अछाम । अछामको बिनायक नगरपालिकामा छाउपडी प्रथाका कारण बालिकासहित दुई जनाको ज्यान गएपछि प्रहरीले छाउगोठ भत्काउने अभियानलाई तीव्र बनाएको छ।
प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानी चुरखोली टोलमा १९ वटा छाउगोठ ध्वस्त पारेको हो। महिनावारी भएका कारण त्रिपालमुनि बस्न बाध्य २८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ढुङ्गा खस्दा मृत्यु भएपछि अभियानलाई थप सशक्त बनाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
सोही घटनामा रत्नकला भण्डारी घाइते भएकी छन्।
प्रहरी प्रमुखका अनुसार "महिला र बालिकाको ज्यान जाने स्थिति अन्त्य गर्न छाउगोठ भत्काउने र समाजमा सचेतना फैलाउने अभियान निरन्तर जारी रहनेछ"। उनले सुरक्षित र सम्मानजनक महिनावारी अभ्यासको संस्कृति विकास गर्न समाजकै साथ आवश्यक रहेको बताए।
१० वर्षमा १४ महिलाको मृत्यु
अछाममा छाउपडी प्रथाका कारण विगत १० वर्षमा १४ महिलाले ज्यान गुमाएका छन्। मृतकमध्ये पार्वती बुढा (२०७५), गौरी बुढा (२०७४), रोशनी तिरुवा (२०७३), डम्मरा उपाध्याय (२०७३), शर्मिला भुल (२०६९), लक्ष्मी बुढा, झुमादेवी शाही, डिक्रादेवी ढकाल, रतनदेवी विक, झुप्री ढोली, पार्वती दमाई, हंसा जैसी र हंसदेवी जोशी रहेका छन्।
शिक्षा र चेतना अपरिहार्य
सामाजिक कार्यकर्ता र सरोकारवालाहरूले छाउपडी अन्त्यका लागि कानूनी कार्यान्वयन मात्र पर्याप्त नभई शिक्षा, जनचेतना र समुदायको सक्रियता पनि अत्यावश्यक रहेकोमा जोड दिएका छन्।
हाल छाउपडी प्रथा उन्मूलनका लागि स्थानीय तह, प्रहरी, महिला समूह, विद्यालय र सञ्चारमाध्यमहरू मिलेर संयुक्त अभियान सञ्चालन गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - २१:३५
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...
माघ ३ गते, २०८२ - २१:३३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...
माघ ३ गते, २०८२ - २१:२४
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...
माघ ३ गते, २०८२ - २१:२१
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...
माघ ३ गते, २०८२ - २१:१७
काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...
माघ ३ गते, २०८२ - २१:१५
काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...
माघ ३ गते, २०८२ - २१:१३
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...
माघ ३ गते, २०८२ - २१:०८
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...
माघ ३ गते, २०८२ - १८:२६
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...
माघ ३ गते, २०८२ - १८:२३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...




प्रतिकृया लेख्नुहोस्: