काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मंसिर १ र २ गते सुदूरपश्चिममा हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
आइतबार काठमाडौंस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, मन्त्रीहरू र प्रदेश योजना आयोगका पदाधिकारीसँगको छलफलमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले लगानी सहजीकरण, प्रचारप्रसार र नीतिगत सुझावमार्फत सम्मेलनमा सक्रिय साथ दिने बताए।
अध्यक्ष अग्रवालले भने, "सुदूरपश्चिममा प्राकृतिक स्रोतको अथाह सम्भावना छ। नीतिगत सुधार भएमा निजी क्षेत्र आफैं लगानी गर्न तयार छन्। पानी र लगानी एउटै प्रकृतिका हुन् – जहाँ ओरालो, त्यतै बग्छन्।"
सम्मेलनमा उद्योग, खानीजन्य स्रोत, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि, जडीबुटी, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइनेछ। चेम्बरले विशेषगरी जलविद्युत्, कृषि, पर्यटन र सीमा–पार व्यापारमा लगानीको उच्च सम्भावना रहेको उल्लेख गरेको छ।
पञ्चेश्वर, कर्णाली र पश्चिम सेतीजस्ता जलविद्युत् आयोजनाले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने विश्वास चेम्बरको छ। कृषि–प्रधान सुदूरपश्चिममा धान, मकै, गहुँ, फलफूल, मसला र जडीबुटी आधारित उद्योग र निर्यात–केन्द्रित लगानी आकर्षित गर्न सकिने सुझाव दिइएको छ।
चेम्बरले सम्मेलनमा कर–राहत, जग्गा व्यवस्था, एकद्वार प्रणाली, र सार्वजनिक–निजी साझेदारी (PPP) मोडललाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ। साथै, पर्यावरणमैत्री उद्योग, जैविक खेती र नवीकरणीय ऊर्जामा लगानीले दीर्घकालीन लाभ दिने बताइएको छ।
मुख्यमन्त्री शाहले प्रदेशको समृद्धिका लागि चेम्बरको साथ महत्वपूर्ण हुने भन्दै सहकार्यको प्रस्ताव राखे। "पहिला आन्तरिक लगानीको वातावरण तयार पारेर मात्र बाह्य लगानीतर्फ अघि बढ्ने हाम्रो नीति हो," उनले भने।
कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायतले पनि सुदूरपश्चिममा जलविद्युत्, पर्यटन र बाँझो जमिनको उपयोग लगायत विषयमा सुझाव प्रस्तुत गरे।
खप्तड राष्ट्रिय निकुञ्ज, अपि–सैपाल हिमश्रृंखला, बैजनाथ धाम र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जस्ता स्थलहरूले इको–टुरिजम, धार्मिक र साहसिक पर्यटनमा लगानीको ठूलो अवसर भएको चेम्बरको निष्कर्ष छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - २१:३५
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...
माघ ३ गते, २०८२ - २१:३३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...
माघ ३ गते, २०८२ - २१:२४
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...
माघ ३ गते, २०८२ - २१:२१
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...
माघ ३ गते, २०८२ - २१:१७
काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...
माघ ३ गते, २०८२ - २१:१५
काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...
माघ ३ गते, २०८२ - २१:१३
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...
माघ ३ गते, २०८२ - २१:०८
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...
माघ ३ गते, २०८२ - १८:२६
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...
माघ ३ गते, २०८२ - १८:२३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...




प्रतिकृया लेख्नुहोस्: