कालीकोट । “ट्रक भित्र स्याउ त कुहिन थाले होला... तीन दिन भयो, हामी यही ट्रकमै छौं,” जुम्लाबाट स्याउ लिएर काठमाडौं हिँडेका एक चालकको भनाइ हो याे ।
शुभकालिका गाउँपालिका–१ को गगने खोला माथिबाट आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध पारेको आज तेस्रो दिन भयाे ।
सडकमा न ट्राफिक छ, न आवतजावत । छन् त केवल रोकिएका ट्रकहरू — जुनभित्र छन् १३ करोड रुपैयाँ बराबरका करिब १८४ मेट्रिक टन स्याउ, जसको गन्तव्य सुर्खेत, नेपालगञ्ज, काठमाडौं जस्ता बजारहरू थिए।
“पहिरोको ढुंगा यति ठूलो छ, सामान्य मिसिनले हटाउन सकिँदैन,” जुम्ला सडक डिभिजनका प्रमुख दीपेन्द्र चौधरी भन्छन्, “नेपाली सेनाको टोली मान्मबाट खटिएको छ, तर वर्षा अझै भइरहेको छ।” यो बाधाका कारण न स्याउ बजार पुग्न सकेको छ, न किसानहरूले राहतको सास फेर्न सकेका छन्।
“२३ वटा ट्रकमा स्याउ रोकिएको छ। ताजा फलफूल लामो समयसम्म रोकेर राख्न सकिँदैन। स्याउ कुहियो भने सिधै किसानको घाटा हो” जुम्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले भने । स्याउ उत्पादनको सिजन हो यो । किसानले हजारौं मिटर उचाइबाट फल झारेका छन्, व्यापारीले लाखौं लगानी गरेका छन् — तर अहिले सडक थुनिएपछि सबैको धैर्य सिथिल हुँदै गएको छ।
कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्मा ले प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल को नेतृत्वमा नेपाली सेना, प्रहरीसहितको टोली खटिएको जानकारी दिएका छन्। तर अहिले सबैको एउटै चिन्ता छ स्याउ जोगाउने कि गुमाउने?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: