Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

एससीओ समिटमा माेदी र पुटिन एउटै कार यात्रामा

खबरडबली संवाददाता

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने चीन भ्रमण ऐतिहासिक बनेको छ । तियानजिनमा सम्पन्न शंघाई सहयोग संगठन (एससीओ) समिटमा उनले आतंकवादविरुद्ध भारतको कडा अडान प्रस्तुत गर्दै क्षेत्रीय सहकार्य र विश्व शान्तिको सन्देश दिएका छन् ।

समिटमा सम्बोधन गर्दै मोदीले आतंकवादलाई सम्पूर्ण मानवतामाथिको खतरा भन्दै एससीओ सदस्य राष्ट्रहरूलाई एकजुट भएर लड्न आह्वान गरेका छन् । उनले एससीओलाई “एसबाट सेक्युरिटी, सिबाट कनेक्टिभिटी र ओबाट अवसर” को नयाँ रूप दिन प्रस्ताव गरेका छन् । 

चीनसँगको सम्बन्धमा सुधार

मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग करिब एक घण्टा लामो वार्ता गरेका छन् । सीमा विवाद, व्यापार र आपसी सहयोगबारे छलफल भएको वार्तामा उनले आपसी विश्वास र सम्मानका आधारमा सम्बन्ध अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

जिनपिङले सीमा विवादलाई सम्पूर्ण सम्बन्धको परिभाषा नबनाउनुपर्ने बताउँदै भारत–चीन सम्बन्धलाई दीर्घकालीन दृष्टिले हेर्नुपर्नेमा जोड दिएका छन् । यो भेटलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा कर लगाएको पृष्ठभूमिमा झनै महत्वपूर्ण मानिएको छ ।

पुटिनसँग माेदीकाे आत्मीय भेट

मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ४५ मिनेट लामो वार्ता गर्दै युक्रेन युद्धमा शान्ति खोज्ने सन्देश दिएका छन् । दुवै नेताले व्यापार, उर्वरक, अन्तरिक्ष, सुरक्षा र संस्कृतिजस्ता क्षेत्रमा सहयोग विस्तारबारे छलफल गरेका छन् ।

समिट स्थलबाट होटलसम्म उनीहरू एउटै कारमा यात्रा गरेको दृश्यले दुई नेताबीचको आत्मीय सम्बन्धलाई प्रस्ट पारेको छ । अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म तियानजिनमा भएको एससीओ समिटमा २० भन्दा बढी राष्ट्रप्रमुख र १० अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी भए। चिनियाँ राष्ट्रपति जिनपिङले क्षेत्रीय शान्ति र स्थिरताका लागि एससीओको जिम्मेवारी बढेको बताए । उनले एससीओ विकास बैंक र नयाँ सुरक्षा केन्द्र स्थापना गर्नुपर्ने प्रस्ताव राखेका छन् । 

सन् २०२० को गलवान घटनापछि पहिलो पटक भएको मोदीको चीन भ्रमणलाई सम्बन्ध पुनर्स्थापनाको संकेतका रूपमा हेरिएको छ । दुवै देशले सीमा शान्ति, सीधा उडान पुनः सुरु गर्ने र व्यापार विस्तार गर्ने सहमति गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: