काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनालको ‘जनताको बहुदलीय जनवाद (जबज)’ सम्बन्धी टिप्पणीप्रति कडा आपत्ति जनाएका छन्।
खनालले हालै जबजको औचित्य सकिएको टिप्पणी गरेका थिए। उक्त टिप्पणीप्रति प्रतिक्रिया दिँदै पोखरेलले खनालले स्वयं नेतृत्व गरेर उक्त सिद्धान्त पार्टीमा स्थापित गरेको इतिहास स्मरण गराएका छन्।
‘जबज’ सिद्धान्त बनाउन नेतृत्व दिएको व्यक्ति अहिले आलोचक?’
पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, “जबजलाई सिद्धान्त हो भनेर आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्ताव राखेर पारित गराउने समाजवादीका सम्मानित नेताको यो अभिव्यक्तिले उहाँको वैचारिक धरातलको कमजोरीलाई संकेत गर्दछ।”
उनले प्रश्न गरेका छन्, “डेढ दशकअघि जबज कसरी सिद्धान्त भयो भनेर प्रस्ताव तयार गर्ने? र आज त्यसको सान्दर्भिकता सकिएको भनेर इतिहास बन्यो भन्नु कहाँ मिल्छ?”
‘विचार स्वार्थअनुसार परिवर्तन गर्न मिल्दैन’
पोखरेलले विचार र सिद्धान्तलाई नेताहरूले आफ्नो स्वार्थअनुसार प्रयोग गर्नु नहुने स्पष्ट उल्लेख गरेका छन्। उनका अनुसार जबजले वैज्ञानिक समाजवादसम्म वैचारिक नेतृत्व गर्ने मान्यताका आधारमा नेपाली क्रान्तिको मार्गनिर्देशक सिद्धान्तको रूपमा स्वीकारिएको थियो।
“त्यस प्रक्रियामा तपाईंको सहमति र नेतृत्व रहेको हो, होइन र?” भनी उनले खनालको भूमिकाप्रति कटाक्ष गरेका छन्।
के थियाे खनालको टिप्पणी ?
नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनालले केही दिनअघि एक कार्यक्रममा ‘जबज अब सान्दर्भिक छैन’ भन्दै टिप्पणी गरेका थिए। उनका अनुसार अहिलेको यथार्थमा नवप्रवर्तन आवश्यक छ र पुराना सिद्धान्तहरूका आधारमा समाजवादी आन्दोलन अघि बढ्न नसक्ने तर्क गरिएको थियो।
जबज नेपाली वाम आन्दोलनमा लामो समयसम्म वैचारिक मार्गनिर्देशकको रूपमा रहँदै आएको छ। खनालजस्तो वरिष्ठ नेताबाट यसको औचित्यमाथि उठाइएको प्रश्न र पोखरेलको कडा आपत्ति एमाले र नेकपा (एस) बीचको वैचारिक ध्रुवीकरणलाई झनै प्रस्ट्याउने संकेत हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - २१:३५
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...
माघ ३ गते, २०८२ - २१:३३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...
माघ ३ गते, २०८२ - २१:२४
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...
माघ ३ गते, २०८२ - २१:२१
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...
माघ ३ गते, २०८२ - २१:१७
काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...
माघ ३ गते, २०८२ - २१:१५
काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...
माघ ३ गते, २०८२ - २१:१३
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...
माघ ३ गते, २०८२ - २१:०८
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...
माघ ३ गते, २०८२ - १८:२६
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...
माघ ३ गते, २०८२ - १८:२३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...




प्रतिकृया लेख्नुहोस्: