काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मंसिर १ र २ गते सुदूरपश्चिममा हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
आइतबार काठमाडौंस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, मन्त्रीहरू र प्रदेश योजना आयोगका पदाधिकारीसँगको छलफलमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले लगानी सहजीकरण, प्रचारप्रसार र नीतिगत सुझावमार्फत सम्मेलनमा सक्रिय साथ दिने बताए।
अध्यक्ष अग्रवालले भने, "सुदूरपश्चिममा प्राकृतिक स्रोतको अथाह सम्भावना छ। नीतिगत सुधार भएमा निजी क्षेत्र आफैं लगानी गर्न तयार छन्। पानी र लगानी एउटै प्रकृतिका हुन् – जहाँ ओरालो, त्यतै बग्छन्।"
सम्मेलनमा उद्योग, खानीजन्य स्रोत, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि, जडीबुटी, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइनेछ। चेम्बरले विशेषगरी जलविद्युत्, कृषि, पर्यटन र सीमा–पार व्यापारमा लगानीको उच्च सम्भावना रहेको उल्लेख गरेको छ।
पञ्चेश्वर, कर्णाली र पश्चिम सेतीजस्ता जलविद्युत् आयोजनाले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने विश्वास चेम्बरको छ। कृषि–प्रधान सुदूरपश्चिममा धान, मकै, गहुँ, फलफूल, मसला र जडीबुटी आधारित उद्योग र निर्यात–केन्द्रित लगानी आकर्षित गर्न सकिने सुझाव दिइएको छ।
चेम्बरले सम्मेलनमा कर–राहत, जग्गा व्यवस्था, एकद्वार प्रणाली, र सार्वजनिक–निजी साझेदारी (PPP) मोडललाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ। साथै, पर्यावरणमैत्री उद्योग, जैविक खेती र नवीकरणीय ऊर्जामा लगानीले दीर्घकालीन लाभ दिने बताइएको छ।
मुख्यमन्त्री शाहले प्रदेशको समृद्धिका लागि चेम्बरको साथ महत्वपूर्ण हुने भन्दै सहकार्यको प्रस्ताव राखे। "पहिला आन्तरिक लगानीको वातावरण तयार पारेर मात्र बाह्य लगानीतर्फ अघि बढ्ने हाम्रो नीति हो," उनले भने।
कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायतले पनि सुदूरपश्चिममा जलविद्युत्, पर्यटन र बाँझो जमिनको उपयोग लगायत विषयमा सुझाव प्रस्तुत गरे।
खप्तड राष्ट्रिय निकुञ्ज, अपि–सैपाल हिमश्रृंखला, बैजनाथ धाम र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जस्ता स्थलहरूले इको–टुरिजम, धार्मिक र साहसिक पर्यटनमा लगानीको ठूलो अवसर भएको चेम्बरको निष्कर्ष छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: