजमा बढी बिक्री हुन्छ । गुप्ताले विसं २०८० मा सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख, बराहक्षेत्र नगरपालिकाबाट गत वर्ष रु ९० हजार अनुदान पाएका थिए । यस वर्ष नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनिट्याक्टर पाएपछि खेती गर्न थप सहज भएको उनको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending