Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

उदयपुरकाे रौतामाई मन्दिर : धार्मिक आस्था र पर्यटन विकासको प्रतीक

खबरडबली संवाददाता

उदयपुर ।उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–६ मा अवस्थित रौतामाई मन्दिर धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यको संगमको रूपमा स्थापित हुँदै गएको छ। सदरमुकाम गाईघाटदेखि करिब ४० किलोमिटर टाढा अवस्थित यो मन्दिर पछिल्लो समय धार्मिक पर्यटकको आकर्षण बन्न थालेको छ।

साबिकको बासखर गाविसमा पर्ने रौतामाई मन्दिर सँगै फैलिएको रौतापोखरी करिब एक बिघा क्षेत्रफलमा फैलिएको छ। वर्षैभरि पानी जमिरहने यो पोखरीमा स्नान गरेपछि देवीको दर्शन गर्दा रोगव्याधी हट्ने र मनोकामना पूरा हुने जनविश्वास छ। पोखरीको उत्तरतर्फबाट हिमाल देखिन्छ भने दक्षिण र पश्चिमतर्फ टाढासम्मका बस्ती, बजार र डाँडाकाँडा देखिन्छन्।

भीड बढ्दो, संरचना कमजोर

प्रत्येक वर्ष बैशाख १ गते आयोजना हुने मेला र माघ महिनाभरि चल्ने विशेष पूजाआजा यहाँको मुख्य धार्मिक कार्यक्रम हुन्। ती बेला आसपासका जिल्लाबाट हजारौँको संख्यामा भक्तजनहरू आउँछन्।

यहाँको देवी शक्तिशाली छन भन्ने विश्वास रहेकेा र  हरेक शुक्रबार, शनिबार दर्शनार्थीको घुइँचो लाग्ने  गरेपनि संरचनाको अवस्था भने धेरैजसो पुरानै  रहेकेा स्थानीय बासिन्दा बताउँछन् ।उनीहरुका अनुसार मन्दिरको संरक्षण, सौन्दर्यीकरण र सडक स्तरोन्नति हुन सकेमा यहाँको महत्व अझै बढ्नेछ।

ऐतिहासिक कथा र धर्मकथा जोडिएको मन्दिर

यस मन्दिरसँग किंवदन्ती जोडिएको छ। ओखलढुङ्गा निवासी भुजुङ गुरुङको ५०० भेडा हराएपछि उनी यस स्थानमा आएर देवीको पूजाआजा गरे। भोलिपल्ट बिहानै सबै भेडा फेला परेपछि उनले कृतज्ञतास्वरूप यहीँ मन्दिर स्थापना गरेको भनाइ छ।

त्यसपछि उनका नातिले २००७ सालतिर मन्दिरलाई पुनर्निर्माण गरेर हालको स्वरूप दिएका थिए। सोही बेला रौतापोखरी पनि सफा गरी व्यवस्थित बनाइएको थियो।

पर्यटन प्रवर्द्धनमा स्थानीय तहको चासो

रौतामाई गाउँपालिकाले यस मन्दिर क्षेत्रलाई धार्मिक तथा आन्तरिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ ।  मन्दिर क्षेत्रको पूर्वाधार विकास गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको र सडक सुधार, सौर्य बत्ती, शौचालय, र विश्रामस्थल निर्माण प्राथमिकतामा रहेका गाउँपालिका अध्यक्ष वीरेन्द्र कुमार मगरले बताए । उनका अनुसार गाउँपालिकाको आन्तरिक पर्यटकीय नक्सामा रौतामाई मन्दिरलाई ‘मुख्य धार्मिक गन्तव्य’का रूपमा सूचीकृत गरिएको छ।

तर गाईघाटबाट रौतामाईसम्म पुग्न सहज भए पनि रानीबासबाट मन्दिरसम्मको १५ किलोमिटर सडक अझै कच्ची छ । बर्खामा सडक हिलो भएर गाडी जानसमेत मुस्किल पर्ने यात्रुहरू बताउँछन्।

आफ्नाे ठाउँमा धर्म, प्रकृति, इतिहास सबै भएपनि प्रचार–प्रसार नहुँदा साँचिकै सम्भावनाले भरिएको स्थान भएपनि  सरकारको आँखा पुग्न नसकेकाे स्थानीयकाे भनाइ छ ।

रौतामाई मन्दिर उदयपुर जिल्लाको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्पदामध्ये एक हो। यहाँको प्राकृतिक सौन्दर्य, जनविश्वास, धार्मिक परम्परा र ऐतिहासिकता समेटेर हेर्ने हो भने यो गन्तव्य सिंगो प्रदेश नं. १ को एक महत्त्वपूर्ण तीर्थस्थल बन्ने सम्भावना राख्दछ। यद्यपि संरचना सुधार, प्रवर्द्धन र लगानीको खाँचो अझै रहिरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा नेकपाको शक्ति–परीक्षण, प्रचण्ड, वामदेवदेखि वर्षमानसम्म मैदानमा

पुराना प्रभावशाली नेता मैदान बाहीर

कृषि उत्पादक मूल्य उकालोमा, अण्डा र मकैको भाउले सूचकाङ्क ताने

काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...

रास्वपाको टिकट युद्ध अन्तिम चरणमा, बालेनदेखि रविसम्म—कसले कहाँबाट भिड्ने ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...

कोटा कागजमै थन्कियो, भान्सामा महँगी छरियो

सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा

कोशीका ९ क्षेत्रमा काे काे भए नेकपाका उम्मेदवार

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...

प्रचण्डको गृहप्रदेशमै टिकट संकट: कर्णालीका ५ क्षेत्रमा अझै अड्कियो नेकपा

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending