कालीकोट । “ट्रक भित्र स्याउ त कुहिन थाले होला... तीन दिन भयो, हामी यही ट्रकमै छौं,” जुम्लाबाट स्याउ लिएर काठमाडौं हिँडेका एक चालकको भनाइ हो याे ।
शुभकालिका गाउँपालिका–१ को गगने खोला माथिबाट आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध पारेको आज तेस्रो दिन भयाे ।
सडकमा न ट्राफिक छ, न आवतजावत । छन् त केवल रोकिएका ट्रकहरू — जुनभित्र छन् १३ करोड रुपैयाँ बराबरका करिब १८४ मेट्रिक टन स्याउ, जसको गन्तव्य सुर्खेत, नेपालगञ्ज, काठमाडौं जस्ता बजारहरू थिए।
“पहिरोको ढुंगा यति ठूलो छ, सामान्य मिसिनले हटाउन सकिँदैन,” जुम्ला सडक डिभिजनका प्रमुख दीपेन्द्र चौधरी भन्छन्, “नेपाली सेनाको टोली मान्मबाट खटिएको छ, तर वर्षा अझै भइरहेको छ।” यो बाधाका कारण न स्याउ बजार पुग्न सकेको छ, न किसानहरूले राहतको सास फेर्न सकेका छन्।
“२३ वटा ट्रकमा स्याउ रोकिएको छ। ताजा फलफूल लामो समयसम्म रोकेर राख्न सकिँदैन। स्याउ कुहियो भने सिधै किसानको घाटा हो” जुम्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले भने । स्याउ उत्पादनको सिजन हो यो । किसानले हजारौं मिटर उचाइबाट फल झारेका छन्, व्यापारीले लाखौं लगानी गरेका छन् — तर अहिले सडक थुनिएपछि सबैको धैर्य सिथिल हुँदै गएको छ।
कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्मा ले प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल को नेतृत्वमा नेपाली सेना, प्रहरीसहितको टोली खटिएको जानकारी दिएका छन्। तर अहिले सबैको एउटै चिन्ता छ स्याउ जोगाउने कि गुमाउने?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: