Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा समूहगत आवाज उठ्ने आशंकामा एमाले केन्द्रीय समिति बैठक स्थगित

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता र सम्भावित भूमिकाबारे पार्टीभित्र चर्को बहस बढेपछि विधान अधिवेशनअघि हुने भनिएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ ।

पार्टी स्रोतका अनुसार, भण्डारीको पक्षमा समूहगत रूपमा आवाज उठ्ने सम्भावना देखिएकाले बैठक रोकिएको हो । यस कदमले पार्टीभित्र आन्तरिक लोकतन्त्र र सदस्यता नीतिबारे नयाँ बहसलाई बल मिलाएको छ । विधान अधिवेशनमा यो विषय प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ ।

उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार काठमाडौंमा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरक्रियामा बोल्दै नेपालको संविधानले कुनै पनि व्यक्तिलाई पार्टी सदस्य बन्न रोक्न नपाउने स्पष्ट व्यवस्था गरेको बताए ।

‘संविधानले राष्ट्रपतिलाई पनि सदस्य हुन नहुने भनी उल्लेख गरेको छैन,’ पाण्डेले भने, ‘संविधानले केवल निर्वाचित, मनोनीत र नियुक्त पदमा रहेकाहरूलाई मात्र पार्टी सदस्यता स्वतः खारेज हुने व्यवस्था गरेको छ ।’

उनले थपे, ‘संविधानले खुला राखेको विषयलाई कुनै पार्टीले विधान बनाएर रोक्न मिल्दैन । प्रजातान्त्रिक अधिकारलाई कुण्ठित गर्ने काम कुनै पनि प्रजातान्त्रिक दलले गर्न सक्दैन ।’
पाण्डेले भण्डारी सदस्य बनेसँगै पार्टी अध्यक्ष भइहाल्ने भन्ने भ्रम निराधार रहेको उल्लेख गर्दै, अध्यक्ष हुने प्रक्रिया फरक भएकाले सदस्यता रोक्न नहुने धारणा राखे ।

एमालेका नेताहरूले पार्टीको आन्तरिक एकता जोगाउन यस्ता निर्णय आवश्यक भएको बताएका छन् । तर, भण्डारीको राजनीतिक भविष्यबारे पार्टीभित्र मतभेद यथावत छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: