Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

इन्डोनेसियाको मकास्सरमा हिंसात्मक प्रदर्शनः चार जनाको मृत्यु

खबरडबली संवाददाता

जाकार्ता । इन्डोनेसियाको मकास्सर सहरमा शुक्रबार भएको हिंसात्मक प्रदर्शन मानव क्षति हुने घटनामा परिणत भएको छ । परिषद् भवनमा आगजनी र कुटपिटका कारण हालसम्म चार जनाको ज्यान गएको पुष्टि भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, प्रदर्शनकारीहरूले मकास्सरको एक परिषद् भवनमा आगो लगाएका थिए । आगलागीबाट भएको क्षतिका कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको रिपोर्ट छ । यद्यपि आगलागीको विस्तृत कारणबारे अहिलेसम्म स्पष्ट विवरण सार्वजनिक गरिएको छैन ।

यसैबीच, मकास्सरमै अर्का एक व्यक्तिको भीडद्वारा कुटपिट गरी मृत्यु भएको पुष्टि गरिएको छ । स्थानीय विपद् व्यवस्थापन निकायका अधिकारी मोहम्मद फद्ली ताहारले समाचार संस्था एएफपीसँग कुरा गर्दै भने,“उक्त युवकलाई गुप्तचर अधिकारी (इन्टेलिजेन्स अफिसर) भएको आशंकामा भीडले आक्रमण गरेको थियो ।”

विद्यार्थीको मृत्यु, तर कारण अझै अनिश्चित

योग्याकार्तामा रहेको अमिकोम विश्वविद्यालयले पनि आफ्ना विद्यार्थी रेजा सेनडी प्रतामाको मृत्यु भएको पुष्टि गरेको छ । उनी उक्त प्रदर्शनमा सहभागी थिए भन्ने जनाइएको भए पनि, उनको मृत्यु कसरी भयो भन्नेबारे हालसम्म कुनै आधिकारिक विवरण आएको छैन ।

हिंसाको जोखिम बढ्दै, टिकटकले ‘लाइभ’ सेवा बन्द ग¥यो

स्थिति थप बिग्रन सक्ने चिन्तामा, लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले इन्डोनेसियामा आफ्नो ‘लाइभ स्ट्रिमिङ’ सेवा केही दिनका लागि स्थगित गरेको जनाएको छ । कम्पनीले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,“अवस्थालाई मध्यनजर गर्दै केही दिनको लागि लाइभ फिचर निलम्बन गरिएको छ ।” इन्डोनेसियामा टिकटक प्रयोगकर्ताको सङ्ख्या १० करोडभन्दा बढी रहेको जनाइएको छ ।

अवस्था अझै संवेदनशील

पछिल्ला दिनहरूमा इन्डोनेसियामा सरकारविरुद्धको जनआक्रोश विभिन्न शहरहरूमा फैलिन थालेको छ । धेरैजसो प्रदर्शनहरू सामाजिक सञ्जालमार्फत संगठित भएका छन्, जसमा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।

सुरक्षा निकायहरूले जनतालाई शान्तिपूर्ण ढङ्गले आफ्नो आवाज उठाउन आग्रह गरेका छन् भने, परिस्थिति नियन्त्रणमा ल्याउन सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: