Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

कोशी माविमा सात दिनदेखि विद्यार्थीको आन्दोलन, हतियारधारी प्रहरीको प्रवेशले तनाव

खबरडबली संवाददाता

सुनसरी । सुनसरीको वराहक्षेत्र–८ स्थित कोशी माध्यमिक विद्यालयमा शिक्षक पुनर्वहालीको माग गर्दै विद्यार्थीहरूको आन्दोलन सातौं दिनमा प्रवेश गरेको छ। शिक्षालय शान्ति क्षेत्र घोषित भए पनि अहिले विद्यालय परिसरमै हतियारधारी प्रहरी प्रवेश गरेको छ भने सशस्त्र प्रहरी बाहिर तैनाथ छन्।

साना बालबालिका चर्को घाममा नाराबाजी गरिरहेका छन् भने अभिभावकलाई गेटभित्र छिर्न समेत दिइएको छैन।
आन्दोलनका क्रममा विद्यालय प्रशासन मौन छ, विद्यालयका प्रधानाध्यापक सम्पर्कविहीन छन् भने नगर प्रमुख र शिक्षा समिति समेत ‘कानमा तेल’ हालेर बसेको विद्यार्थी र अभिभावकको गुनासो छ।

के हाे विवादको जरा ?

शिक्षक बालकृष्ण बोहोराले सामाजिक सञ्जालमा "मेयरका दुई/तीन श्रीमती छन्" भन्ने स्टाटस लेखेपछि विद्यालयका प्रधानाध्यापकले सरुवाको सिफारिस गरेका थिए। सोही आधारमा सरुवा भएपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन्।

बालबालिका ऐन, २०७५ ले विद्यालयमा शैक्षिक वातावरणमा कुनै पनि किसिमको त्रास सिर्जना गर्न नपाइने स्पष्ट गरेको छ। त्यस्तै, फौजदारी संहिता १२४ र १२५ अनुसार सार्वजनिक स्थानमा हतियारसहित अनावश्यक उपस्थिति अपराध मानिन्छ।

विद्यालय जस्तो संवेदनशील क्षेत्रमा विद्यार्थीको आन्दोलन व्यवस्थापन संवाद र समाधानबाट गर्नुपर्नेमा सुरक्षा निकायको हतियारसहितको उपस्थिति बाल अधिकारको उल्लंघन र शैक्षिक वातावरणको विघटनको संकेत हो। स्थानीय तह र शिक्षा समितिको चुप्पीले परिस्थिति झनै जटिल बन्दै गएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वप्रकाश शर्माको सन्देश : छुटेका सबैलाई जोडेर नयाँ कांग्रेस बनाउँछौँ

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...

अब कांग्रेसमा गठबन्धन, गुट र भागबन्डाको राजनीति हुँदैनः गगन थापा

  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...

आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं: पूर्णबहादुर खड्का

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...

आयोगले नियम-कानून र विधिको धज्जी उँडायाेः प्रकाशशरण महत

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...

कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...

निर्वाचन आयोगले देउवा पक्षलाई नयाँ दल दर्ताको अवसर दिने

काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...

२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईं समूहबीच सम्झौता

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दियो

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...

गगन थापाको विधान क्रान्ति : नेतृत्वदेखि उम्मेदवारसम्म प्रत्यक्ष चुनाव

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...

कांग्रेस विवाद थप पेचिलो, निर्वाचन आयोगको निर्णय कुर्दै गगन समूह सडकमै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending