काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै संगठन सुदृढीकरणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न नेताहरूलाई निर्देशन दिएका छन् ।
बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले हाल पार्टीप्रति जनविश्वास पुनः बढ्दै गएको बताए । तर उक्त सकारात्मक भावनालाई संगठनात्मक रूपमा परिणत नगरेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने उनको भनाइ थियो ।
भर्चुअल बैठकमा सहभागी हुनुको कारण स्पष्ट पार्दै उनले केन्द्रीय गतिविधिका कारण यसपटक सुदूरपश्चिम पुग्न नसकेको उल्लेख गर्दै दशैंपश्चात् प्रत्यक्ष संवादका लागि प्रदेशमै जाने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले जिल्ला संयोजक र इन्चार्जहरूको प्रतिवेदनको प्रशंसा गर्दै सुदूरपश्चिममा वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए । उनले सबै नेता–कार्यकर्तालाई गाउँ–बस्ती पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा लाग्न निर्देशन दिए ।
उनले आत्मसमिक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै, सरकारमा हुँदा प्राप्त उपलब्धि, खबरदारी अभियान र जनसंगठनका गतिविधिबाट पार्टीप्रति जनविश्वास बढेको बताए । “सकारात्मक जनभावनालाई अब सशक्त संगठनमार्फत संस्थागत गर्नु जरुरी छ,” उनको भनाइ थियो ।
पार्टीभित्रको अन्तरसंघर्षबारे उठेका प्रश्नमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र मात्र यस्तो पार्टी भएको दाबी गरे । जहाँ कार्यकर्ताले खुलेर आफ्ना विचार राख्न पाउने संस्कार रहेको छ । उनले संगठन निर्माणलाई अबको मूल अभियान भन्दै निर्वाचन र आन्दोलन दुवै संगठन सुदृढ हुँदा मात्र सफल हुने स्पष्ट पारे । “आत्मसमिक्षा गर्दै जनतामाझ पुग्नुहोस्, सदस्यता विस्तार गर्नुहोस् र जनसंगठनलाई सक्रिय पार्नुहोस्,” उनको निर्देशन थियो ।
सुदूरपश्चिमलाई सम्भावनायुक्त प्रदेशको रूपमा औंल्याउँदै अध्यक्ष प्रचण्डले त्यहाँका कार्यकर्तालाई व्यवस्थित, योजनाबद्ध र केन्द्रित रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए । बैठकमा विशिष्ट अतिथि तथा सुदूरपश्चिम इन्चार्ज उपमहासचिव गिरिराजमणि पोख्रेलले संगठनात्मक विस्तार र जनसम्पर्क सुदृढीकरणका लागि कार्ययोजना प्रस्तुत गरेका थिए ।
अन्त्यमा अध्यक्ष प्रचण्डले पार्टीलाई एकीकृत, केन्द्रित र अभियानमुखी बनाएर मात्रै राजनीतिक सफलता सम्भव हुने निष्कर्ष प्रस्तुत गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: