काठमाडौँ । जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले ११२औं बी.पी. जन्मजयन्तीका अवसरमा यस वर्षको बी.पी. स्मृति साहित्य सम्मान वरिष्ठ साहित्यकार डा. बेन्जु शर्मा (काठमाडौं) लाई प्रदान गर्ने भएको छ। सो पुरस्कारमा नगद एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहनेछ।
त्यसैगरी, बी.पी. स्मृति प्रजातन्त्र सेनानी सम्मान यस वर्ष प्रजातन्त्र स्थापनाको संघर्षमा सक्रिय योगदान पुर्याएका अर्जुन खड्का (उदयपुर) लाई प्रदान गरिने भएको छ। यो सम्मानमा नगद एकाउन्न हजार रुपैयाँ र सम्मानपत्र रहनेछ।
ट्रष्टका अनुसार दुवै पुरस्कारको निर्णय पुरस्कार छनौट समिति संयोजक रामचन्द्र पोखरेल तथा सदस्य किरण यादव र सांसद हरिप्रभा श्रेष्ठ खड्गीको नेतृत्वमा गरिएको हो।
यी सम्मानहरू आगामी भाद्र २४ गते मंगलबार राष्ट्रपति कार्यालय, शितलनिवासमा हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा प्रदान गरिने कार्यक्रम तय भएको छ।
गत वर्ष २०८१ मा साहित्य सम्मान द्वारिका श्रेष्ठ (काठमाडौं) र प्रजातन्त्र सेनानी सम्मान भोजराज भण्डारी (कास्की) लाई प्रदान गरिएको थियो। ट्रष्टले बी.पी. कोइरालाको शतवार्षिक वर्ष २०७१ देखि यी सम्मानहरू निरन्तर प्रदान गर्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - २१:३५
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...
माघ ३ गते, २०८२ - २१:३३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...
माघ ३ गते, २०८२ - २१:२४
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...
माघ ३ गते, २०८२ - २१:२१
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...
माघ ३ गते, २०८२ - २१:१७
काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...
माघ ३ गते, २०८२ - २१:१५
काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...
माघ ३ गते, २०८२ - २१:१३
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...
माघ ३ गते, २०८२ - २१:०८
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...
माघ ३ गते, २०८२ - १८:२६
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...
माघ ३ गते, २०८२ - १८:२३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...




प्रतिकृया लेख्नुहोस्: