Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

"बमको नक्कली हल्ला फैलाएर एमपि‌इ परीक्षा स्थगित गराउने प्रयास"

खबरडबली संवाददाता

काठमाडौं । शुक्रवार बिहान करिब ११:४५ बजे प्रहरी कन्ट्रोल रुममा एक अज्ञात व्यक्तिको फोन आयो। फोनको आवाजले बतायो – “काठमाडौंका तीन स्थानमा बम राखिएको छ, जुनसुकै बेला विस्फोट हुन सक्छ।”

ती स्थान थिए: जनमैत्री क्याम्पस कुलेश्वर, कुलेश्वर माध्यमिक विद्यालय र एड मार्क कलेज। साथमा, फोन गर्नेले आफुहरू ‘एसपी लिब्रेसन पार्टी’का कार्यकर्ता भएको र “सरकारको भ्रष्टाचार विरुद्ध विद्रोह सुरु गरेको” भन्दै धम्की दिएको थियो।

फोनको केही मिनेटमै मोबाइल अफ गरियो । यता प्रहरीले गम्भीरता देखाउँदै तत्काल बम डिस्पोजल टोली, तालिमप्राप्त कुकुरसहित टोली खटायो। तीनै स्थानमा खोजी गर्दा कुनै शंकास्पद वस्तु फेला परेन। प्रहरीले यो झूटो हल्ला भनेर निष्कर्ष निकाले।

तर यति धेरै संस्थालाई लक्षित गरि फैलाइएको अफवाह सामान्य थिएन। प्रहरीको अनुसन्धान सुरु भयो— प्राविधिक विश्लेषणबाट फोन कीर्तिपुर क्षेत्रबाट आएको पत्ता लाग्यो।

त्यसैदिन दिउँसो २:१० बजे फेरि प्रहरी कन्ट्रोल रुममा फोन आयो। यसपटक फोन गर्नेले भने, “मेरो फोन कसैले मागेर प्रयोग गर्‍यो, मैले यस्तो भनेको होइन।”

तर प्रहरीले फोनमा गरिएको कुराकानी र आवाज मिलान गर्दा पहिलाको र अहिलेको आवाज उही व्यक्तिको भएको पुष्टि गर्‍यो। त्यसपछि प्रहरीले कुलेश्वर क्षेत्रबाट ३७ वर्षीय जयरुद्र झालाई नियन्त्रणमा लियो।

एमपि‌इ परीक्षा दिइरहेका थिए झा

अनुसन्धानका क्रममा खुल्यो कि झा जनमैत्री क्याम्पसमा एमपि‌इ (Master in Public Administration) को परीक्षा दिइरहेका थिए। उनी विगतमा लोकसेवा परीक्षा पटकपटक फेल भइसकेका थिए। घरमा आफू एमपि‌इ पास भइसकेको झुट बोलेका थिए।

पुलिस सोधपुछमा उनले शुरुमा फोन आफूले नगरेको दाबी गरे। पछि भने हातले मुख छोपेर आवाज परिवर्तन गरेर आफूले नै बमको हल्ला फैलाएको स्वीकार गरे।

फेरि फेल हुने डरले ‘बम आतंक’

प्रहरीको सोधपुछमा झाले बताए, “परीक्षाको तयारी राम्रो थिएन। फेरि फेल हुने डर भयो। त्यसैले परीक्षा स्थगित गराउने उपाय खोजें।”  उनले सोची-सम्झी बमको हल्ला फैलाएको, ‘एसपी लिब्रेसन पार्टी’जस्तो बनावटी नाम प्रयोग गरेर आतंक सिर्जना गर्न खोजेको खुल्यो।
फोन गर्दा पछि ब्याकग्राउन्डमा “मेरो फोन दिनुहोस्” भन्ने नाटक रेकर्ड गरे ताकि मोबाइल आफूमाथि प्रयोग भएको देखियोस्।

यस्तो कार्यले नकारात्मक प्रभाव पारेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झा विरुद्ध मुद्दा दर्ता गर्न अदालतबाट म्याद लिई थप अनुसन्धान गरिरहेको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मामा पठाइने तयारी भइरहेको छ।

सामान्य तनाव वा असफलताको डरले यस्तो गम्भीर अपराधमा संलग्न हुनु सामाजिक र कानुनी दृष्टिकोणले गम्भीर चुनौती हो।
एमपि‌इ विद्यार्थीको ‘परीक्षा रोक्न बम हल्ला’ योजना प्रहरीको सक्रियताले मात्र पर्दाफास भयो नत्र तीन शिक्षण संस्थामा अनावश्यक त्रास फैलिन्थ्यो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई २ दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending