Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

बाँझिएको जमिनमा रहरलाग्दो कागतीखेती : स्याङ्जाका ऋषिको सफलता

खबरडबली संवाददाता

स्याङ्जा । बाँदरको आतङ्कका कारण वर्षौंदेखि बाँझिएको जमिन अहिले हरियो कागतीबगैंचामा परिणत भएको छ। स्याङ्जाको वालिङ नगरपालिका–५ चिसापानीका युवा ऋषि रेग्मी बाँझो जमिनमा कागतीखेती गरेर आम्दानीको उदाहरणीय मोडेल बनेका छन्।

कोरोना महामारीले थोपरेको लकडाउनको समयमा उनी गाउँ फर्किए, र त्यसले उनको जीवनको दिशा नै बदलिदियो। समयको सदुपयोग गर्दै उनले २०७८ सालमा गल्याङ नगरपालिका–५ स्यालबासबाट १०० बोट सुनकागती ल्याएर रोपे। सुरुमा युट्युब हेरेर मात्र सिकेका उनले अहिले उत्कृष्ट उत्पादन दिइरहेका छन्।

“खेतीपाती बन्द भएपछि बाँदरको डरले धेरैको जमिन बाँझो थियो। मैले भने त्यसैलाई अवसर मानेर कागती रोप्ने निर्णय गरेँ,” रेग्मी भन्छन्, “त्यतिबेला देखेको सपना अहिले साकार हुँदैछ।”

उनी भन्छन्, “१०० बोटमध्ये ९० बोटले गत वर्षदेखि राम्रो उत्पादन दिइरहेका छन्। यस वर्ष त उत्पादन झनै बढेको छ, दोब्बरले वृद्धि भएको छ।” करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको बगैंचाबाट उनले गत वर्षमात्र ६० हजार रुपैयाँ बराबरको कागती बिक्री गरे।

स्थानीय वालिङ बजारका होटलहरू नै प्रमुख ग्राहक हुन्। “व्यापारीलाई नभई सिधै होटलमा बेच्ने गरेको छु, त्यसैले बजार मूल्य पनि राम्रो पाइन्छ,” उनले बताए। कागतीको मूल्य प्रतिकिलो रु २०० देखि ३०० पर्छ।

उनको सफलतापछि गाउँका अरू युवाहरू र कृषकहरू पनि कागतीखेतीतर्फ आकृष्ट भएका छन्। “ऋषिजीको सफलताले हामीलाई पनि हौसला दिएको छ,” एक स्थानीय बासिन्दाले भने, “हामीले पनि अब बाँझो जमिन सदुपयोग गर्ने योजना बनाएका छौं।”

उनले सुरुवात गर्दा कुनै सरकारी सहयोग वा प्राविधिक समर्थन पाएका थिएनन्। युट्युबमा सर्च गरेर, सिकेर, र आफ्नै मेहनतमा भर परेर उनले यो खेती सुरु गरेका हुन्। अहिले भने स्थानिय तह वा कृषि कार्यालयबाट प्राविधिक सहयोग र अनुदानको अपेक्षा उनी राख्छन्।

“सरकारले थोरै सहयोग गरिदियो भने हामीले अझ धेरै युवालाई कृषि व्यवसायमा फर्काउन सक्छौं,” रेग्मी भन्छन्।

स्याङ्जाका ऋषि रेग्मीको बाँझिएको जमिनबाट सुरु भएको कागतीखेती अहिले गाउँकै उदाहरण बनेको छ। उनले देखाएको सजिलो, सस्तो र सुलभ मोडेल अन्य कृषकका लागि पनि प्रेरणादायी बन्न थालेको छ। बाँदरको समस्या, बेरोजगारी र बाँझो जमिनजस्ता चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिने स्पष्ट सन्देश उनीबाट पाइन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending