Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

इलाममा पहिलो पटक कालो चितुवा फेला

खबरडबली संवाददाता

इलाम । सूर्योदय नगरपालिका–२ बागवीरेस्थित टंक काफ्लेका तीनवटा बाख्रा सोमबार बिहान कालो चितुवाले खाएको भेटिएको छ । इलाममा कालो रङको चितुवा पहिलो पटक देखिएको हो ।

बाख्राको खोरमा घाँस हाल्न गएका बेला चितुवा अघाएर सुतिरहेको अवस्थामा भेटिएको लालीगुराँस टोल विकास समितिका अध्यक्ष राजु घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार काफ्लेको खोरमा रहेका दुई माउ र एउटा पाठो बाख्रा चितुवाले खाएको हो ।

‘‘घाँस हाल्न जाँदा खोरमै चितुवा अघाएर सुतेको भेटियो । यसको रङ कालो भएकाले दुर्लभ हो भन्ने लागेर हामीले प्रहरी–प्रशासनलाई खबर गर्‍यौं,’’ घिमिरेले भने । गत एक महिनादेखि यस क्षेत्रका विभिन्न स्थानमा चितुवाले सातवटा बाख्रा मारेको बताइएको छ । यसअघि पनि घिमिरेकै खोरबाट दुईवटा बाख्रा मारिएको थियो । सोही अवधिमा माइजोगमाई–२ का शेरबहादुर गुरुङ, मूलखर्कका हर्कसिंह राई र बिज्जेका गोपाल खड्काको बाख्रा पनि चितुवाको आहारा बनेका थिए ।

‘‘घाँस–दाउरा गर्न, नानीलाई विद्यालय आउजाउ गराउन वा एक्लै हिंड्न स्थानीय निकै डराएका छन्,’’ घिमिरेले भने । ‘‘चितुवाको उद्धार गर्ने प्राविधिक तथा जनशक्ति जिल्लामै नहुँदा दुख लाग्छ ।’’

हाल खोरमै बसेको चितुवालाई डिभिजन वन कार्यालयको टोलीले खोर वरिपरि रातो कपडाले घेरेर नियन्त्रणमा राखेको छ । जिल्ला स्तरमा उद्धार टोली नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग समन्वय गरी कोशी टप्पु वन्यजन्तु आरक्षबाट टोली झिकाइएको डिभिजन वन कार्यालय इलामका प्रमुख बिरेन्द्र साहले जानकारी दिए । 

साहका अनुसार कोशी प्रदेशमै यो पहिलो पटक कालो चितुवा भेटिएको हो । ‘‘यसअघि काभ्रेपलाञ्चोकमा मात्र भेटिएको तथ्याङ्क छ । उद्धारपछि मात्रै थप अनुसन्धान हुनेछ,’’ उनले बताए । 

यस क्षेत्रमा भारतको सिंहलिला नेशनल पार्कसँग सीमा जोडिएकाले त्यहाँका चितुवा नेपाल प्रवेश गर्ने गरेको सूूर्योदय–२ का वडाअध्यक्ष डिक बम्जनले जानकारी दिए । हाल सूर्योदयका उत्तरपूर्वी बागवीरे, मानेभञ्ज्याङ, माइजोगमाई र साँदरकपुर गाउँपालिकाका उत्तरपूर्वी बस्तीहरूमा जङ्गली जनावरले स्थानीयलाई ठूलो समस्या दिएको छ । 

भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने बाँदर, भालु, बँदेल र चितुवाले मानवीय क्षति नभए पनि पशुपालन र अन्नबालीमा ठूलो नोक्सानी पुर्‍याउँदै आएको स्थानीयको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending