काठमाडौं । चीनको तियान्जिन सहरमा आयोजित एक अन्तर्राष्ट्रिय समिटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, शिक्षा, र सांस्कृतिक सहकार्यका विषयमा छलफल भएको छ।
राष्ट्रपति पुटिनले नेपालसँगको सम्बन्ध सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै आगामी वर्ष सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव रहेको बताए।
उनले दुई देशबीच ऐतिहासिक रूपमा कुनै समस्या नरहेको उल्लेख गर्दै अधिकांश अन्तर्राष्ट्रिय विषयमा पनि दुई पक्षको दृष्टिकोण मिल्दोजुल्दो रहेको बताए। “हामीले अहिले नै हाम्रो सहकार्यलाई अझ फराकिलो बनाउने उपायहरूमा ध्यान दिनुपर्ने समय आएको छ,” पुटिनले भने।
प्रधानमन्त्री ओलीले नेपाल-रुस सम्बन्ध ऐतिहासिक र सद्भावनायुक्त रहेको बताए। उनले रुसबाट हजारौं नेपाली विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरी विशेषतः चिकित्सा क्षेत्रमा योगदान दिइरहेका बताएका छन्। “वर्तमानमा नेपालमा कार्यरत धेरै डाक्टरहरू रसियाबाट शिक्षित छन्,” उनले उल्लेख गरे।
ओलीले सन् १९९९ र २००० मा रुस भ्रमण गरेको प्रसंगसमेत उठाउँदै मस्को र सेंट पिटर्सबर्गका ऐतिहासिक स्थलहरूको अवलोकन गरेको अनुभव सुनाए। साथै, उनले नेपालको तर्फबाट उच्चस्तरीय भ्रमणका अवसरहरू कम भएकोमा चासो व्यक्त गरे।
दुवै नेताले भविष्यमा सांस्कृतिक र शैक्षिक आदानप्रदानलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - ०७:२१
काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...
पौष ७ गते, २०८२ - ०७:१६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...
पौष ७ गते, २०८२ - ०७:१०
जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...
पौष ७ गते, २०८२ - ०७:०८
कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...
पौष ७ गते, २०८२ - ०७:००
काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...
पौष ७ गते, २०८२ - ०६:५८
काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...
पौष ७ गते, २०८२ - ०६:५५
काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...




प्रतिकृया लेख्नुहोस्: