बेइजिङ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बेइजिङमा चिनियाँ समकक्षी सी चिनफिङसँग भएको वार्तामा दुवै मुलुकबिचको सम्बन्ध हाल ‘अभूतपूर्व स्तरमा’ पुगेको बताएको छन् । यो भेटवार्ता चीनमा बुधबार हुने विशाल सैन्य परेडअघि सम्पन्न भएको हो ।
उत्तर कोरियाली नेता किम जोङ उनसहितका दर्जनौँ विश्व नेता चीनको शक्ति प्रदर्शनमा सहभागी हुन राजधानी बेइजिङमा भेला भएका छन् । “हाम्रो घनिष्ठ संवादले रुसी-चिनियाँ सम्बन्धको रणनीतिक प्रकृतिलाई स्पष्ट गर्छ, जुन अहिले अभूतपूर्व स्तरमा पुगेको छ”, पुटिनले पूल गरिएको लाइभ फिडमार्फत सीलाई भने । युद्धको समयमा दुवै मुलुकबिच भएको सहकार्यलाई स्वीकार गर्दै पुटिनले भने, “हामी सधैँ सँगै थियौँ र अहिले पनि सँगै छौँ ।”
सीले यस हप्ताको सुरुआतदेखि कूटनीतिक बैठक आरम्भ गर्नु भएको छ, जसमा उत्तरी सहर तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनसमेत पर्छ । चीनले यस मञ्चलाई पश्चिमी प्रभुत्वको विकल्पको रूपमा प्रस्तुत गर्ने गरेको छ । बुधबार हुने सैन्य परेड दोस्रो विश्वयुद्धको अन्त्य भएको ८० वर्षको स्मरणमा आयोजना गरिएको हो । यसमा करिब दुई दर्जन विश्व नेता सहभागी हुने छन् ।
विश्वव्यापी अशान्ति
सोमबार सम्पन्न शिखर सम्मेलनमा चीन र रुसका नेताहरूले पश्चिमी सरकारको आलोचना गरेका थिए । सीले केही मुलुकको ‘बदमाशीपूर्ण व्यवहार’ को निन्दा गर्दै अप्रत्यक्षरूपमा अमेरिकालाई इङ्गित गर्नुभयो भने पुटिनले रुसको युक्रेन आक्रमणलाई औचित्यपूर्ण ठहर गर्दै द्वन्द्व सुरु गराएकोमा पश्चिमलाई दोष दिनुभयो । “चीन–रुस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनको परीक्षालाई सफलतापूर्वक सामना गरेको छ”, सीले मङ्गलबार पुटिनलाई भन्नुभयो ।
उहाँले ‘अझ न्यायपूर्ण र सन्तुलित विश्वव्यवस्था निर्माण गर्न’ मस्कोसँग सहकार्य गर्न बेइजिङ इच्छुक रहेको बताउनुभयो । सन् २०२२ को फेब्रुअरीमा पुटिनले युक्रेनमाथि आक्रमणको आदेश दिनुभन्दा केही अघि नै चीन र रुसले ‘सीमाविहीन साझेदारी’ को घोषणा गरेका थिए । त्यसयता दुवै मुलुकबिच सैन्य तथा व्यापारिक सम्बन्ध अझ प्रगाढ बनेका छन्, जसले पश्चिमी मुलुकलाई चिन्तित पारेको छ ।
चीनले रुसको युद्धलाई न त प्रत्यक्ष समर्थन गरेको छ, न त निन्दा नै गरेको छ । उसले आफू तटस्थ रहेको दाबी गर्दै आएको छ र नियमितरूपमा युद्ध अन्त्यको आह्वान गर्ने गरेको छ । तर पश्चिमी देशहरूमाथि चीनले युक्रेनलाई हतियार उपलब्ध गराएर द्वन्द्व लामो बनाएको आरोप लगाउँदै आएको छ ।
सी र पुटिनबिच नियमित सम्पर्क हुने गरेको छ । उनीहरूले गत महिना फोनमा कुराकानी गर्नुभएको थियो, जहाँ चिनियाँ नेताले मस्को र वासिङ्टनबिच सम्बन्ध सुधार भएको देखेर खुशी व्यक्त गरेको थिए । यसअघि मे महिनामा सीले दोस्रो विश्वयुद्धमा नाजीको पराजयको स्मरणमा रुसमा आयोजित मे ९ को उत्सवमा सहभागी हुन मस्को भ्रमण गरेको थिए ।
“चीन र रुसले राजनीतिक आपसी विश्वास र रणनीतिक सहकार्यलाई निरन्तर गहिरो बनाइरहेका छन् । यसले अन्तर्राष्ट्रिय उथलपुथलबिच बहुमूल्य स्थिरता र सकारात्मक ऊर्जा प्रदान गरेको छ”, सीले मे महिनाको भ्रमणका क्रममा भनेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १३:१४
मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइट क्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आ...
मंसिर २२ गते, २०८२ - १२:५६
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै तीन नवनियुक्त मन्त्रीलाई समावेश गरेका छन्। नेपाली कां...
मंसिर २२ गते, २०८२ - १२:४२
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत श्रीप्र...
मंसिर २२ गते, २०८२ - १२:२९
काठमाडौँ । भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रद...
मंसिर २२ गते, २०८२ - ११:३६
उर्लाबारी। असोज २१ साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोकबाट बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले एकजनालाई ...
मंसिर २२ गते, २०८२ - ११:२३
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा भइरहेको राजमार्ग विस्तारका कारण प्रभावित भएका घरधनी तथा व्यवसायीलाई लक्षित गर्दै ९ बुँदे विशेष निर्...
मंसिर २२ गते, २०८२ - ११:०९
काठमाडौँ। शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ ...
मंसिर २२ गते, २०८२ - ११:०३
बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले उम्मेदवार सिफारिस गरेको छ । शनिबार बैतडी सदरमुकाममा सम्प...
मंसिर २२ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा प्रभाकरले गृहजिल्ला रुकुम पश्चिम पुगेपछि पह...
मंसिर २२ गते, २०८२ - १०:३४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण हुन लागेको ‘ओली कुटी’ को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ...




प्रतिकृया लेख्नुहोस्: