काठमाडौं । शुक्रवार बिहान करिब ११:४५ बजे प्रहरी कन्ट्रोल रुममा एक अज्ञात व्यक्तिको फोन आयो। फोनको आवाजले बतायो – “काठमाडौंका तीन स्थानमा बम राखिएको छ, जुनसुकै बेला विस्फोट हुन सक्छ।”
ती स्थान थिए: जनमैत्री क्याम्पस कुलेश्वर, कुलेश्वर माध्यमिक विद्यालय र एड मार्क कलेज। साथमा, फोन गर्नेले आफुहरू ‘एसपी लिब्रेसन पार्टी’का कार्यकर्ता भएको र “सरकारको भ्रष्टाचार विरुद्ध विद्रोह सुरु गरेको” भन्दै धम्की दिएको थियो।
फोनको केही मिनेटमै मोबाइल अफ गरियो । यता प्रहरीले गम्भीरता देखाउँदै तत्काल बम डिस्पोजल टोली, तालिमप्राप्त कुकुरसहित टोली खटायो। तीनै स्थानमा खोजी गर्दा कुनै शंकास्पद वस्तु फेला परेन। प्रहरीले यो झूटो हल्ला भनेर निष्कर्ष निकाले।
तर यति धेरै संस्थालाई लक्षित गरि फैलाइएको अफवाह सामान्य थिएन। प्रहरीको अनुसन्धान सुरु भयो— प्राविधिक विश्लेषणबाट फोन कीर्तिपुर क्षेत्रबाट आएको पत्ता लाग्यो।
त्यसैदिन दिउँसो २:१० बजे फेरि प्रहरी कन्ट्रोल रुममा फोन आयो। यसपटक फोन गर्नेले भने, “मेरो फोन कसैले मागेर प्रयोग गर्यो, मैले यस्तो भनेको होइन।”
तर प्रहरीले फोनमा गरिएको कुराकानी र आवाज मिलान गर्दा पहिलाको र अहिलेको आवाज उही व्यक्तिको भएको पुष्टि गर्यो। त्यसपछि प्रहरीले कुलेश्वर क्षेत्रबाट ३७ वर्षीय जयरुद्र झालाई नियन्त्रणमा लियो।
एमपिइ परीक्षा दिइरहेका थिए झा
अनुसन्धानका क्रममा खुल्यो कि झा जनमैत्री क्याम्पसमा एमपिइ (Master in Public Administration) को परीक्षा दिइरहेका थिए। उनी विगतमा लोकसेवा परीक्षा पटकपटक फेल भइसकेका थिए। घरमा आफू एमपिइ पास भइसकेको झुट बोलेका थिए।
पुलिस सोधपुछमा उनले शुरुमा फोन आफूले नगरेको दाबी गरे। पछि भने हातले मुख छोपेर आवाज परिवर्तन गरेर आफूले नै बमको हल्ला फैलाएको स्वीकार गरे।
फेरि फेल हुने डरले ‘बम आतंक’
प्रहरीको सोधपुछमा झाले बताए, “परीक्षाको तयारी राम्रो थिएन। फेरि फेल हुने डर भयो। त्यसैले परीक्षा स्थगित गराउने उपाय खोजें।” उनले सोची-सम्झी बमको हल्ला फैलाएको, ‘एसपी लिब्रेसन पार्टी’जस्तो बनावटी नाम प्रयोग गरेर आतंक सिर्जना गर्न खोजेको खुल्यो।
फोन गर्दा पछि ब्याकग्राउन्डमा “मेरो फोन दिनुहोस्” भन्ने नाटक रेकर्ड गरे ताकि मोबाइल आफूमाथि प्रयोग भएको देखियोस्।
यस्तो कार्यले नकारात्मक प्रभाव पारेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झा विरुद्ध मुद्दा दर्ता गर्न अदालतबाट म्याद लिई थप अनुसन्धान गरिरहेको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मामा पठाइने तयारी भइरहेको छ।
सामान्य तनाव वा असफलताको डरले यस्तो गम्भीर अपराधमा संलग्न हुनु सामाजिक र कानुनी दृष्टिकोणले गम्भीर चुनौती हो।
एमपिइ विद्यार्थीको ‘परीक्षा रोक्न बम हल्ला’ योजना प्रहरीको सक्रियताले मात्र पर्दाफास भयो नत्र तीन शिक्षण संस्थामा अनावश्यक त्रास फैलिन्थ्यो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - २१:३५
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...
माघ ३ गते, २०८२ - २१:३३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...
माघ ३ गते, २०८२ - २१:२४
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...
माघ ३ गते, २०८२ - २१:२१
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...
माघ ३ गते, २०८२ - २१:१७
काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...
माघ ३ गते, २०८२ - २१:१५
काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...
माघ ३ गते, २०८२ - २१:१३
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...
माघ ३ गते, २०८२ - २१:०८
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...
माघ ३ गते, २०८२ - १८:२६
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...
माघ ३ गते, २०८२ - १८:२३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...




प्रतिकृया लेख्नुहोस्: