Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

एमालेकाे दोस्रो विधान महाधिवेशनकाे तयारी अन्तिम चरणमा

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आउँदो भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ । महाधिवेशनका तयारी लगभग पूरा भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको नामावली टुंगो लगाइएको छ । उनका अनुसार, दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू नै यसपटक पनि प्रतिनिधि हुनेछन् । तर, मृत्यु, पार्टी परित्याग वा कारबाहीका कारण रिक्त भएका स्थानमा नयाँ प्रतिनिधि मनोनयन गर्ने व्यवस्था नभएकोले ती स्थान खाली रहनेछन् । यस्तै, दशौं महाधिवेशनपछि मनोनित वा अन्य पार्टीबाट समायोजन भएर आएका केन्द्रीय सदस्यहरू आयोजकको हैसियतमा मात्र रहने व्यवस्था गरिएको छ ।

यसपटक महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधि सहित २ हजार ३४९ जना सहभागी हुनेछन् । केन्द्रीय कार्यालयले सबै प्रतिनिधिलाई एसएमएसमार्फत निमन्त्रणापत्र पठाइसकेको छ भने सम्पर्कमा समस्या भएका जिल्लाहरूलाई प्रतिनिधिलाई जानकारी दिन निर्देशन दिइएको छ ।

महाधिवेशनको मूल नारामा “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य” तय गरिएको छ । केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार महाधिवेशनका लागि राजनीतिक, संगठनात्मक र विधानसम्बन्धी तीन मुख्य प्रतिवेदन छपाइको अन्तिम चरणमा छन् । साथै, निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषद्का प्रतिवेदन पनि तयारी भइरहेको छ । प्रतिनिधिहरूको परिचयपत्र छपाइ भइसकेको र अनलाइनमार्फत पनि लिन सकिने व्यवस्था गरिएको उनले बताए ।

गोदावरीस्थित स्थलमा छिर्ने क्रममा प्रतिनिधिहरूले परिचयपत्रमा रहेको क्यूआर कोड डिजिटल ढोकामार्फत स्क्यान गरी प्रवेश गर्नुपर्नेछ । खानापान व्यवस्थापनका लागि एक व्यांक्वेटलाई जिम्मा दिइएको छ । 

महाधिवेशनलाई भव्य बनाउन हल सजावट, मञ्च व्यवस्थापन, स्वागतद्वार निर्माण र झण्डा सजावटका काम भइरहेका छन् । सातदोबाटोदेखि गोदावरीसम्म विभिन्न जनवर्गीय संगठन र स्थानीय कमिटीहरूले स्वागतद्वार निर्माण र झण्डा राख्ने काम गरिरहेका छन् । ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा टाँग्ने कार्य गरिरहेको छ भने भक्तपुर जिल्ला कमिटीले जडिबुटीदेखि सूर्यविनायकसम्मका आकाशे पुल र चोक–चोकमा व्यानर र झण्डा राख्ने तयारी गरेको अध्यक्ष बचन देउजाले जानकारी दिए ।

महाधिवेशनका सबै प्रतिवेदनबारे अन्तिम निर्णय पार्टी केन्द्रीय सचिवालयको बैठकले भदौ १९ गते गर्नेछ । यसअघि, भदौ १८ गते पत्रकार सम्मेलनमार्फत अन्तिम तयारी सार्वजनिक गरिनेछ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: