Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

संगठन सुदृढीकरणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न नेताहरूलाई अध्यक्ष प्रचण्डको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै संगठन सुदृढीकरणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न नेताहरूलाई निर्देशन दिएका छन् ।

बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले हाल पार्टीप्रति जनविश्वास पुनः बढ्दै गएको बताए । तर उक्त सकारात्मक भावनालाई संगठनात्मक रूपमा परिणत नगरेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने उनको भनाइ थियो ।

भर्चुअल बैठकमा सहभागी हुनुको कारण स्पष्ट पार्दै उनले केन्द्रीय गतिविधिका कारण यसपटक सुदूरपश्चिम पुग्न नसकेको उल्लेख गर्दै दशैंपश्चात् प्रत्यक्ष संवादका लागि प्रदेशमै जाने प्रतिबद्धता व्यक्त गरे । 

अध्यक्ष प्रचण्डले जिल्ला संयोजक र इन्चार्जहरूको प्रतिवेदनको प्रशंसा गर्दै सुदूरपश्चिममा वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए । उनले सबै नेता–कार्यकर्तालाई गाउँ–बस्ती पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा लाग्न निर्देशन दिए । 

उनले आत्मसमिक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै, सरकारमा हुँदा प्राप्त उपलब्धि, खबरदारी अभियान र जनसंगठनका गतिविधिबाट पार्टीप्रति जनविश्वास बढेको बताए । “सकारात्मक जनभावनालाई अब सशक्त संगठनमार्फत संस्थागत गर्नु जरुरी छ,” उनको भनाइ थियो ।

पार्टीभित्रको अन्तरसंघर्षबारे उठेका प्रश्नमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र मात्र यस्तो पार्टी भएको दाबी गरे । जहाँ कार्यकर्ताले खुलेर आफ्ना विचार राख्न पाउने संस्कार रहेको छ । उनले संगठन निर्माणलाई अबको मूल अभियान भन्दै निर्वाचन र आन्दोलन दुवै संगठन सुदृढ हुँदा मात्र सफल हुने स्पष्ट पारे । “आत्मसमिक्षा गर्दै जनतामाझ पुग्नुहोस्, सदस्यता विस्तार गर्नुहोस् र जनसंगठनलाई सक्रिय पार्नुहोस्,” उनको निर्देशन थियो ।

सुदूरपश्चिमलाई सम्भावनायुक्त प्रदेशको रूपमा औंल्याउँदै अध्यक्ष प्रचण्डले त्यहाँका कार्यकर्तालाई व्यवस्थित, योजनाबद्ध र केन्द्रित रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए । बैठकमा विशिष्ट अतिथि तथा सुदूरपश्चिम इन्चार्ज उपमहासचिव गिरिराजमणि पोख्रेलले संगठनात्मक विस्तार र जनसम्पर्क सुदृढीकरणका लागि कार्ययोजना प्रस्तुत गरेका थिए ।

अन्त्यमा अध्यक्ष प्रचण्डले पार्टीलाई एकीकृत, केन्द्रित र अभियानमुखी बनाएर मात्रै राजनीतिक सफलता सम्भव हुने निष्कर्ष प्रस्तुत गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: